Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

ल्यान्डफिल साइटको प्रयोग नहुँदा फोहोर व्यवस्थापन र प्रशोधनमा समस्या

खबरडबली संवाददाता

नेपालगन्ज। ३८ करोड बढीको लागतमा नेपालगन्जमा निर्माण गरिएको ल्यान्डफिल साइटको प्रयोग नहुँदा फोहोर व्यवस्थापन र प्रशोधनमा समस्या आएको छ। 

नेपालगन्ज उपमहानगरपालिका–१३ र २३ को सिमानामा १३ बिघा क्षेत्रफलमा एसियाली विकास बैङ्क (एडिबी)को अनुदान सहयोगमा ३८ करोड ९३ लाख रुपियाँको लागतमा निर्माण गरिएको ल्यान्डफिल साइट प्रयोगविहीन बनेको हो । 

ल्यान्डफिल साइट सञ्चालनमा आएको दुई वर्ष पुगे पनि अहिलेसम्म फोहोर प्रशोधन सुरु नगरिँदा फोहोर प्रशोधन गर्ने मेसिनमा खिया लागेको छ । 

कुहिने र नकुहिने फोहोर छुट्याउने र कुहिने वस्तुलाई पेलेर कम्पोस्ट मल बनाउन प्रयोग हुने मेसिन अझै सञ्चालनमा आएका छैन । मेसिन नचलेकै कारण कामदारबाट फोहोर व्यवस्थापन र प्रशोधनका काम नभएको कर्मचारीहरूले बताएका छन् । 

कुहिने र नकुहिने फोहोर छुट्याएर फोहोर प्रशोधन गरिनुपर्नेमा काम हुन नसकेको नेपालगन्ज उपमहानगर वातावरण तथा सरसफाइ महाशाखा प्रमुख इन्जिनियर प्रकाश डिसीले जानकारी दिनुभयो । उहाँका अनुसार कर्मचारी अभावका कारण मेसिनबाट फोहोर प्रशोधन गर्न सकिएको छैन । प्रशोधन गर्न नसकेकै कारण कुहिने र नकुहिने वस्तु एकै ठाउँमा भण्डारण गर्नुपरेको छ ।

इन्जिनियर डिसीले मेसिन बिग्रिन नदिन समय–समयमा चलाउने गरिएको जनाउँदै प्रशोधनको काम भने हुन नसकेको बताउनुभयो । ल्यान्डफिल साइटमा एक वर्षसम्म ६० जना कर्मचारी कार्यरत रहेकोमा अहिले ३० जना मात्र कार्यरत छन् ।  

ल्यान्डफिल साइटमा रहेका लोडर, फोहोर बोक्ने इलेक्ट्रिक अटो रिक्सासमेत बेवारिसे बनेका छन् । महँगा मेसिन र उपकरण सञ्चालन नहुँदा खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । मेसिन र उपकरण यत्रतत्र छरिएका छन् । कतिपय मेसिन त काम नलाग्ने अवस्थामा पुगेको वडा नं २३ का वडाध्यक्ष अब्दुल जब्बार शेषले बताउनुभयो । 

ल्यान्डफिल साइटमा फोहोर थुपार्न चार वटा सेल बनाइएको छ । एउटा सेलमा करिब आठ वर्षसम्म नगरको फोहोर व्यवस्थापन गर्न सकिने अनुमान गरिएको थियो । तर, ती सेलमध्ये एउटा सेल चार वर्षमै भरिएको छ । कुहिने र नकुहिने वस्तु एउटै खाल्डोमा फाल्दा ल्यान्डफिल साइट दुर्गन्धित बनेको छ । 

वडा अध्यक्ष शेषले कार्यपालिका बैठकमा पटक पटक कुरा उठाउँदा समेत सुनवाइ नभएको गुनासो गर्नुभयो । नेपालगन्ज उपमहानगरले ०७९ मङ्सिरमा एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्रसमेत सञ्चालनमा ल्याएको थियो । त्यही प्रयोजनका लागि जिआइजेडले दुईवटा अटो क्लेब मेसिन र एउटा बेलर मेसिन उपलब्ध गराएको थियो । त्यसअघि नेपालगन्ज उपमहानगरबाट निस्कने फोहोर व्यवस्थापन गर्न ०७६ सालमा यो ल्यान्डफिल्ड साइट निर्माण गरिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending