Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

अन्ततः यसरी सुनिश्चित भयो संविधान

\"sambidhan_2072\"काठमाडौं । संविधानसभामा नयाँ संविधान निर्माणको अन्तिम प्रक्रिया सुरु भएको छ । आइतबार संविधानको धारा १, २ र ३ पारित गरिएको छ ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ संविधानसभाको बैठक आइतबार दुईपटक बस्यो । पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गरेपछि संविधानको परिमार्जित विधेयकमाथिको दफावार छलफल सकिएको थियो । दोस्रो बैठकमा संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएको थियो । त्यस क्रममा तीनवटा धारा नयाँ संविधानको अंग बनेका छन् ।   संशोधन नपरेका संविधानका धारा १ र धारा २ सर्वसम्मतिले पारित भए । धारा ३ मा भने सभासद्हरू रामकुमार राई, विश्वेन्द्र पासवान, अनुराधा थापामगर र प्रमुख तीन दलको संयुक्त संशोधन परेको थियो । चिनकाजी श्रेष्ठ, अग्नि खरेल र गिरिराजमणि पोखरेलले राखेको संयुक्त संशोधन प्रस्ताव बहुमतले पारित भएको छ । अन्य संशोधन प्रस्ताव भने अस्वीकृत भएका छन् ।   यसअघि संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने अन्तिम अवस्थामा अधिकांश सभासद्ले आफ्नो प्रस्ताव फिर्ता लिएका थिए । प्रमुख तीन दलका सभासद्ले समूहगत र व्यक्तिगत रूपमा हालेको संशोधन प्रस्तावसहित नेकपा माले, संयुक्तलगायत साना दलले आइतबार साँझ संविधानसभा भवनमै प्रस्ताव फिर्ता लिएका थिए । तर, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, नेमकिपालगायत केही साना दलले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका छैनन् ।   संविधानसभामा सोमबार बिहान ११ बजेदेखि बाँकी धारा र संशोधन प्रस्ताव क्रमशः निर्णयार्थ पेस हुनेछन् । सबै संशोधन प्रस्ताव र धारामा निर्णय लिन बढीमा दुई दिन लाग्ने संविधानसभा सचिवालयले जानकारी दिएको छ । त्यसपछि आनुसांगिक सुधार खण्ड, धारा, उपधाराको क्रम, भाषा, व्याकरणजन्य त्रुटिहरू मिलाउने० गर्न एक दिन लाग्नेछ ।   संवैधानिक व्यवस्थाअनुसार राजनीतिक संवाद तथा सहमति समितिका सभापतिको संयोजकत्वमा सभामुखले सिफारिस गरेका चार सदस्य रहेको समितिले आनुसांगिक सुधार गरी सभामुखलाई पेस गर्नेछ । यसरी तयार भएको संविधानमा सभासद्हरूले हस्ताक्षर र सभामुखले प्रमाणीकरण गर्नेछन् ।   सभामुखले प्रमाणीकरणको संविधान संविधानसभाको अन्तिम बैठकपछि हुने विशेष औपचारिक समारोहमा राष्ट्रपतिले हस्ताक्षर गरी सार्वजनिक गर्नेछन् । ३१ भदौभित्र सबै काम सकिने संविधानसभा सचिवालयले जनाएको छ । तर, संविधान भने १ असोजमा जारी हुनसक्ने सचिवालय स्रोतको भनाइ छ । स्रोतका अनुसार सबै वर्ष ३१ भदौ नहुने भएकाले १ असोजमा विशेष समारोह गर्ने सम्भावना छ । सर्वसम्मत पारित धारा १, २ र ३ मा के छ ? धारा १ : संविधान मूल कानुन (१) यो संविधान नेपालको मूल कानुन हो । यस संविधानसँग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुनेछ । (२) यस संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ । धारा २ :  सार्वभौमसत्ता र राजकीयसत्ता नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको छ । यसको प्रयोग यस संविधानमा व्यवस्था भएबमोजिम हुनेछ । धारा ३ राष्ट्र : बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो । के संशोधन भयो ? संविधानको विधेयकमा रहेको ‘अखण्डता’ भन्ने शब्दहरूको सट्टा ‘भौगोलिक अखण्डता’ भन्ने शब्दहरू राख्ने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending