काठमाडौं । नेपाली कांग्रेसले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गतका परियोजनाहरु ऋणमा लिन नहुने स्पष्ट गरेको छ ।
शुक्रबार कांग्रेसले आयोजना गरेको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरुबारे छलफलमा चीनको बीआरआई अन्तर्गतका परियोजना लिने तर ऋणमा भने लिन नसकिने स्पष्ट गरेको हो ।
छलफलपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बीआरआईको समझदारी पत्रमा आफैंले हस्ताक्षर गरेको बताउँदै समझदारीमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगको कुराहरु उल्लेख भएपनि अहिलेसम्म कार्यान्वयन नभएको बताए । डा. महतले नेपाललाई अहिले ऋणको भार धेरै रहेको भन्दै र अब ऋण कुनै पनि मुलुकसँग थप्न नहुने कांग्रेसको धारणा रहेको स्पष्ट गरेका हुन् ।
उनले भने- ‘हामीले बीआरआई हुँदैन भनेको छैनौं । मैले नै त्यसबेला समझदारीपत्रमा हस्ताक्षर गरेको हो । त्यो हस्ताक्षरमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगका कुराहरु छन् । कस्तो सहयोग गर्ने भन्ने कुरा आउँदाखेरी कनेक्टिभिटीको कुरा आउँदा सुरुङमार्ग र सडकमा अनुदान सहयोग दिनुपर्यो । अनुदानमा नै धेरै प्रतिवद्धता गरेको चिनियाँ सरकारले कयौं वर्षदेखि कार्यान्वयन भएको छैन ।’
डा. महतले अनुदान नै कार्यान्वयन नभएको अवस्थामा ऋणको कुरा गरेर के अर्थ ? भन्दै चिनियाँ सरकारसँग मात्रै होईन, जुनसुकै सरकारसँग पनि अहिले ऋण लिने कुरामा जान नहुने बताए ।
यहि मङ्सिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआई कार्यान्वयनको सम्झौता गर्ने तयारी गरेपनि अर्को सत्तारुढ दल नेपाली कांग्रेस तयार नहुँदा यो विषयले सत्तारुढ दलहरुबीच विवाद देखिएको छ ।
यो विषयलाई समाधान गर्न र स्पष्ट खाका तयार गर्न कांग्रेस र एमालेले गगन थापा र डा. युवराज खतिवडालाई जिम्मेवारी दिइएको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - १७:०५
काठमाडौँ। बिहीबार दिउँसो काठमाडौँमा परेको भारी वर्षापछि माइतीघर क्षेत्र डुबानमा परेको छ। निरन्तरको वर्षासँगै सडक र फुटपाथमा पानी जम्दा सर्वसाधारणलाई आ...
आषाढ़ ३२ गते, २०८३ - १६:४७
काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूर...
आषाढ़ ३२ गते, २०८३ - १६:४०
सप्तरी । मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्। ...
आषाढ़ ३२ गते, २०८३ - १६:३०
ढल्केबर । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपाबीचको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयु...
आषाढ़ ३२ गते, २०८३ - १६:०९
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष सु...
आषाढ़ ३२ गते, २०८३ - १५:४७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार दिउँसो सिंह...
आषाढ़ ३२ गते, २०८३ - १५:३८
सिद्धार्थनगर। रूपन्देहीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत रूपन्देहीको ओमसतिया गाउँ...
आषाढ़ ३२ गते, २०८३ - १५:२५
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बिहीबार प्रधानमन्त्री तथा मन्त्...
आषाढ़ ३२ गते, २०८३ - १४:४६
काठमाडौं । अभिनेत्री प्रियंका कार्की निर्मित चलचित्र ‘मास्टर्नी’को प्रचारका लागि सार्वजनिक गरिएको प्रमोसनल गीत विवादमा परेको छ। गायक दुर्गेश थापा र प्...
आषाढ़ ३२ गते, २०८३ - १४:३६
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक जुनसुकै सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएको छन् ।...



प्रतिकृया लेख्नुहोस्: