काठमाडौं। उपपधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकको फोहोर व्यवस्थापनको विषयमा राजनीति गर्न नहुने बताएको छन ।
आइतबार सिंहदरबारमा फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न अब ढिलाइ गर्न नहुने बताएको हो ।
उनले फोहोर व्यवस्थापनमा भइरहेको राजनीतिलाई अब टाढा राख्न जरुरी रहेको उल्लेख गरे। उनले देशको राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्नेले अरु के कुरा व्यवस्थापन गर्नसक्छौं ? भन्दै प्रश्न गरे। उनले फोहोर व्यवस्थापनको विषयमा छलफल र बहस मात्र गर्ने प्रवृति गलत भएको पनि बताए।
‘‘देशको राजधानीकै फोहोरमैला व्यवस्थापन गर्न नसक्ने हामीले अरु के कुरा व्यवस्थापन गर्न सकौंला त ? यो फोहोरमैलाको सवालमा विधिको शासनअनुसार हामी सबै चल्नुपर्दछ । चाहे सङ्घीय सरकार होस् वा प्रादेशिक सरकार होस् वा स्थनीय सरकार नै किन नहोस् ।’’
फोहोर व्यवस्थापनको विषयमा हुने छलफल मात्र समाचारका शीर्षक बन्ने गरेको भन्दै छलफलपछि चालिएका कदमहरुबारे समेत समाचार बन्नुपर्नेमा उनको जोड थियो । सङ्घीयताको मर्मअनुसार तीन तहको सरकारले आ–आफ्नो कार्यक्षेत्रमा फोहोर व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।
मन्त्री सिंहले भने, ‘‘काठमाडौं उपत्यकाको फोहोरमैलाको व्यवस्थापन गर्नका लागि धेरै समय गइसकेको छ । स्थानीय तहको निर्वाचनपछि यसको आवाज अझ धेरै उठेको पायौं । छलफल मात्र गर्ने पत्रपत्रिकामा समाचार बन्ने काम मात्र भयो । छलफलपछि के एक्शन भए भन्ने विषयका समाचारहरु बन्न आवश्यक छ ।’’
उनले फोहोर व्यवस्थापन सबैको सरोकारको विषय बन्नुपर्ने उल्लेख गर्दै कुनै एउटा महानगरपालिकाको मात्रै दायित्व नभएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - १६:०९
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष सु...
आषाढ़ ३२ गते, २०८३ - १५:४७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार दिउँसो सिंह...
आषाढ़ ३२ गते, २०८३ - १५:३८
सिद्धार्थनगर। रूपन्देहीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत रूपन्देहीको ओमसतिया गाउँ...
आषाढ़ ३२ गते, २०८३ - १५:२५
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बिहीबार प्रधानमन्त्री तथा मन्त्...
आषाढ़ ३२ गते, २०८३ - १४:४६
काठमाडौं । अभिनेत्री प्रियंका कार्की निर्मित चलचित्र ‘मास्टर्नी’को प्रचारका लागि सार्वजनिक गरिएको प्रमोसनल गीत विवादमा परेको छ। गायक दुर्गेश थापा र प्...
आषाढ़ ३२ गते, २०८३ - १४:३६
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक जुनसुकै सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएको छन् ।...
आषाढ़ ३२ गते, २०८३ - १४:३३
काठमाडौँ। अर्जेन्टिना र स्पेनबिचको विश्वकप फुटबलको फाइनल खेलअघि फुटबल जगतमा एउटा रोचक संयोगको चर्चा चुलिएको छ । झन्डै दुई दशकअघि बार्सिलोनाका तत्कालीन...
आषाढ़ ३२ गते, २०८३ - १३:५८
काठमाडौं । सरकारले संघीय सांसदहरूलाई पुन: स्वकीय सचिवको सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले यसअघि कायम रहेको व्यवस्थाअ...
आषाढ़ ३२ गते, २०८३ - १३:५३
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पाँच जना सचिवलाई अतिरिक्त समूह (जगेडा) मा राखेको छ भने सचिवको दरबन्दी रहेका पाँच महत्वपूर्ण नि...
आषाढ़ ३२ गते, २०८३ - १२:५९
काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगले अघि बढाइरहेको छानबिन प्रक्रिया तत्कालका लागि रोक्न आदेश दिएको छ। अदालतले आयोगलाई सम्पत्ति विवरण माग...



प्रतिकृया लेख्नुहोस्: