दाङ । दाङको घोराही उपमहानगरपालिका– १३ डुम्मर गाउँका इन्द्रा बुढाको पेसा फूलखेती हो। उनले यो पेसा गर्न थालेको आठ वर्ष भयो। विगत लामो समयदेखि गर्दै आएको व्यवसायप्रति इन्द्रा खुसी छन्। सुरुका दिनमा फूलको व्यावसायिक खेती गर्दा छिमेकीले फूल पनि बेच्ने भनेर गिज्याउने गरेको उनीसँग अनुभव छ।
‘पछिल्लो समय स्थानीय उत्पादनलाई प्रयोग गर्नुपर्छ भन्नेको सङ्ख्या बढ्दै गएको छ’, उनले भने, ‘जसका कारण यसवर्ष फूलमाला बिक्री गर्न कुनै समस्या भएन।’ इन्द्राको बारीमा चाडपर्वको समयमा मात्रै नभइ अघिपछि पनि सयपत्रीको फूल फूलिरहेको हुन्छ। जिल्लामा हुने विभिन्न सभा, सम्मेलन, विद्यालयमा हुने कार्यक्रम लगायतमा पनि फूल लैजाने गरेको उनी बताउँछन्।
उनी यस वर्षको तिहारमा मात्रै खर्च कटाएर रु पाँच लाख बचत गर्न सफल भएका छन्। आठ हजार माला काठमाडौँ, स्याङजा, पोखरा, धनगढी, बुटवल पठाएको र धेरैजसो जिल्लामै बिक्री गर्ने गरेको इन्द्राले बताए। फूलमाला टिप्दा, उन्दा आफ्ना आफन्तले सहयोग गर्ने भएकाले त्यति धेरै खर्च नहुने उनको भनाइ छ। उनले फूलखेतीबाट पनि यसरी पैसा कमाउन सकिएला भनेर आफूले सुरुवातका दिनमा नसोचेको बताए।
उनले १० कठ्ठा जग्गामा फूलको व्यावसायिक खेती गर्दै आएका छन्। ‘विगत आठ वर्षदेखि यही खेती गरिरहेको छु, विशेषगरी तिहारलगायत चाडपर्वका बेलामा बढी माग हुन्छ’, उनले भने। यसपटक पनि राम्रो आम्दानी भयो, आगामी दिनमा अझै क्षेत्रफल बढाउने योजना उनको छ। लगानी पनि धेरै नलाग्ने र अन्य खेतीभन्दा धेरै मेहनत गर्न नपर्ने भएकाले फूलखेती राम्रो हुँदै गएको उनले बताए। यस वर्षको तिहारमा रु १०० देखि २०० सम्म मालाको आकारअनुसार बिक्री गरेको इन्द्राले बताए।
‘स्थानीय उत्पादनको प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएकाले बिक्रीमा समस्या छैन’, उनले भने,’सयपत्रीको व्यावसायिक उत्पादन तथा बजारीकरणमा सहज भयो, बजार राम्रो पायौंँ।’ बोटमा फूल फूल्ने क्रम जारी रहेको र मङ्सिरको महिनाभर उत्पादन लिन सकिने उनले भने।
इन्द्रा व्यावसायिक रुपमा फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै गए पनि यसको माग पनि उत्तिकै बढेकाले बजारीकरणको समस्या नहुने बताए। आजभोलि विवाहलगायत अन्य कार्यक्रमका लागि पनि मागका आधारमा माला बनाउने गरेको उनले बताए।
सरकारी स्तरबाट पनि फूलखेती गर्न चाहाने किसानलाई तालिमलगायत अन्य कृषि औजार, अनुदानका कार्यक्रम ल्याएमा अझ सहज हुने उनले बताए। साथै प्लास्टिकजन्य मालालाई पनि पूर्ण रुपमा प्रतिबन्ध लगाउन आवश्यक रहेको उनी बताउँछन्। पहिलेको तुलनामा केही परिवर्तन भए पनि अझ पर्याप्त नभएको उनको भनाइ छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: