Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

ल्यान्डफिल साइटको प्रयोग नहुँदा फोहोर व्यवस्थापन र प्रशोधनमा समस्या

खबरडबली संवाददाता

नेपालगन्ज। ३८ करोड बढीको लागतमा नेपालगन्जमा निर्माण गरिएको ल्यान्डफिल साइटको प्रयोग नहुँदा फोहोर व्यवस्थापन र प्रशोधनमा समस्या आएको छ। 

नेपालगन्ज उपमहानगरपालिका–१३ र २३ को सिमानामा १३ बिघा क्षेत्रफलमा एसियाली विकास बैङ्क (एडिबी)को अनुदान सहयोगमा ३८ करोड ९३ लाख रुपियाँको लागतमा निर्माण गरिएको ल्यान्डफिल साइट प्रयोगविहीन बनेको हो । 

ल्यान्डफिल साइट सञ्चालनमा आएको दुई वर्ष पुगे पनि अहिलेसम्म फोहोर प्रशोधन सुरु नगरिँदा फोहोर प्रशोधन गर्ने मेसिनमा खिया लागेको छ । 

कुहिने र नकुहिने फोहोर छुट्याउने र कुहिने वस्तुलाई पेलेर कम्पोस्ट मल बनाउन प्रयोग हुने मेसिन अझै सञ्चालनमा आएका छैन । मेसिन नचलेकै कारण कामदारबाट फोहोर व्यवस्थापन र प्रशोधनका काम नभएको कर्मचारीहरूले बताएका छन् । 

कुहिने र नकुहिने फोहोर छुट्याएर फोहोर प्रशोधन गरिनुपर्नेमा काम हुन नसकेको नेपालगन्ज उपमहानगर वातावरण तथा सरसफाइ महाशाखा प्रमुख इन्जिनियर प्रकाश डिसीले जानकारी दिनुभयो । उहाँका अनुसार कर्मचारी अभावका कारण मेसिनबाट फोहोर प्रशोधन गर्न सकिएको छैन । प्रशोधन गर्न नसकेकै कारण कुहिने र नकुहिने वस्तु एकै ठाउँमा भण्डारण गर्नुपरेको छ ।

इन्जिनियर डिसीले मेसिन बिग्रिन नदिन समय–समयमा चलाउने गरिएको जनाउँदै प्रशोधनको काम भने हुन नसकेको बताउनुभयो । ल्यान्डफिल साइटमा एक वर्षसम्म ६० जना कर्मचारी कार्यरत रहेकोमा अहिले ३० जना मात्र कार्यरत छन् ।  

ल्यान्डफिल साइटमा रहेका लोडर, फोहोर बोक्ने इलेक्ट्रिक अटो रिक्सासमेत बेवारिसे बनेका छन् । महँगा मेसिन र उपकरण सञ्चालन नहुँदा खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । मेसिन र उपकरण यत्रतत्र छरिएका छन् । कतिपय मेसिन त काम नलाग्ने अवस्थामा पुगेको वडा नं २३ का वडाध्यक्ष अब्दुल जब्बार शेषले बताउनुभयो । 

ल्यान्डफिल साइटमा फोहोर थुपार्न चार वटा सेल बनाइएको छ । एउटा सेलमा करिब आठ वर्षसम्म नगरको फोहोर व्यवस्थापन गर्न सकिने अनुमान गरिएको थियो । तर, ती सेलमध्ये एउटा सेल चार वर्षमै भरिएको छ । कुहिने र नकुहिने वस्तु एउटै खाल्डोमा फाल्दा ल्यान्डफिल साइट दुर्गन्धित बनेको छ । 

वडा अध्यक्ष शेषले कार्यपालिका बैठकमा पटक पटक कुरा उठाउँदा समेत सुनवाइ नभएको गुनासो गर्नुभयो । नेपालगन्ज उपमहानगरले ०७९ मङ्सिरमा एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्रसमेत सञ्चालनमा ल्याएको थियो । त्यही प्रयोजनका लागि जिआइजेडले दुईवटा अटो क्लेब मेसिन र एउटा बेलर मेसिन उपलब्ध गराएको थियो । त्यसअघि नेपालगन्ज उपमहानगरबाट निस्कने फोहोर व्यवस्थापन गर्न ०७६ सालमा यो ल्यान्डफिल्ड साइट निर्माण गरिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी जोगाउन अनेक कोसिस गर्दा पनि बचाउन सकिएन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...

१४ संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना, ६४ स्वास्थ्यकर्मीलाई विशेषज्ञ तालिम

काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...

सरकारको सय दिन: ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...

शासकीय सुधार कार्यसूचीको प्रगति ८७‍.२ प्रतिशत

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...

जग्गा विवादमा प्रहरी जवानद्वारा युवकमाथि निर्घात कुटपिट, घाइतेको अवस्था गम्भीर

बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...

ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ: मन्त्री रावल

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...

सरकारका सय दिनका उपलब्धि, मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...

सरकारको सयदिने उपलब्धि सार्वजनिक: सुशासन र प्रशासनिक सुधारलाई प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...

सरकारको १०० बुँदे कार्यसूची कार्यान्वयन कमजोर रहेको कांग्रेसको निष्कर्ष, संसद्मा सशक्त रूपमा उठाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending