Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

उपेन्द्र र सिके राउतले मधेसमा लुट मच्चाएको प्रभु साहको आरोप

खबरडबली संवाददाता

राजविराज । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले जसपा नेपालका अध्यक्ष ‘भिजेको मुसाजस्तै’ र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत ‘रंग फेर्ने छेपारो’ जस्तै भईसकेको टिप्पणी गरेका छन् ।

आजपा मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज बिहान राजविराजमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मधेसका लागि उपेन्द्र र सिके आवश्यक नभएको बताउदै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘अहिले जसपा नेपाल अध्यक्ष पानीमा काँपेर बसेको मूसा जस्तै अवस्थामा छन् । उनी सत्ता पक्ष कि प्रतिपक्ष अहिले चिन्नै गाह्रो भएको छ’ आजपा अध्यक्ष साहले भने, ‘जनमतका अध्यक्ष सिके राउत त रंग फेर्ने छेपारोको जस्तै भईसकेका छन् । हातीको देखाउने दाँत र चपाउने दाँत फरक भए जस्तै उनको व्यवहोरा देखिन्छ ।’

उपेन्द्र र सिके दुबैले मधेसमा विकास नभई विनाश गरिरहेको आरोप साहले लगाए । मधेसको शिक्षा, स्वास्थ्य, यातायात, रोजगार, उधोगधन्दा सबै क्षेत्र बर्बाद गर्ने नेताहरु मधेस प्रदेशमा सरकारको नेतृत्व गरेको बताउदै उनले मधेसको बिकासका लागि आम जनताको शासन हुन आवश्यक रहेको बताए । ‘रबी लामिछाने पक्राउ पर्दा बिरोध गर्ने सिके राउत सत्ता पक्षमा गएर हस्ताक्षर गरे’ साहले भने । यद्यपी यो दुई पार्टीमा देश बनाउने, संघीयताका लागि लड्ने राम्रा नेताहरु पनि रहेको उनले बताए ।

आजपा अध्यक्ष साहले आफ्नो पार्टीको मधेश प्रदेश समितिले भ्रष्टाचारबिरुद्धको जनजागरण अभियान शुरु गरेको बताए । भ्रष्टाचार के हो रु, यसलाई हटाउन जनताको भूमिका कस्तो हुनुपर्छ रु जस्ता बिषयमा जनजागरण ल्याउन अभियान शुरु गरिएको उनले बताए । ‘भ्रष्टाचार गर्नेलाई जनताको निगरानी छैन’ उनले भने, ‘भ्रष्टाचारबिरुद्ध जबसम्म जनतामा चेतना आउँदैन, तबसम्म यो नियन्त्रण हुँदैन् ।’

आफ्नो अभियानलाई रोक्न सरकार लागिपरेको आरोप उनले लगाए । ‘राजविराज आउने क्रममा शनिबार ठाउँ–ठाउँमा रोकेर प्रहरीले अनावश्यक दुःख दिएका छन्’ उनले भने, ‘माथिको आदेश भन्दै प्रहरीले यसरी दुःख दिएको पाए ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending