Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल

खबरडबली संवाददाता

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले संकटमा परेको देशलाई एमाले र कांग्रेस मिलेर सङ्कटमुक्त गर्ने अभियानमा लागेको बताएका छन्।

सोमबार एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेले मुलुकलाई सङ्कटबाट बाहिर निकाल्ने माथि प्रहार हुनु दुर्भाग्यपूर्ण भएको बताए।

परिषद्का अध्यक्ष बलिभद्र रानाको अध्यक्षमा भएको कार्यक्रममा बोल्दै पोखरेलले त्यसको उदाहरण अहिले केपी ओली माथिको प्रहार भएको स्पष्ट पारे।

‘जसले मुलुकलाई, मुलुकको अर्थतन्त्रलाई सङ्कट पार्दछ, त्यस माथि प्रहार हुँदैन, जसले सङ्कटबाट मुलुकलाई बाहिर निकाल्न खोज्दछ, त्यस माथि कस्तो प्रहार हुन्छ भन्ने भन्ने कुरा अहिले केपी ओली माथि भएको प्रहारले बुझ्न सकिन्छ,’ पोखरेलले भने।

सर्वोच्च अदालतको फैसलाले शासन गर्ने परिपाटीको सुरुवात भएपछि देशमा समस्या सुरू भएको पोखरेलले बताए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार रहुञ्जेलसम्म देश आर्थिक संकटमा परेको उनले बताए।

‘जसले गल्ती गर्‍यो, त्यो आलोचनाभन्दा बाहिर छ, जसले गल्ती नै गरेको छैन त्यो आलोचनाको निशानामा छ’, उनले भने।

यसअघिको सरकारका प्रधानमन्त्री र अर्थ मन्त्रीले निर्माण व्यवसायीको रकम भुक्तानी माग नगरेका होइनन् भुक्तानी गर्नुपर्ने छ भनेर दायित्वमा पनि नराखेको पोखरेलले बताएयो। त्यसको आलोचना गर्नुभन्दा अहिलेको सरकारले त्यो गल्तीलाई सुधार गर्ने र भुक्तानी काग गरिरहेको अहिलेको सरकारको आलोचना हुनु दुर्भाग्यपूर्ण भएको उनले बताए।

कतिपय निर्माण व्यवसायीहरूले काम गर्नको लागि लिएको मोभिलाइजेशन फण्ड नाफा कमाउन जग्गामा लगानी गरेको जग्गाको कारोबार संकटमा पर्दा निर्माण व्यवसायी पनि संकटमा परेको पोखरेलले बताए। यसले गर्दा निर्माण कार्य नै रोकिएको उनको भनाइ छ। नेपालका निर्माण व्यवसायीले काम गर्न भन्दा पनि ठेक्का पार्न बिलोमा टेण्डर हाल्ने गरेको उनले बताए। यसले गर्दा गुणस्तरीय काम पनि नहुने र निर्माण व्यवसायी पनि डुब्ने गरेका पोखरेलले बताए।

त्यसैले निर्माण व्यवसायीलाई राज्यले तय गरेको काम गर्न साझा आचारसंहिता बनाएर स्वच्छ प्रतिस्पर्धा गर्न उनले सुझाव दिए। अहिलेको समय निर्माण क्षेत्रलाई स्वर्ण युग बनाउन सक्ने युग भएको पोखरेलले बताए।

नेपालमा औपचारिक भन्दा अनौपचारिक अर्थतन्त्र अत्यन्त शक्तिशाली भएको पोखरेललेको भनाइ छ। नेपाली गरिब होइन नेपाल राज्य गरिब भएको उनले बताए।

नेपालमा जति बाह्य पर्यटक आएर खर्च गर्छन्, त्यो भन्दा बढी नेपालबाट विदेश गएर गर्नेहरूको खर्च भएको उनले बताए। त्यसैले नेपाली गरिब नभएका उनको धारणा छ। नेपालमा निर्माण क्षेत्र लगायत विभिन्न क्षेत्रमा दक्ष कामदारको अभाव रहेको बताउँदै उनले दक्ष जनशक्ति निर्माणमा जोड दिनुपर्ने बताए।

नेपालसँग पर्याप्त सामर्थ्य भए पनि त्यो सामर्थ्यको प्रयोग गर्ने राज्यलाई कमजोर बनाइएको पोखरेलको भनाइ छ। देश बनाउन नेता मात्र होइन जनता पनि लाग्नु पर्नेमा उनले जोड दिए।

‘देश बनाउने हो भने हामी जनता पनि देश बनाउने बाटोमा हिँड्नु पर्‍यो, पार्टीलाई गाली गरे मात्रै देश बन्दैन, नेतालाई गाली गरेर मात्रै देश बन्दैन,’ उनले भने।

कार्यक्रमका बोल्दै पोखरेलले राजनीतिक अस्थिरताका कारण देश समस्यामा परेको बताउँदै त्यसलाई सुधार्न दुई ठूला दल सरकारमा गएको बताए। त्यसको लागि सबैभन्दा पहिला निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको उनले स्पष्ट पारे।

नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन नयाँ हिसाबले अघि बढ्नु पर्नेमा उनले जोड दिनुभयो। जुन ट्र्याकबाट देश चलेको छ, त्यसबाट अघि बढ्न सक्ने स्थिति नभएको पोखरेलले स्पष्ट पारे। तर कर्मचारीतन्त्र ट्र्याक बदलेर हिँड्न अझै तयार नभएको उनको धारणा छ।

एमाले स्थायी कमिटी सदस्य एवम् जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले जनसंगठनमा परेको समस्या समाधानमा एमाले लाग्ने बताए। लामो समयपछि बलियो सरकार बनेको र यो सरकारको बदनाम गराउन केही तत्त्व लागेकाले यसमा सचेत हुनु पर्नेमा उनले जोड दिए।

राज्यको तर्फबाट भएका कमीकमजोरी भएमा हटाउने र निर्णय व्यवसायीहरूले पनि कमजोरी हटाउनु पर्ने उनको भनाइ छ। केही निर्माण व्यवसायीका कारण नेपालको निर्माण क्षेत्र बदनाम भएको तर्फ सचेत हुनु उनले आग्रह गरे।

एमालेका केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात विभागका पूर्वप्रमुख डा. कृष्णबहादुर केसीले निर्माण व्यवसायमा समस्या आउँदा सबै क्षेत्रमा समस्या आउने गरेको बताए। नेपाल उद्योग तथा व्यवसायी महासंघका महासचिव बालकृष्ण शिवाकोटीले एमालेको सरकार बनेको बेलामा धेरैतिर निर्माणका काम सुरु हुने र एमालेको सरकार गिरेपछि निर्माण व्यवसायमा समस्या नै समस्या आउने गरेको बताए।

सरकारलाई सहयोग गर्दै समस्या समाधान गर्न लाग्नुपर्नेमा उनले जोड दिए। लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष होमनाथ कोइरालाले निर्माण व्यवसायीहरूको हितमा मिलेर काम गर्नुपर्ने बताए। सरकार र निर्माण व्यवसायी दुवैको कारण निर्माण कार्यमा समस्या भएको उनको धारणा छ।

निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले व्यवसायीहरूले भुक्तानी नपाएको कारण मार्कामा परेकाले पार्टीको तर्फबाट सरकारसम्म सो कुरा पुर्‍याउन आग्रह गरे। कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य, केन्द्रीय सदस्यहरू जीवन गौतम, गीता कार्की अन्य दलका निर्माण व्यवसायी संघ संगठनका प्रतिनिधि लगायतको सहभागिता थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘मास्टर्नी’को प्रमोसन गीत विवादमा, द्विअर्थी शब्दमाथि आपत्ति

काठमाडौं । अभिनेत्री प्रियंका कार्की निर्मित चलचित्र ‘मास्टर्नी’को प्रचारका लागि सार्वजनिक गरिएको प्रमोसनल गीत विवादमा परेको छ। गायक दुर्गेश थापा र प्...

महिला उद्यमीका समस्या हटाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक जुनसुकै सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएको छन् ।...

मेसी र यमलको अनौठो संयोग: १९ वर्षअघि काखमा खेलाएका शिशु नै फाइनलमा प्रतिस्पर्धी

काठमाडौँ। अर्जेन्टिना र स्पेनबिचको विश्वकप फुटबलको फाइनल खेलअघि फुटबल जगतमा एउटा रोचक संयोगको चर्चा चुलिएको छ । झन्डै दुई दशकअघि बार्सिलोनाका तत्कालीन...

सांसदलाई फेरि स्वकीय सचिव सुविधा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले संघीय सांसदहरूलाई पुन: स्वकीय सचिवको सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले यसअघि कायम रहेको व्यवस्थाअ...

पाँच सचिव जगेडामा, सचिवको दरबन्दी रहेका पाँच निकाय भने नेतृत्वविहीन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पाँच जना सचिवलाई अतिरिक्त समूह (जगेडा) मा राखेको छ भने सचिवको दरबन्दी रहेका पाँच महत्वपूर्ण नि...

सम्पत्ति छानबिन आयोगका छानबिनसम्बन्धी सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगले अघि बढाइरहेको छानबिन प्रक्रिया तत्कालका लागि रोक्न आदेश दिएको छ। अदालतले आयोगलाई सम्पत्ति विवरण माग...

बागमतीमा दुई विधेयक प्रमाणीकरण

मकवानपुर। बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाबाट पारित अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण गरेको छन्। प्रदेश सभाबाट पारित आर्...

महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग विशेष छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं। महिला उद्यमी महासङ्घका पदाधिकारीसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल हुने भएको छ। छलफलमा महिला उद्यमशीलता प्रवर...

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन

चितवन । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयले आर्थिक वर्ष २०८२/८३ को हालसम्म जिल्लामा ३५ हजार ८३८ बोरा युरिया, ४४ हजार ९४४ बोरा डीएपी र चार हजार ९४३...

प्रहरी दमनविरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीको व्यवस्थापनमा सहयोग गर्न पुगेका बेला आफूमाथि नेपाल प्रह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending