Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

१५ मिटर लामो पुल निर्माण गर्न १० वर्ष

खबरडबली संवाददाता

मोरङ  । मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको १० वर्षपछि निर्माण सम्पन्न भएको छ । कानेपोखरी र रङ्गेली नगरपालिकाको सीमा खोलामा फिचर एन्ड सराउद्धिन जेविले २०७१ मा निर्माण थालेको यो पुल कात्तिक २३ गतेदेखि सञ्चालनमा आएको हो ।  

प्रारम्भिक चरणमा १५ प्रतिशत काम पनि नगरी सम्पर्कविहीन भएको निर्माण कम्पनीले पुनः दोस्रो पटक सम्झौता गरी काम थालेको थियो । दोस्रो पटक सम्झौता गरेर एक सातासम्म काम गरेर फरार भएको कम्पनी पछिल्लो पटक सरकारका सबैं अङ्ग परिचालन भएपछि काम गर्न तयार भएको थियो ।  

एक करोड १८ लाख रुपैयाँमा १५ मिटर लम्बाईको पुल निर्माण गरी २०७७ को चैत मसान्तसम्ममा सडक डिभिजन कार्यालय मोरङलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो । तर, त्यो अवधिमा कम्पनीले एक दिन पनि काम गरेन । 

कानेपोखरी–रङ्गेली सडक कालोपत्रे गर्ने ठेक्का पाएको कन्चनजङ्घा कन्ट्रक्सनले २०७७ को चैत १८ गते सरकारलाई सडक हस्तान्तरण गरिसकेको छ । पुल निर्माण गर्ने फिचर एन्ड सराउद्विन जेवी कन्ट्रक्सनले सडक हस्तान्तरण भएको ४ वर्ष ७ महिनापछि पुल बनाइसकेको छ । 

समयमा पुल नबन्दा गेउरिया खोलाले पाँच जनालाई बगाएको थियो । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरीले तीन पटक म्याद थप्दा पनि निर्माण नभएपछि कानेपोखरी गाउँपालिका र रङ्गेली नगरपालिकाले ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाएका थिए । 

दुबै पालिकाले निर्माण कम्पनीलाई कालोसूचीमा राख्न पत्राचार गरी सम्झौता रद्द गर्ने निर्णय गरेपछि निर्माण कम्पनी काममा फर्किएको थियो । पछिल्लो पटक २०८० को असार मसान्तमा पुल हस्तान्तरण गर्ने सम्झौता थियो । त्यसपछि पुन म्याद थपेर पुल निर्माण सम्पन्न भएको हो । सराउद्विन जेविका सञ्चालक सराउद्दिन अन्सारीले भने, “कम्पनीको इज्जत बचाउन दोब्बर खर्च गरी पुल निर्माण गरेका छौं । दुबैतर्फ पुलसम्म जोड्ने सडक कालोपत्रे गर्ने जिम्मा हाम्रो ठेक्कामा छैन् ।” 

हुलाकी सडक आयोजना इटहरीका सूचना अधिकारी उपेन्द्र दासले वल्र्ड बैंकको सहयोगमा कालोपत्रे र पुल जोड्ने पहुँच मार्ग निर्माण हुने बताए । पुल बनाउने कम्पनीको जिम्मा पुलको मात्र हो । त्यसैले एप्रोज मार्ग पुल विभाग अन्तर्गत निर्माण हुन्छ, दासले भने ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending