Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

खेलका लागि प्रदेश सरकार सहयोग गर्न तयार छ : मुख्यमन्त्री कार्की

खबरडबली संवाददाता

धरान। कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी १० वर्षमा नेपाली टिमलाई वर्ल्ड कपमा पुगाउने उद्देश्यसहित लिखित योजना लिएर आए प्रदेश सरकारले लिखित सम्झौता गरेर सहयोग गर्ने बताएको छन ।  

शनिबार कोशी प्रदेश फुटबल संघको आयोजनामा एन्फा एकेडेमीका खेलाडीलाई फुटबल सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताएको हो । प्रदेश सरकारले यस यस वर्षको फागुन महिनासम्ममा २५ लाखदेखि ३० लाख बजेट छुट्याउने र आगामी दश वर्षसम्ममा विश्व कपमा खेल्न सक्ने योजना बनाउन आग्रह गरे।

विश्वको सबैभन्दा धेरै खेलिने र लोकप्रिय खेल नै फुटबल खेल रहेकाले प्रदेश सरकारले गर्न सक्ने सहयोग गर्न तयार रहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो ए। हाम्रो देशमा खेलसम्बन्धी लगानी कम रहेकाले पनि नेपालको खेल विश्वमा राम्रो स्तरसम्म पुग्न नसकेको पनि उनले बताए। 

खेलकुदले खेलाडीलाई मात्र चिनाउने नभइ समग्र राज्यलाई समेत अन्तर्राष्ट्रिय स्तरमा चिनाउने भएकाले यसका लागि बजेट छुट्याउने मुख्यमन्त्री कार्कीको भनाइ छ । 

धरान खेलकुद शहरको रुपमा चिनिए पनि सबै तहको सरकारले उपेक्षा गरेको कोशी प्रदेशको सांसद बिजयकुमार राईले बताअनुभयो । “धरानलाई खेलकुदमा सबैभन्दा बजेटकै अभाव रहेका कारण पनि खेलकुदले भनेजसो प्रगति गर्न नसकेको हो” उहाँले भन्नुभयो । आगामी वर्षदेखि खेलकुदलाई बजेट छुट्याउन सरकारलाई आग्रह गर्नुभयो ।

एन्फा एकेडेमि धरानको ३० जना खेलाडीलाई जर्सी, जुत्ता, ट्रयाकसुट लगायतका फुटबल सामग्रीहरु वितरण गरिएको छ । कार्यक्रममा कोशी प्रदेशको सांसद रमेशकुमार बस्नेत, बरिष्ठ पत्रकार हर्ष सुब्बा, नेकपा ९एमाले० धरानका अध्यक्ष हर्कजङ्ग एभेङ, मजदुर संगठनको केन्द्रीय अध्यक्ष भिमज्वाला राई लगायत विभिन्न राजनीतिक दलहरुको प्रतिनिधि तथा खेलाडीहरुको उपस्थिति थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन र जेन–जी अगुवाहरुबीच भेटवार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending