Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा

खबरडबली संवाददाता

डडेल्धुरा । अमरगढी नगरपालिका–७ मा अवस्थित कस्याडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । सूर्योदय र सूर्यास्तको रमणीय दृश्य अवलोकन गर्न सकिने भएकाले पछिल्लो सयम यहाँ आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो ।

सूर्योदय र सूर्यास्तका साथै सदमुकाम अमरगढी नगरपालिका, नवदुर्गा, गन्यापधुरा, अजयमेरु गाउँपालिकाका अधिकांश भू–भागको दृश्यावलोकन गर्न दैनिक सयभन्दा बढी आन्तरीक पर्यटक पुग्ने गरेका छन् ।

डडेल्धुरा–बैतडी राजमार्गको पश्चिम खण्डसँगै जोडिएको कस्याडाँडाले धार्मिक एवं ऐतिहासिक महत्व बोकेको छ । डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको सुर्कालबाट १५ मिनेट पैदल उकालो चढ्दा कस्याडाँडा पुग्न सकिन्छ । जिल्लाको सबैभन्दा अग्लो डाँडामध्ये यसलाई प्राचीन, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको डाँडाका रूपमा मानिने स्थानीय बताउँछन् । 

डोड्याली राजा नागी मल्लसहित लेगी समैजी, शिखर, शैलेश्वर महादेव, भूमिराज, उग्रतारा भगवती माताको धार्मिक क्षेत्रका रूपमा पनि कस्यालाई लिने गरिन्छ । यो डाँडा समुद्री सतहबाट छ हजार पाँच सय फिट उचाइमा अवस्थित छ ।

भारतमा बस्दै आएका अजयमेरु–३ का महेश ऐरले घर आएको मौकामा यहाँ पुगेको भन्दै कस्याडाँडा घुम्नै पर्ने रमणीय स्थानका रूपमा रहेको बताए। “पहिला यहाँ आउन पाएको थिएन, यो ठाउँ निकै रमाइलो रहेछ”, उनले भने, “यहाँबाट सूर्योदय र सूर्यास्तको रमणीय दृश्य राम्रोसँग हेर्न सकिन्छ ।”

आलितालका मीना साउँदले पनि साथीभाइसँग रमाइलो गर्न कस्याडाँडा पुगेको बताए। रमाइलो र नजिकैको पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको कमीले ओझेलमा परेको उनले प्रतिक्रिया दिए। 

डडेल्धुरा बजारबाट हिँड्दै पनि पुग्न सकिने यो ठाउँमा बैतडी, डोटीलगायत सुदूरपश्मिका आन्तरिक पर्यटकका लागि नजिकको सुन्दर गन्तव्य बन्न सक्ने साउँदले उल्लेख गरे। उनले भने, “यहाँ पुग्ने बाटो पनि व्यवस्थित छ, स्थानीय सरकारले यसको प्रवर्द्धन गर्न सके स्थानयिको आयस्तर वृद्धि हुनुका साथै रोजगारीका अवसर पनि सृजना हुने छन् ।”

पहिला सुनसानजस्तै रहेको यो ठाउँमा पर्यटकको चहलपहल बढ्न थालेको छ–सात वर्ष भयो । अहिले दिनमा एक सयको हाराहारीमा आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका स्थानीय अटोचालक धौलि दमाइँले बताए । उनका अनुसार यहाँ आउने अधिकांशले आफैँले खानेकुरा बोकेर आउँछन् । यहाँ नजिक बस्ती र होटल नरहेकाले खानापिनमा समस्या हुने भन्दै उनले यसलाई थप व्यवस्थित बनाउँदै नजिक होटल सञ्चालन भएका पर्यटकीय गतिविधि बढ्ने उनले उल्लेख गरे। 

पछिल्लो समयमा स्थानीयसहित अमरगढी–७ को ब्राइट भिजन क्लबले कस्या टाकुरो ९डाँडा० को पर्यटकीय सम्भावनाका बारेमा प्रचारप्रसार गरेपछि अमरगढी नगरपालिकाकोे सहयोगमा भ्यूप्वाइन्ट, दृश्यावलोकन स्तम्भ, डाँडाको टुप्पोसम्म पुग्ने पैदल बाटो, बस्ने ठाउँलगायत पूर्वाधार निर्माण भएका छन् ।

कस्याडाँडामाथि भ्यूटावर निर्माण गरी आन्तरिक एवं बाह्य पर्यटक भित्रयाउन सके आर्थिक गतिविधि चलायमान हुने क्लबका अध्यक्ष दीपकराज भट्टराईले विश्वास व्यक्त गरे। 

नागरिक अगुवा सिद्धराज पाठकका अनुसार कस्याडाँडा र आसपासका क्षेत्रमा आन्तरिक पर्यटकका लागि आकर्षक स्थल निर्माण भएका छन् । होटलसहित अन्य पूर्वाधार निर्माण गरी आर्थिक र व्यावसायिक रूपमा यसलाई प्रवर्द्धन गर्न स्थानीय सरकारले नीति बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए। यहाँबाट महाभारत पर्वत शृङ्खलासहित डोटी, आछाम, बैतडी र भारतको केही भूभाग देख्न सकिने उनले जानकारी दिए। 

डडेल्धुराबाट कस्याडाँडा पुग्न पक्की बाटो बनेको छ । कस्याडाँडा सदरमुकाम भन्दा १२ किलोमिटर उत्तरतर्फ महाकाली राजमार्गसँगै जोडिएको छ । हिँडेर जाँदा करिब तीन घण्टा र मोटरसाइकल वा गाडीमा जाँदा २५ देखि ३० मिनेटमा पुगिन्छ । 

कस्याडाँडाको इतिहास

कस्याडाँडामाथि ठूलो मैदान रहेको भन्दै यो प्राचीनकालमा निर्माण भएको आफूले सुन्दै आएको अमरगढी–७ का ६२ वर्षीय केशव भण्डारीले बताए। “सुनेको आधारमा यहाँ एउटा बुढी महिला पछिसम्म बस्थिन् । यसको बारेमा कुनै सत्यता वा अभिलेख भने छैन । अमरगढी–६, ७ र ८ का बुढापाकाले सुनाउने कुराका आधारमा कस्याडाँडामा राजकोट थियो”, उनले भने। 

अहिले यहाँ कुनै कोटको संरचना नरहेको स्थानीय महेश भट्टराईले बताए। “यस डाँडाको इतिहास दुई हजार पाँचसय वर्षभन्दा पुरानो हो । गाउँ पुरिँदा यहाँ कैयाँैले ज्यान गुमाउनु परेकाले सुरुमा यसलाई काल अर्थात् सुर्काल भनिन्थ्यो”, उनले भने।  

यससँगै डाँडाबाट करिब एक हजार पाँचसय मिटर तल ढुङ्गाको ओखल पनि देखिन्छ । उक्त स्थानलाई अहिले ओखलढुङ्गा भन्ने गरिएको भट्टराईले बताए। ओखलढुङ्गाको पूर्वउत्तरमा डाँडु खोला छ । इतिहासका बारेमा अध्ययन र अनुसन्धान गरी तथ्य पत्ता लगाउन उहाँले स्थानीर सरकार र सरोकार भएका निकायलाई आग्रह गरे।

यहाँको तथ्य अध्ययन गरी पर्यटन प्रवर्द्धन गर्न सके कस्याडाँडालाई सुदूरपश्चिम क्षेत्रकै रमणीय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीय जानकार बताउँछन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिनियाँ उपमन्त्री दोङ नेपाल भ्रमणमा आउदै, नेपाल–चीन व्यापारिक बैठक बस्ने

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार...

बागलुङको खानेपानीको ७७ मुहानमा भेटियो कोलिफर्म जीवाणु

बागलुङ। जिल्लाको ७७ खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । चालु आर्थिक वर्षमा खानेपानीका मुहानबाट संकलन गरिएका तीनसय ६९ नुमना ज...

तीन डीआईजीसहित नेपाल प्रहरीका १०४ जना पुरस्कृत

काठमाडौं । नेपाल प्रहरीका तीन जना नायव महानिरीक्षक (डीआईजी)सहित १०४ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्। प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यस...

असार लागेपछि मधेश प्रदेशको खर्चमा तीव्र वृद्धि : १८ दिनमै ३ अर्ब ३२ करोड रुपियाँ खर्च

महोत्तरी । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ९ अर्ब ९७ करोड रुपियाँ खर्च गरेकामा आर्थिक वर्षको अन्तिम महिना असार सुरु भएयता १८ द...

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो, कतिमा भइरहेको कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। गत शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला रु ४०० र चाँदीको मूल्य रु १...

सशस्त्र प्रहरीको कीर्तिपुर स्कुलमा आर्थिक हिनामिना आरोप, इन्स्पेक्टरसहित दुई पक्राउ

काठमाडौं । कीर्तिपुरस्थित सशस्त्र प्रहरी बलको विद्यालयमा आर्थिक हिनामिना गरेको आरोपमा प्रहरीले एक इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ...

मालदह आँपको मूल्य दोब्बर, किसानभन्दा व्यापारी बढी लाभान्वित

लहान । आँपको राजधानीका रूपमा परिचित लहानमा मालदह आँपको मूल्य पछिल्लो १० दिनमा दोब्बर भएको छ। मूल्य वृद्धि भए पनि यसको प्रत्यक्ष लाभ किसानभन्दा व्यापार...

डोल्पामा लेदोसहितको बाढी गाउँ पस्दा एकको मृत्यु, ६ जना घाइते

रुकुम पश्चिम। डोल्पाको जगदुल्ला गाउँपालिका-५ गैरीगाउँमा लेदोसहितको बाढीमा परेर एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी क...

१०० दिनमा शिक्षा मन्त्रालयका ४२ उपलब्धि, नतिजा प्रकाशनदेखि विश्वविद्यालय सुधारसम्मका निर्णय

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पदभार सम्हालेको पहिलो १०० दिनमा मन्त्रालयले सम्पन्न गरेका ४२ प्रमुख काम सार्वजनिक गरेका ...

उत्तरी गोरखामा प्रहरी नै एम्बुलेन्स

सुलीकोट। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सडकको पहुँच अझै सपना जस्तो छ । बिरामी पर्दा एम्बुलेन्सको साइरन होइन प्रहरीको कदमको आवाज नै यहाँको नागरि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending