रौतहट । नेपालको प्रमुखद्वार तथा आर्थिक नगरी बिरगंज संग सिमाना जोडिएको भारतीय सहर रक्सौलमा एकजना नेपाली युवक ठूलो परिमाणमा लागुऔषध सहित पक्राउ परेका छन् ।
गोप्य सूचनाको आधारमा भारतीय प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागुऔषधसहित बिरगंजका युवा राजा हुसैनलाई पक्राउ गरेको हो। मोतिहारी जिल्लाका एसपी स्वर्ण प्रभातले रक्सौल प्रहरी चौकी र एन्टी लिकर टास्क फोर्सको संयुक्त टोलीले ४२ लाख रुपैयाँ बराबरको लागुऔषध सहित राजा हुसैन लाई सनिवार पक्राउ गरेको बताएका छन् ।
हुसैनको साथबाट ठूलो परिमाणको चरेस,ब्राउन सुगर,कोरेक्स सिरप, खाली कोरेक्सका डब्बा, नेपाली नम्बरको स्कुटर र मोटरसाइकल बरामद गरिएको एसपी प्रभातले जानकारी दिएका छन्। पक्राउ परेका राजा हुसैन वीरगञ्ज मुर्ली टोलका बासिन्दा हुन्।
एसपी स्वर्ण प्रभातका अनुसार बरामद लागुऔषधको बजार मूल्य ४२ लाख रुपैयाँभन्दा बढी रहेको अनुमान गरिएको छ।
पक्राउ परेका हुसैन प्रहरी नियन्त्रणमा रहेको तथा आवश्यक अनुसन्धान पश्चात कारबाहीका प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय मोतीहारीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८२ - २२:२५
मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...
चैत्र २९ गते, २०८२ - २२:०१
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...
चैत्र २९ गते, २०८२ - २१:४६
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...
चैत्र २९ गते, २०८२ - २१:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...
चैत्र २९ गते, २०८२ - १९:४५
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...
चैत्र २९ गते, २०८२ - १९:४२
काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...
चैत्र २९ गते, २०८२ - १९:३९
काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...
चैत्र २९ गते, २०८२ - १९:३४
सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...
चैत्र २९ गते, २०८२ - १९:३१
हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...


प्रतिकृया लेख्नुहोस्: