पोखरा । गण्डकी प्रदेशकी सांसद विमला गौचनको शवमा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाइ गरिएको छ । गत २८ गते ग्राण्डी अस्पतालमा निधन भएकी गौचनको शव गण्डकी प्रदेश प्रांगणमा राखिएको थियो ।
गण्डकी प्रदेश सभा सचिवालयले उनको श्रद्धाञ्जली कार्यक्रम राखेको हो । उनको अन्तिम बिदाइमा सांसद, सर्वसाधारण र आफन्तको आँसु छचल्किएको थियो ।
गण्डकी प्रदेशकी समानुपातिक सांसद गौचनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरू, विभिन्न दलका नेता, सांसद कांग्रेस गण्डकी सभापतिलगायतले श्रद्धाञ्जली अर्पण गर्दै दुस्ख व्यक्त गरे ।
मुख्यमन्त्री पाण्डे, मन्त्रीहरूलगायतले सांसद गौचनको शवमा नेपालको झण्डा ओढाए । कांग्रेस गण्डकी सभापति शुक्रराजले पार्टीको झन्डा ओढाए ।
अघिल्लो महिना दामोदर कुण्ड जाँदा लेक लागेर बिरामी परेकी गौचनलाई पछिल्लो पटक डेंगु संक्रमण भएको थियो । स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई ग्रान्डी पुर्याइएको थियो । थकाली सेवा समितिका अध्यक्ष तेजेन्द्र तुलाचन, प्रतिनिधि सभा सदस्य योगेश गौचनलगायतले थकाली झन्डा ओढाए ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समिति सदस्यसमेत रहेकी गौचनको श्रीमान राम गौचनको पनि घरमै टायल खसेर लाग्दा २०६४ सालमा मृत्यु भएको थियो । महिला शसक्तिकरणको क्षेत्रमा लागेकी गौचन सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय थिइन् ।
२०१८ सालमा मुस्ताङको कोबाङमा जन्मिएकी गौचन महिला संघ म्याग्दीको अध्यक्ष पनि भएकी थिइन् । उनी होटल व्यवसायमा आवद्ध थिइन् । थकाली समुदायबाट सांसद हुने एकमात्र महिला थिइन् । उनी अर्थ तथा विकास समितिको सदस्य थिइन् ।
उनका छोरा रोशन र छोरी अनुस्का छन् । अमेरिका बसोबास गर्ने छोरा रोशन पनि आइपुगेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:०३
काठमाडौँ । कवि तथा पत्रकार ठाकुर बेलवासेका पिता ईश्वरीप्रसाद बेलवासेको ८६ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा काठमाडौँको महाराजगञ्जस्थित त्रिवि ...
पौष १८ गते, २०८२ - १९:४५
ओखलढुंगा । ओखलढुंगाकाे लिखु गाउँपालिका–८, टारकेबारीमा स्वास्थ्य परीक्षण तथा परामर्श शिविर–२०८२ सञ्चालन गरिएको छ । वडा अध्यक्षको पहलमा वृद्ध–वृद्धा तथा...
पौष १८ गते, २०८२ - १४:५८
काठमाडाैं । नेपालले १० वर्षअघि नयाँ संविधानसँगै समानुपातिक प्रणाली लागू गर्यो। त्यो संविधान जारी हुँदा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भनेका थिए– ...
पौष १८ गते, २०८२ - १४:५७
दाङ। माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी शुरू भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुस...
पौष १८ गते, २०८२ - १४:२१
काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिहरूमा ब्राउन सुगर, डिजिटल तराजु र नियन्त्रित लागूऔ...
पौष १८ गते, २०८२ - १४:१९
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच पार्टी एकता भएको छ। दुई पक्षबीच ६ बुँदे सहमतिमा ह...
पौष १८ गते, २०८२ - १३:०२
समानुपातिक सूची र प्रत्यक्ष उम्मेदवारीसँग जोडिएको एकता प्रयास
पौष १८ गते, २०८२ - १२:५४
म्याग्दी । म्याग्दीमा एक महिनामै १ सय १५ थान अवैध भरुवा बन्दुक बरामद हुनु सामान्य प्रहरी कारबाही मात्रै होइन, यो ग्रामीण समाजभित्र लुकेर बसेको सुरक्षा...
पौष १८ गते, २०८२ - १२:४८
काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्न पुस २१ देखि २७ गतेसम्मको समयसीमा तोकेसँगै दलभित्रको आन्तरिक ...
पौष १८ गते, २०८२ - १२:४४
विद्यार्थी बोकेको बस दुर्घटना: सडक सुरक्षामाथि गम्भीर प्रश्न




प्रतिकृया लेख्नुहोस्: