धादिङ । मध्य पहाडी लोक मार्गको धादिङ खण्डमा पर्ने त्रिपुरा सुन्दरी गाउँपालिका स्थित खहरेको आँखु खोलामा नौ वर्ष पछि बेलिब्रिज सञ्चालनमा ल्याइएको छ ।
२०७२ सालदेखि सो स्थानमा पक्की मोटरेवल पुल निर्माण सुरु गरेको भएपनि निर्माण कार्य पुरा नभए पछि अहिले सडक विभाग अन्तरगतको मध्य पहाडी लोक मार्ग आयोजनाले बेलीब्रिज जडान गरी सञ्चालन सुरु गरिएको हो । बेली ब्रिज सञ्चालनमा आएसँगै उत्तरी धादिङका विभिन्न स्थानहरूसम्म आवत जावतमा समेत निकै सहज हुने भएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताएको छन ।
त्रिपुरा सुन्दरी गाउँपालिकाको खहरे बजार र अचनेटार जोड्न आँखु खोलामा बेलीब्रिज जडान भएसँगै अब मध्य पहाडी लोक मार्ग हुदै सवारीका साधनहरू उत्तरी धादिङका विभिन्न गाउँहरूमा पुग्न सहज भएको अध्यक्ष उप्रेतीको भनाइ छ ।
निर्माण सुरु भएको नौ वर्ष पछि पक्की पुल नभए पनि मोटरेवल वेलीब्रज जडान भई सञ्चालन सुरु भएसङै सो क्षेत्रका स्थानीयमा खुसीको सीमा नै छैन। पुल निर्माण भएको त्रिपुरासुन्दरी ७ का वडा अध्यक्ष सुभास अधिकारीले पुल निर्माणले यस क्षेत्रका मानिसको आर्थिक क्षेत्रमा समेत टेवा पुग्ने बताए। पुल नहुँदा सो क्षेत्रका स्थानीयलाई आँखु खोला वारपार गर्नका लागी जीर्ण झोलुङ्गे पुलको प्रयोग गर्नु पर्ने बाध्यता थियो ।
सडक सुविधा भए पनि अचनेटार,लपाङ्गल र उत्तरी धादिङका गाउँका स्थानमा सवारीका साधनहरू आँखु खोला तरेर आवत जावत गर्न नसक्दा यहाँका स्थानीयले बोकेर बजारबाट दैनिक उपभोग्य सरसामान ल्याउनु पर्ने बाध्यता थियो, अव भने सो समस्या पनि समाधान हुने भएको छ ।
पुल सञ्चालनमा आए सगै स्थानीय बालबालिकाहरूलाई विद्यालय आउन जान समेत सजिलो भएको छ । यसका साथै धादिङमा उत्पादित कृषि र पशु जन्य उत्पादन विक्रीका लागी बजार ल्याउन पनि पुलले सजिलो भएको छ । सो पुलले मध्य पहाडी लोक मार्ग हुँदै उत्तरी धादिङबाट नुवाकोट हुदैँ राजधानी काठमाण्डौँसम्म जानका लागि पनि निकै सजिलो हुने स्थानीय दीपक सिटौला बताउछन ।
आँखु खोलामा ६१ मिटर लम्बाइको बेलिब्रिज जडानका लागी मध्य पहाडी लोक मार्ग आयोजनाले ६ करोड रकम खर्चेको हो । सो बेलिब्रिज जडान लागी सडक विभाग अन्तरगतको सो आयोजनाले जलप नेपाल निर्माण सेवालाई जिम्मा दिइएको हो । पुल ८८ दिनमा जडान गरी सम्पन्न गरेको हो । ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २२ गते, २०८३ - १३:४७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईँले कर्णाली दुर्घटनाबारे गृहमन्त्रीले प्रतिनिधिसभामा उपस्थित भएर जवाफ दिनुपर्ने बताए...
आषाढ़ २२ गते, २०८३ - १३:०२
कास्की। पोखराबाट दुबई उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ मार्च २६ सम्मको उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुला गरेको छ। कम्पनीले दीर्घकालीन...
आषाढ़ २२ गते, २०८३ - १२:३८
काठमाडौं । दैलेखमा १८ असारमा भएको सवारी दुर्घटनाको विषयमा सरकारले पर्याप्त चासो नदिएको भन्दै प्रतिनिधिसभाका सांसदहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग...
आषाढ़ २२ गते, २०८३ - १२:२९
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अर्को अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। यसअघि निर्माण व्यवसायीको ‘खुट्टा भाँच्ने’ अभि...
आषाढ़ २२ गते, २०८३ - १२:१८
नेपालगन्ज। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पश्चिम नेपालका बाँके, बर्दिया, रोल्पा, दाङ, प्युठानलगायत जिल्लाको विद्युत् आपूर्ति, वि...
आषाढ़ २२ गते, २०८३ - ११:५५
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन्। उनी आइतबार राति करिब १० बजे त्रिभुवन अन्तर...
आषाढ़ २२ गते, २०८३ - ११:२१
संयुक्त राज्य अमेरिका। विश्वकपको अन्तिम १६ मा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि स्टार फरवार्ड नेयमारले आफ्नो अन्तर्राष्ट्...
आषाढ़ २२ गते, २०८३ - १०:५६
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्...
आषाढ़ २२ गते, २०८३ - १०:३९
काठमाडौं। कुल ४३ किलोमिटर लामो नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डको नौबिसे–मलेखु सडक निर्माण कार्यले तीव्रता पाएको छ। हालसम्म २५ ...
आषाढ़ २१ गते, २०८३ - १८:१२
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...



प्रतिकृया लेख्नुहोस्: