Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

सिरहामा नवजात शिशुको मृत्यु प्रकरणको अनुसन्धान गर्दै प्रहरी

खबरडबली संवाददाता

सिरहा । औरही गाउँपालिका–५ की राधादेवी दासको कोखबाट जन्मिएको नवजात शिशु उपचार गर्न लैजाने क्रममा गत सोमबार मृत्यु भएको थियो । 

परिवारले मृतक शिशुको सद्गत गरिसकेपछि राधादेवीको माइतीपक्षले घटनाको शङ्का व्यक्त गर्दै उजुरी गरेपछि प्रहरीले अनुसन्धान थालेको छ । 

अनुसन्धानका क्रममा प्रहरीले मङ्गलबार मृतक शिशुको शव गाडिएको स्थानबाट निकाली शवपरीक्षणका लागि प्रादेशिक अस्पताल लहान पठाएको छ । “सुत्केरीको माइती पक्षबाट जाहेरी त अहिलेसम्म दिनुभएको छैन, तर घटनाप्रति शङ्का व्यक्त गर्दै अनुसन्धान गरिदिन अनुरोध गरेपछि अहिले हामी घटनाको अनुसन्धान गर्दै छौँ”, इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले बताए । 

के भएको थियो घटना ?

राधादेवीको गोलबजारस्थित बर्धमान अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराइएको थियो । बिहीबार अस्पताल प्रशासनले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो । अस्पतालका सञ्चालक डा तेजशङ्कर यादवका अनुसार सुत्केरी व्यथा लागेपछि राधादेवी प्रादेशिक अस्पताल सिरहाबाट पठाइ उक्त अस्पतालमा आउनुभएको थियो ।  

“बच्चा उल्टो अवस्थामा रहेकाले आमा र बच्चाको अवस्था गम्भीर भएकाले सिरहा अस्पतालले पठाएको र सबै रिपोर्ट हेरेपछि आमालाई भए पनि बचाउन सकिन्छ भनेर हामीले बिरामीका परिवारलाई जानकारी गरायौँ”, अस्पतालका सञ्चालक यादवले भने। 

उनका अनुसार आमालाई भए पनि बचाउनुस् भन्ने परिवारको सल्लाहबमोजिम सबै प्रक्रिया पूरा गरी हामीले आमाको शल्यक्रियामार्फत बच्चा सकुशल निकाल्न सफल भयौँ । 

तर, कम तौलको जीवित बच्चा जन्मिए पनि बच्चा रुने कराउने केही थिएन । भेन्टिलेसनमा राखेर बच्चाको उपचार गराए बचाउन सकिने सल्लाहअनुसार उहाँहरूले बच्चालाई एम्बुलेन्समा राखेर अन्यन्त्र अस्पताल लगे। 

बर्धमान अस्पतालमा सघन उपचार कक्ष खाली नभएपछि लहानको सप्तऋषि अस्पतालमा बच्चालाई लिएर गएको राधादेवीकी सासू जलेश्वरी दासले जानकारी दिए । 

बच्चा अस्पतालमा पुग्दा लहानका अस्पतालले मृत घोषणा गरिदिएपछि उतैबाट आफैँले स्थानीय गागनखोलामा बच्चाको अन्तिम संस्कार गरेको बताए । 

यसबारे राधादेवीको माइतीका दाइ राहुल पटेलले अनावश्यक बखेडा झिकेर घटनालाई गिजोलेको स्वयं आधादेवीको सासूको भनाइ छ । उनले भने, “आमाको भए पनि उहाँहरु (डाक्टर)ले ज्यान बचाउनुभयो । अस्पतालाई दोष दिने ठाउँ कतै छैन । चार दिनदेखि आमाको उपचार यही अस्पतालमा गराइरहेका छौँ ।” 

बच्चा बचाउन नसकेकामा उनले दुःख व्यक्त गरे । अस्पताल प्रशासनका अनुसार केटा र केटीबीच अन्र्तजातीय विवाहका कारण घरायसी द्वन्द्वको रुप प्रकट भएको हो । यस कारणले अस्पतालाई कुनै किसिमको आक्षेप नलगाउन अस्पताल प्रशासनले आग्रह गरेको छ । सुत्केरी राधादेवीका श्रीमान् भने वैदेशिक रोजगारीमा रहेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending