धरान। कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी १० वर्षमा नेपाली टिमलाई वर्ल्ड कपमा पुगाउने उद्देश्यसहित लिखित योजना लिएर आए प्रदेश सरकारले लिखित सम्झौता गरेर सहयोग गर्ने बताएको छन ।
शनिबार कोशी प्रदेश फुटबल संघको आयोजनामा एन्फा एकेडेमीका खेलाडीलाई फुटबल सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताएको हो । प्रदेश सरकारले यस यस वर्षको फागुन महिनासम्ममा २५ लाखदेखि ३० लाख बजेट छुट्याउने र आगामी दश वर्षसम्ममा विश्व कपमा खेल्न सक्ने योजना बनाउन आग्रह गरे।
विश्वको सबैभन्दा धेरै खेलिने र लोकप्रिय खेल नै फुटबल खेल रहेकाले प्रदेश सरकारले गर्न सक्ने सहयोग गर्न तयार रहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो ए। हाम्रो देशमा खेलसम्बन्धी लगानी कम रहेकाले पनि नेपालको खेल विश्वमा राम्रो स्तरसम्म पुग्न नसकेको पनि उनले बताए।
खेलकुदले खेलाडीलाई मात्र चिनाउने नभइ समग्र राज्यलाई समेत अन्तर्राष्ट्रिय स्तरमा चिनाउने भएकाले यसका लागि बजेट छुट्याउने मुख्यमन्त्री कार्कीको भनाइ छ ।
धरान खेलकुद शहरको रुपमा चिनिए पनि सबै तहको सरकारले उपेक्षा गरेको कोशी प्रदेशको सांसद बिजयकुमार राईले बताअनुभयो । “धरानलाई खेलकुदमा सबैभन्दा बजेटकै अभाव रहेका कारण पनि खेलकुदले भनेजसो प्रगति गर्न नसकेको हो” उहाँले भन्नुभयो । आगामी वर्षदेखि खेलकुदलाई बजेट छुट्याउन सरकारलाई आग्रह गर्नुभयो ।
एन्फा एकेडेमि धरानको ३० जना खेलाडीलाई जर्सी, जुत्ता, ट्रयाकसुट लगायतका फुटबल सामग्रीहरु वितरण गरिएको छ । कार्यक्रममा कोशी प्रदेशको सांसद रमेशकुमार बस्नेत, बरिष्ठ पत्रकार हर्ष सुब्बा, नेकपा ९एमाले० धरानका अध्यक्ष हर्कजङ्ग एभेङ, मजदुर संगठनको केन्द्रीय अध्यक्ष भिमज्वाला राई लगायत विभिन्न राजनीतिक दलहरुको प्रतिनिधि तथा खेलाडीहरुको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - १२:०३
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। गत शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला रु ४०० र चाँदीको मूल्य रु १...
आषाढ़ २१ गते, २०८३ - ११:५४
काठमाडौं । कीर्तिपुरस्थित सशस्त्र प्रहरी बलको विद्यालयमा आर्थिक हिनामिना गरेको आरोपमा प्रहरीले एक इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ...
आषाढ़ २१ गते, २०८३ - ११:३७
लहान । आँपको राजधानीका रूपमा परिचित लहानमा मालदह आँपको मूल्य पछिल्लो १० दिनमा दोब्बर भएको छ। मूल्य वृद्धि भए पनि यसको प्रत्यक्ष लाभ किसानभन्दा व्यापार...
आषाढ़ २१ गते, २०८३ - ११:३१
रुकुम पश्चिम। डोल्पाको जगदुल्ला गाउँपालिका-५ गैरीगाउँमा लेदोसहितको बाढीमा परेर एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी क...
आषाढ़ २१ गते, २०८३ - ११:०४
काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पदभार सम्हालेको पहिलो १०० दिनमा मन्त्रालयले सम्पन्न गरेका ४२ प्रमुख काम सार्वजनिक गरेका ...
आषाढ़ २१ गते, २०८३ - १०:४५
सुलीकोट। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सडकको पहुँच अझै सपना जस्तो छ । बिरामी पर्दा एम्बुलेन्सको साइरन होइन प्रहरीको कदमको आवाज नै यहाँको नागरि...
आषाढ़ २० गते, २०८३ - १७:४५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
आषाढ़ २० गते, २०८३ - १७:३४
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...
आषाढ़ २० गते, २०८३ - १७:२५
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...
आषाढ़ २० गते, २०८३ - १७:१०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...



प्रतिकृया लेख्नुहोस्: