जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहितको टोली विवाह पञ्चमी महोत्सवको निम्तो पुर्याउन भारतको अयोध्या प्रस्थान गरेका छन् ।
ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको साताव्यापी आयोजना हुने विवाह पञ्चमी महोत्सवको निमन्त्रणाका लागि मुख्यमन्त्रीसहितको टोली आइतबार विरगंजबाट रामजन्मभूमि अयोध्याधामका लागि प्रस्थान गरेका हुन् ।
अयोध्या प्रस्थान हुने मुख्यमन्त्री सिंहसहितको टोलीमा प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह, गृह, सञ्चार तथा कानुमन्त्री राजकुमार लेखी, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री मोहम्मद सकिल अलि मियाँ, वन तथा वातवरणमन्त्री त्रिभुवन साह, श्रम तथा यातायातमन्त्री कौशल किशोर रायको सहभागीता रहेको छ ।
यस्तै, उक्त टोलीमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, मधेश स्वास्थय विज्ञान प्रतिष्ठानका उपकुलपति डा। अंकुर साहको पनि उपस्थिति रहेको छ । टोलीले राम जन्मभूमी तिर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायसहितको टोलीलाई औपचारिक निमन्त्रणा दिँदै जनकपुरधाममा मङ्सिरमा आयोजना हुने साताव्यापी विवाह महोत्सवमा सहभागी हुन आग्रह गर्ने कार्यक्रम छ ।
विवाह पञ्चमी महोत्सव जनकपुरधाम र अयोध्या बीचको सांस्कृतिक र धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर मानिन्छ । राम र सीताको ऐतिहासिक विवाहको सम्झनामा मनाइने यो महोत्सवमा हरेक वर्ष नेपाल तथा भारतका हजारौंको संख्यामा श्रद्धालुहरूको जमघट हुने गर्दछ ।
मुख्यमन्त्री सिंहले तिलकसहितको विश्वहिन्दू परिषद्को टोलीलाई शनिबार बिदा गर्नुहँदै भनेको थिए, “महोत्सवलाई भव्य बनाउन प्रदेश सरकार पूर्ण रुपमा प्रतिबद्ध छ, यो महोत्सवले हाम्रो सांस्कृतिक धरोहरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न मद्दत पुर्याउनेछ र आगामी दिमा आर्थिक वृद्धिमा समेत टेवा पुर्याउने छ ।”
विश्व हिन्दू परिषदको टोली भने तिलकसहितको निमन्त्रणा लिएर एकदिन अघि शनिबार नै जानकी मन्दिरबाट बिदा लिएर अयोध्याका लागि प्रस्थान विरगंजमा बास बसेको थियो । सोही टोलीसँग आज ९आइतबार० बिहान मुख्यमन्त्रीसहितको टोली विरगंजबाट अयोध्याका लागि प्रस्थान गरेका हुन् ।
अयोध्याधाम प्रस्थानका क्रममा विरगंजस्थित विश्व हिन्दू परिषद नेपालको सभाहलमा परिषद्का मधेश प्रदेशका उपाध्यक्ष सुनिल खेतालले मुख्यमन्त्री सहितको टोलीलाई स्वागत समेत गरेको थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २३ गते, २०८३ - ११:२१
नेपालगन्ज। देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै का...
जेष्ठ २३ गते, २०८३ - ११:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार ...
जेष्ठ २३ गते, २०८३ - ०८:३०
काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...
जेष्ठ २३ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...
जेष्ठ २३ गते, २०८३ - ०८:२५
काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...
जेष्ठ २३ गते, २०८३ - ०८:२४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...
जेष्ठ २३ गते, २०८३ - ०८:१०
विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...
जेष्ठ २३ गते, २०८३ - ०८:०६
काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...
जेष्ठ २३ गते, २०८३ - ०८:०२
बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...
जेष्ठ २३ गते, २०८३ - ०८:०१
काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, ...



प्रतिकृया लेख्नुहोस्: