Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

धनगढीमाईमा मेयरले बजेटविपरित काम गरेपछि आन्दोलनको चेतावनी

खबरडबली संवाददाता

सिरहा । धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतोले नगर सभाबाट सर्वसम्मत पारित गरेको बजेट तथा कार्यक्रमलाई लत्याउँदै प्रमुख प्रशासकीय अधिकृतले कानुन विपरीत मनोमौजी ढङले बनाएको बजेट तथा कार्यक्रम उपर छानविनको माँग राख्दै नगर उपप्रमुख सहित काार्यपालिका सदस्यहरुले विरोध गरेका छन् ।

नगर प्रमुख शिवशंकर महतो र प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले आफ्नो अनुकुलको बजेट बनाएर सुत्रमा हाल्ने र नगरपालिकाको आधिकारीक वेवसाइटमा सार्वजनिक गरेको विषय तत्काल छानविनसहितको माँग गर्दै १९ जना कार्यपालिका सदस्यहरुले विज्ञप्ती जारी गरेर विरोध जनाएका हुन् ।

नगर सभाले सर्वसम्मत पासगरेको नीती तथा कार्यक्रम हुबहु प्रमाणित भई सार्वजानिक हुनुपर्नेमा पारित गरेको बजेट भन्दा फरक बजेट तथा कार्यक्रमहरु नगर प्रमुखले प्रमाणित गरी कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहामा बुझाई सुत्रमा ईन्टी गरेका जनाइएको छ।  नगरप्रमुख, प्रमुख प्रशाशकीय अधिकृत र लेखा अधिकृतले नगरसभाले पास गरेको बजेट तथा कार्यक्रमलाई थप परिमार्जन गरी अर्को बजेट तथा कार्यक्रम गैरकानुनी रुपमा प्रमुख प्रशासकिय अधिकृतले हस्ताक्षर गरी नगरपालिकाको आधिकारीक वेबसाईटमा हालेकोले त्यसको तत्काल छानविन नगरे आन्दोलनमा जाने ४ नम्वरका वडा अध्यक्ष ओम यादवले जनाए ।

उनले भने, ‘ नगर सभाबाट सर्ब सम्मत पारित २०८१/०८२ को बजेट तथा कार्यक्रम (रातो किताब) कानुन विपरित प्रमुख प्रशासकिय अधिकृतले परिमार्जन गरी हस्ताक्षर गर्दै सार्वजनिक गरेकोमा हामीले असहमती जनाएपनि नगर प्रमुखले कर्मचारीलाई आर्थिक प्रभावमा पारेर रकम कुम्लयाउनकै लागी आफु अनुकुल बनाइएको रातो किताव कानुन विपरीत कोष तथा लेखा नियन्त्रण कार्यालयमा पेश गरेको उनको दावी छ।   

नगर प्रमुखले नियतबस नियमित राखिनु पर्ने कार्यापालिका बैठक सुनियोजितरुपमा नराखी महत्वपूर्ण प्रस्ताव÷ निर्णयहरु रोकी सेवा प्रवाह, विकासका कार्य, विषयगत शाखाहरुको कामकाज र वडा कार्यालयहरु ठप्प हुने अवस्थामा पुगेकोले नगर प्रमुखले तत्कालै समस्या समाधान नगरेको कडा आन्दोलनमा उक्रिने उनको भनाई छ।’

अवैध ग्रभेल उत्खन्नलाई  रोकी नियमानुसार कानुन बमोजिम राजश्वको प्रक्रियामा नल्याएको संयुक्त विज्ञप्तीमा उल्लेखगरेको छ।  विज्ञप्तीमा संघीय सरकारले पठाएको ससर्त बजेटको  सेनेटरी प्याड र दिवा खाजा कार्यक्रमलाइ कार्यन्वयन गर्न वेवास्ता गरेको, नगरपालिका तथा वडा कार्यालयको अनुदानमा राखिएको शिक्षक/शिक्षिकाहरुको तलब हाल सम्म पनि नपठाएको, नगरपालिकाबाट संचालित देशकै एक मात्र योग तथा नेचुरोपेथी कार्यक्रमका शिक्षकहरुको म्याद हाल सम्म नथपी धरासायी बनाएको आरोप लागाएको छ। 

उनीहरुले नगरपालिकाको वेथिती, विसंगति र अनियमितताजस्ता कार्य तत्काल नरोकीय मंसिर ५ गते पछि कडा आन्दोलन घोषणा गरी तालाबन्दी समेत गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अत्यधिक गर्मीमा पनि टिनको छानामुनि पढ्न बाध्य बालबालिका

नेपालगन्ज। देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै का...

रास्वपाको जिल्ला अधिवेशन आजदेखि, ६६ जिल्लामा संगठन विस्तार अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार ...

एसीसी महिला प्रिमियर कपमा आज नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...

आज डलर कति पुग्यो? यस्तो छ विदेशी मुद्राको नयाँ दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...

पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’को सम्पादकमा नियुक्त

काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...

समानुपातिक सूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अनिवार्य गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...

काेशीमा ४ करोड र २ करोडको बजेट सीमा, किन बन्यो विवादको केन्द्र?

विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...

एमालेमा पराजयपछि बढ्दो असहमति : नेतृत्व, पुनर्गठन र यथार्थबीचको टकराव

काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...

बीपी राजमार्गमा सवारी सञ्चालनको समय हेरफेर

बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...

कृष्णकुमारीको ‘नारी रेखा’ सार्वजनिक

काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending