Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

अलैँचीको उत्पादनमा कमी आएसँगै दशकयताकै मूल्य उच्च

प्रतिमन एक लाख भन्दा माथि

खबरडबली संवाददाता

काठमाडौं ।  अलैँचीको मूल्य दशकयताकै उच्च बिन्दुमा पुगेको छ । कालो सुनको उपमाले चिनिएको अलैँचीको मूल्य प्रतिमन एक लाख भन्दा माथि पुगेको हो ।

नेपालको पूर्वी पहाडी जिल्लाका बजारहरूमा प्रतिमन (४० केजी) एक लाख माथिको मूल्यमा अलैँचीको कारोबार भइरहेको छ। अलैँचीलाई तीन गुणस्तरमा छुट्ट्याएर बिक्री गरिन्छ। व्यापारीहरूका अनुसार ग्रेडिङ गरेको उच्च गुणस्तरको अलैँचीले एक लाख पाँच हजार मूल्य पाएको छ । 

त्यस्तै कैँची कट (पुच्छर काटेको) एक लाख एक हजार र चालु अलैँची ९८ हजारमा बिक्री भइरहेको छ। अलैँची व्यवसायी तथा उद्योग वाणिज्य महासङ्घका अनुसार यो साल अलैँचीले दशकयताकै उच्च मूल्य पाएको हो । मूल्य अझै बढ्ने सम्भावना छ । २०७१ सालमा अलैँचीले प्रतिमन एक लाख पाँच हजार मूल्य पाएको थियो। त्यसयता निरन्तर ओरालो लागेको अलैँचीको मूल्यमा गत वर्षदेखि सुधार भएको हो । गत वर्ष प्रतिमन ८२ हजारमा अलैँचीको कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारको माग अनुसार अलैँची उत्पादन नभएकाले मूल्य बढेको हुनसक्ने  महासङ्घको आँकलन छ । २०६७ सालमा अलैँचीले हालसम्मकै उच्च मूल्य पाएको थियो । त्यस बखत प्रतिमन एक लाख २० हजारमा अलैँची बिक्री भएको थियो । तर, त्यो मूल्य धेरै दिन टिकेको थिएन। 

मेची भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो तीन महिनामा सात सय ८३.७५ मेट्रिक टन अलैँची निर्यात भएको छ। यो विगत वर्षको तुलनामा निकै कम हो। साउनबाट उत्पादन सुरु हुने अलैँची मङ्सिर को पहिलो साता बोटबाट निकाली सकिन्छ। 

पहाडका किसानहरूको मुख्य आम्दानीको स्रोत अलैँची हो । नेपालका ४२ वटा पहाडी जिल्लाहरूमा अलैँची उत्पादन हुन्छ। कोसी प्रदेशका १४ जिल्लामध्ये पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुममा उल्लेख्य मात्रामा अलैँची खेती गरिन्छ। कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार उल्लेख्य मात्रामा खेती हुने जिल्लाहरूमा पछिल्लो वर्ष अलैँची उत्पादनमा ह्रास आइरहेको छ। 

कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार कोसी प्रदेशमा आर्थिक वर्ष ०७९/०८० मा सात हजार सात सय ६३.८७ मेट्रिक टन अलैँची उत्पादन भएको थियो। आर्थिक वर्ष ०८०/०८१ मा घटेर सात हजार पाँच सय ८२.०२ मेट्रिक टन उत्पादन भयो। यो वर्षको तथ्याङ्क आउन बाँकी छ। यद्यपि करिब २० प्रतिशतले अलैँची उत्पादनमा ह्रास आउन सक्ने कृषि ज्ञान केन्द्रको अनुमान छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

'ध्रुवे'को पुनरागमन : ९ वर्षपछि फेरि दोहोरियो चितवनमा त्रास

दुई दशकदेखि आतंकको पर्याय बनेको जंगली हात्तीले फेरि लियो आमाछोराको ज्यान

खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु

‎‎सुर्खेत । सल्यानमा खेत रोप्न गएकी एक महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। ‎मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४, ज्यामिरेकी ४६ वर्षीया सिता विक र...

आजको तरकारी तथा फलफूलको मूल्य: गोलभेँडा ६०, आलु ३० देखि ४२ रुपैयाँसम्म

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्या...

छड प्रहार गरेर बाबुको हत्या, छोरा पक्राउ

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४   गुम्दी धङ्गार्चोकमा शनिबार  पारिवारिक विवादका क्रममा छोराले  बाबुको हत्या गरेका छन् । ६४ वर्षीय धनबहादुर सुना...

बाढीपहिरोले कर्णालीका दुई राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै देशको विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। ...

डोल्पामा हिलोसहितको बाढी घरमा पस्यो, एक महिलाको मृत्यु, चार घाइते

काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घा...

महोत्तरीबाट गाँजासहित दुई नियन्त्रणमा

काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा मकव...

बाम एकताको बहस फेरि तातियो, शीर्ष नेताभन्दा कार्यकर्ता एकताका पक्षमा

लुम्बिनीबाट प्रचण्ड–नेपालसहितका नेतालाई दबाब– ‘अब सहकार्य होइन, एकतामै जानुपर्छ’

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही । सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ । लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको सर्प दंश उपचार केन्द्रको तथ्याङ्कअनुसार विगतभन्द...

जंगली हात्तीको आक्रमणमा आमा छोराको मृत्यु

चितवन । शनिबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा जंगली हात्तीले आक्रमण गर्दा चितवनमा आमा र नाबालक छोराको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२३, बे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending