राजविराज । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले जसपा नेपालका अध्यक्ष ‘भिजेको मुसाजस्तै’ र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत ‘रंग फेर्ने छेपारो’ जस्तै भईसकेको टिप्पणी गरेका छन् ।
आजपा मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज बिहान राजविराजमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मधेसका लागि उपेन्द्र र सिके आवश्यक नभएको बताउदै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘अहिले जसपा नेपाल अध्यक्ष पानीमा काँपेर बसेको मूसा जस्तै अवस्थामा छन् । उनी सत्ता पक्ष कि प्रतिपक्ष अहिले चिन्नै गाह्रो भएको छ’ आजपा अध्यक्ष साहले भने, ‘जनमतका अध्यक्ष सिके राउत त रंग फेर्ने छेपारोको जस्तै भईसकेका छन् । हातीको देखाउने दाँत र चपाउने दाँत फरक भए जस्तै उनको व्यवहोरा देखिन्छ ।’
उपेन्द्र र सिके दुबैले मधेसमा विकास नभई विनाश गरिरहेको आरोप साहले लगाए । मधेसको शिक्षा, स्वास्थ्य, यातायात, रोजगार, उधोगधन्दा सबै क्षेत्र बर्बाद गर्ने नेताहरु मधेस प्रदेशमा सरकारको नेतृत्व गरेको बताउदै उनले मधेसको बिकासका लागि आम जनताको शासन हुन आवश्यक रहेको बताए । ‘रबी लामिछाने पक्राउ पर्दा बिरोध गर्ने सिके राउत सत्ता पक्षमा गएर हस्ताक्षर गरे’ साहले भने । यद्यपी यो दुई पार्टीमा देश बनाउने, संघीयताका लागि लड्ने राम्रा नेताहरु पनि रहेको उनले बताए ।
आजपा अध्यक्ष साहले आफ्नो पार्टीको मधेश प्रदेश समितिले भ्रष्टाचारबिरुद्धको जनजागरण अभियान शुरु गरेको बताए । भ्रष्टाचार के हो रु, यसलाई हटाउन जनताको भूमिका कस्तो हुनुपर्छ रु जस्ता बिषयमा जनजागरण ल्याउन अभियान शुरु गरिएको उनले बताए । ‘भ्रष्टाचार गर्नेलाई जनताको निगरानी छैन’ उनले भने, ‘भ्रष्टाचारबिरुद्ध जबसम्म जनतामा चेतना आउँदैन, तबसम्म यो नियन्त्रण हुँदैन् ।’
आफ्नो अभियानलाई रोक्न सरकार लागिपरेको आरोप उनले लगाए । ‘राजविराज आउने क्रममा शनिबार ठाउँ–ठाउँमा रोकेर प्रहरीले अनावश्यक दुःख दिएका छन्’ उनले भने, ‘माथिको आदेश भन्दै प्रहरीले यसरी दुःख दिएको पाए ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २२ गते, २०८३ - ०९:५६
अर्घाखाँची । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएका अर्घाखाँचीका तीन वटा १५ शय्याका अ...
जेष्ठ २२ गते, २०८३ - ०९:४७
काठमाडौँ । सरकारले बागमती नदी तथा उपत्यकाका विभिन्न खोला किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि ती स्थानको संरक्षण र सौन्दर्यीकरणको काम अघि बढाउने तया...
जेष्ठ २२ गते, २०८३ - ०९:४०
किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने (प्रत्यक्ष) वार्...
जेष्ठ २२ गते, २०८३ - ०९:३८
बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–६ निन्युखर्ककी शान्ता कुमाल र उनका तीन छोरी गम्भीर आर्थिक संकटमा परेका छन्। दुवै मिर्गौला फेल भएपछि उपचारका क्रममा...
जेष्ठ २२ गते, २०८३ - ०९:२९
चितवन । माडीमा गुडिरहेको मोटरसाइकल अचानक बाघसँग ठोक्किँदा एकजना चालक घाइते भएका छन् । गयराति करिब ८:०० बजेको समयमा माडी नगरपालिका वडा नं. ९ स्थित रात...
जेष्ठ २२ गते, २०८३ - ०९:२५
काठमाडौं । काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलप...
जेष्ठ २२ गते, २०८३ - ०९:२२
नवलपुर । नवलपुरको कावासोती नगरपालिका–४ हसौराका मित्रबहादुर गाहा मगर व्यावसायिक तरकारी खेतीबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्दै उदाहरणीय किसान...
जेष्ठ २२ गते, २०८३ - ०९:१७
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका सात जना नायब महानिरीक्षक (डीआईजी) को सरुवा र सात जनाको पदस्थापन गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल, प्...
जेष्ठ २२ गते, २०८३ - ०९:१२
चितवन । भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । जिल्ला कारागारका प्रमुख रवीन्द्र...
जेष्ठ २२ गते, २०८३ - ०९:०५
काठमाडौँ । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र...



प्रतिकृया लेख्नुहोस्: