नवलपरासी । नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दुध उत्पादक किसानलाई प्रतिलिटर रु २० अनुदान दिने भएको छ ।
गाउँपालिकाले गत आर्थिक वर्षसम्म प्रतिलिटर सात रुपैयाँ पचास पैसा अनुदान दिँदै आएकोमा चालु आर्थिक वर्षदेखि अनुदान रकम वृद्धि गरी प्रतिलिटर २० पु¥याइएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् । अनुदान रकम साना किसानसम्म पुर्याउन एक आवमा सहकारीमार्फत बिक्री गरेको दुधको परिमाण अनुसार अनुदान रकम प्रदान गरिने गाउँपालिकाका अध्यक्ष पाण्डेको भनाई थियो ।
“गाउँपालिकाभित्र रहेका दुग्ध सहकारीहरूले उपलब्ध गराएको वार्षिक तथ्याङ्कका आधारमा अनुदान दिने व्यवस्था गरेका छौँ”, उनले भनिन्, “किसानलाई प्रोत्साहन गरी गाउँपालिकाभित्र दुध उत्पादन वृद्धि गर्ने हाम्रो मुख्य लक्ष्य हो ।”
हुप्सेकोट गाउँपालिकाको आव २०८१/८२ को नीति कार्यक्रम एवं बजेटमा गाउँपालिकाभित्रका दुग्ध सहकारीमा किसानले बिक्री गरेको प्रतिलिटर दुधमा रु २० नगद अनुदान दिने उल्लेख गरिएको छ । दुध उत्पादन वृद्धि गर्न गाउँपालिकाले आव २०७८÷७९ देखि प्रतिलिटर रु पाँच अनुदान दिन सुरु गरेकोमा चालु आवमा अनुदान रकम उल्लेख्य वृद्धि गरिएको हो ।
उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित भएको गाउँपालिका अध्यक्ष पाण्डेको भनाइ छ । उत्पादनका आधारमा दुधमा अनुदान वितरण गर्न थाले पछि दुध उत्पादन र पशु पाल्ने किसानको सङ्ख्या वृद्धि भएको उनले बताइन् ।
“हुप्सेकोट गाउँपालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार कृषकलाई आकर्षित गर्ने कार्यक्रम अगाडि सारिएका छन्”, उनले भनिन्, “गाउँपालिकाको पहाडी क्षेत्रमा पशुपालन कम हुने हुँदा यस क्षेत्रमा दुध उत्पादन कम हुने गरेको छ ।”
गाउँपालिकाले गत आवमा प्रतिलिटर रु १० अनुदान रकम उपलब्ध गराउने घोषणा गरे पनि गण्डकी प्रदेश सरकारले पनि दुधमा अनुदान रकम उपलब्ध गराएकाले प्रदेशबाट किसानलाई प्राप्त अनुदान रकम घटाएर प्रतिलिटर रु १० हुने गरी अनुदान वितरण गरिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताए ।
“आव २०८०/८१ मा कूल ७५ हजार दुई सय दुई लिटर दुधमा कूल रु पाँच लाख ६४ हजार १२ अनुदान रकम किसानलाई वितरण गरिएको छ”, उनले भने, “आव २०७९/८० मा कूल ५७ हजार तीन सय २३ लिटर दुधमा प्रतिलिटर रु पाँचको दरले रु दुई लाख ८६ हजार छ सय १९ अनुदान रकम प्रदान गरिएको थियो ।”
गाउँपालिकाले दुध उत्पादक किसानलाई अनुदान दिन थाले पछि दुध उत्पादनमा वृद्धि भएको हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पूर्णसिंह रानामगरले बताए । उत्पादन वृद्धि सँगसँगै किसानलाई उत्साहित गराउन यस वर्ष दुध उत्पादनमा आकर्षक अनुदान रकमको व्यवस्था गरिएको उपाध्यक्ष रानाको भनाई छ । चालु आवका लागि दुधमा अनुदान कार्यक्रमअन्तर्गत २५ लाख बजेट विनियोजन गरिएको हुप्सेकोट गाउँपालिकाका लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...
पौष १३ गते, २०८२ - ०८:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताप्रति कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता...
पौष १३ गते, २०८२ - ०८:२०
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि जारी बैठक आज पनि जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले ब...
पौष १३ गते, २०८२ - ०८:१५
काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ। ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्न लागेको हो। बैठकमा समानुपातिक उम्मेद्वारको अ...
पौष १३ गते, २०८२ - ०७:५५
काठमाडौं । लामो समयको प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ। सम्झौता...
पौष १३ गते, २०८२ - ०७:४७
म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...
पौष १३ गते, २०८२ - ०७:३९
मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...
पौष १३ गते, २०८२ - ०७:३४
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...




प्रतिकृया लेख्नुहोस्: