Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

चलचित्र ‘पूर्णबहादुरको सारंगी’ लाई ‘कथा चोरी’ को आरोप

कथाकार–निर्देशक पौडेल भन्छन्ः उपन्यासको नाम भर्खर सुन्दैछु

खबरडबली संवाददाता

काठमाडौं । अहिले हलहरूमा हंगामा मच्चाइरहेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ माथि एक उपन्यासकारले ‘कथा चोरी’ को आरोप लगाएपछि विवाद उब्जिएको छ । चलचित्रका निर्देशक तथा कथाकार सरोज पौडेलले भने चर्चाका लागि अनावश्यक विवाद उब्जाउन खोजिएको भन्दै कडा आपत्ति जनाएका छन् ।

उपन्यासकार डा। शिवशंकर बस्यालले आफ्नो उपन्यास ‘सङ्ग्रामपूर’ को कथा ‘पूर्णबहादुरको सारंगी’ सँग मिल्दोजुल्दो भएको दाबी गरेका हुन् । उनले मिल्दाजुल्दा भन्दै १० वटा प्रसङ्ग पनि उल्लेख गरेका छन् । यो संयोग नभई नियोजित नै भएको भएको उनको दाबी छ ।

बस्यालले मिल्दोजुल्दो दाबी गरेका १० प्रसङ्गः

१. पूर्णबहादुर र कमल चलचित्रका दुई मात्र मूल पात्र हुन् । जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर १

२. पूर्णबहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसङ्ग संग्रामपुरमा रूपमानको स्त्री बिछोडको प्रसङ्ग जस्तै रहस्यमयी छ।

३. छोराको पालनपोषणमा दिलोज्यान मरिमेटी पूर्णबहादुरको शैली रूपमानसँग मिल्दा छन्।

४. आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटक पटक रूपमानलाई समीरले निरन्तर सोधिरहने प्रसङ्ग मिल्दो छ ।

५. जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यङ्ग्य गरेका छन्, समीर लगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात् मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन् ।

६. पूर्णबहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समीर जस्तै टप विद्यार्थी हुनु ।

७. त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समीरकै शैलीमा दौडिँदै पूर्णबहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु ।

८. संग्रामपुर उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारङ्गीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु ।

९.  बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समीरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु ।

१०. रूपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु ।

बस्याल भन्छन्, ‘यी बाहेक सूक्ष्म ढङ्गले सङ्ग्रामपुर उपन्यासको प्रभाव त्यहाँभित्र देख्न पाइन्छ । पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसङ्ग, आफ्नो तिघ्रामा बल छ भन्ने दृश्यहरू पनि उपन्यासको छाया चित्रसँग मिल्छन् ।’

उपन्यासकारको यो दाबीलाई पूर्णबहादुरका निर्देशक पौडेलले भने सिधै खारेज गरिदिएका छन् । एउटै समाजभित्रको कथा टिप्दा एकाध प्रसङ्ग मिल्न सक्ने भए पनि ‘कथा चोरी’ को आरोप नाजायज र फजुल रहेको उनले बताए ।

आफूले अहिलेसम्म संग्रामपुर उपन्यास नपढेको मात्र नभएर नाम समेत नसुनेको पौडेलले प्रष्ट पारे । ‘मैले आज भर्खर नाम सुनेको हो । किताब कतै पाइन्छ कि भनेर खोजी गरिरहेको छु । उहाँसँग भेट्नलाई पनि इच्छुक छु,’ पौडेलले भने ।

‘पूर्णबहादुरको सारंगी’ को कथा आफ्नो पिताको देहान्तपछि लेखेको र यो विसुद्धरुपमा आफ्नो मौलिक सिर्जना भएको उनको भनाइ छ ।

‘यो पूर्णरुपमा काल्पनिक कथा हो । कतैबाट पनि प्रभावित छैन । यदि मिल्न गएको खण्डमा त्यो संयोग हुने छ,’ पौडेलले भने ।

सार्वजनिक गरिएका ९ वटा बुँदाकै आधारमा आफू कथा चोरीको आरोप नस्वीकार्ने उनको भनाइ छ । यदि साँच्चै चोरी गरिएको लाग्छ भने कानूनी उपचारको खोजी गर्न पनि पौडेलले चुनौती दिए ।

‘चोरी नै भएको थियो भने उहाँ कानूनी उपचारमा जानुहुन्थ्यो होला । अथवा मलाई भेटेर भन्नुहुन्थ्यो होला । सामाजिक सञ्जालमा लेख्नुको मतलव सिर्फ चर्चाका लागि हुन सक्छ । वा पूर्णबहादुरको सारंगीले दर्शकको अभूतपूर्व माया पाइरहँदा यसलाई कसरी तल झार्न सकिन्छ भनेर नियोजितरुपमा भ्रामक प्रचारबाजी गर्न खोजिएको पनि हुन सक्छ । यदि कानूनीरुपमा जानुभयो भने त्यसको सामना गर्न हामी तयार छौं,’ पौडेलले दृढतापूर्वक भने ।

कथा चोरीजस्तो गम्भीर आरोप लगाएर आफूलाई र चलचित्रलाई बदनाम गर्न खोजिएकाले यसलाई कसरी प्रतिवाद गर्ने भनेर छलफल गरिरहेको उनले बताए । चलचित्रका निर्माता विनोद पौडेलले पनि चोरी भएको लागेमा प्रतिलिपि ऐनमा जान सुझाव दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो फेसबुकमा रैला मच्चाएर पुस्तक बिकाउने फन्डा र चलचित्रलाई हानी पुर्‍याउने षड्यन्त्र हो । रेकर्ड मा रेकर्ड हुँदैछ, अब चलखेल सुरु हुँदैछ । तर हामीलाई दर्शक को साथ छ । बाँकी त हामी अरूलाई टेरिँदैन ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending