Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

राजनीतिमा वन्दुक र मृत्युको स्थान कहाँनेर हुन्छ ?

\"mani_kafle\"राजनीतिको वर्णमालामा वन्दुक र मृत्युको स्थान कहाँनेर हुन्छ होला ? यसको बाह्रखरी कस्तो हुन्छ अनि यसका शब्द , वाक्य र अनुच्छेदहरु कसरी निर्माण हुन्छन् ? यसको सायद बनिवनाउ उत्तर भेटिदैनन् । तर समाजको वर्णमालामा यि सवैकुराहरु सुस्पष्ट हुन्छन् । किनकी समाज जहिल्यै प्रगति , रुपान्तरण र शान्ति चाहन्छ ज्युदो जाग्दो भर्भराउदो सपनाको रचना चाहन्छ । यहाँनिर प्रस्न उठ्छ त्यसो भए राजनिती समाजसँग जोडिएको हुन्छ की हुँदैन ? सायद सकारात्मक हुन्छ यसको जवाफ तर यो जवाफ वर्तमान नेपाली समाजसँग मेलखाँदैन । त्यसको भाए हामी राजनितिको नाममा आर्कोकेही त गरिहेको त छैनौ ? वर्तमान विश्वमा तानाशाहि र हैकम कायम छ फरक फरक रुपमा तर वर्तमान नेपालमा यसको स्वरुप एकदमै जंगली र वर्वर छ  । किनकी यहाँ अझैपनि मान्छेका लाशहरुमाथीको अपव्याख्यपुर्ण राजनिति चलिरहको छ । किन यसो भएके होला ? यो प्रश्नको सहज उत्तर त भविश्यले देला तर यसको असहज र अप्रिय उत्तर के हो भने भहाँ रजनैतिक मैदानका खेलाडीहरु नंगै नचिरहेका छन् । हातमा तरबार वोकेर अनि हिन्दु दर्शनमा विश्वास गर्ने उृनिहरु कृष्णको गिता फलाकिरहेका निर्दोश जनताको लासमाथि उभिएर विनाश्चयश्च दुष्कृतामं........ योे अहिलेको कृरुप यथार्थ हो । राज्यसँग जोडिन चाहने जनताको रहरलाई देश टुक्रयाउने अभियानको रुपमा व्याख्या गरेर सि के राउत जन्माउनेलाई राम्रैसँग थाहा छ की अव उनको हातमा लामो समाय हैकम रहने छैन । त्यसकारण उनीहरु जनताक तर्साइरहेछन् । यहि वेला दक्षिण ढल्किएको छ रष्ट्रिय झण्डा यो संकेत राम्रो चाहि हैन । हालसम्म यो देशलाई थारु , मुस्लिम , मधेसी , जनजाति , महिला , दलितका टुक्रहरुमा विभाजिन गर्नेहरुले भन्न सक्नु पर्छ की यि समुदायलाई अधिकार र पहिचान दिदा देश जोडिन्छ की तोडिन्छ ? सिंगो देश कस्तो हुन्छ ? मसानघाट जस्तो , आवज सुन्य अन्धकार ? यदि सिंगो देशको परिभाषा यस्तो हो भन्े आउनुस यो परिभाषा मेटिदिउ । शतव्दियौ देखी आफुले साँची ल्याएको संयमता र संस्कृति हाम्रा छुटाछुटै जिवन पद्धतिहरु राज्यको मुलधारमा समाहित हुन सक्दैनन भने आउनुस अव मुलधार बदलौ । खेलमा देशको नक्सा राखेर ककसलाई कतिदिने भन्ने अन्दाजमा अध्यारो कोठामा बसेर भागलागउनेले देश टु्क्रयाएको हो कि होइन ? शताव्दीयौ देखी यो देशका नगरिकलाई कुल्चिएर सभ्यतालाई स्थान नदिएर केवल एक्लै राइदाई गरेकाहरुका विरुद्ध जव विभिन्न सस्थाहरु व्युझन्छन अनि यो कोलाहल त मच्चिने नै भयो । म यसको सैदान्तिक वसलाई यहि छोडेर वर्तमान समाजिक मनाविज्ञान तिर फड्को हान्छु । शहरमा चोकमा वजारमा , चियापसलमा मन्दिरमा जताततै चर्चा चलेको छ देशको र त्यहाँ अलि भित्रपटिको पाटो हेर्नु हन्छ भने पहाडी र मधेसीको यौटा विदेशको विजारोपण गरिहेको हुन्छन केही मान्छेहरु र ति सरकारी मान्छे हुन्छन् । खासगरि थारु र मधेसको आन्दोलनलाई उनीहरु यसरी अपख्याख्या गरिरहको भटिन्छन् । मैले कुराकै सिलसिलामा एकजाना मित्रलाई सोधेको थिए पुरै मधेसमा जो अहिले आन्दालन छ त्यहा एक ठाँउमा पनि पहाडे र मधेसीको विचमा भडप भएको प्रमाण तपाइ सँग छ ? त्यसपछि उनको जवाफ थियो हैन हुन सक्छ भनेको । यसको मतलव यो भैदिए अझै स्वचालित वन्दुक पड्काएर वल प्रदर्शनको तयारीमा छ राज्य । नेपाली इतिहाँसकै सवैभन्दा वैचारिक रुपमा कमजोर निहिर र निर्वल सरकार वलशाली भएको नाटक गर्न सामन्य आन्दोलन दवाउन सेना परिचालन गरिरहेको छ । सेना परिचालनको भित्रि आसय यति हो । जव तर्क र संवादमा राज्य नाकामयाव हुन्छ त्यसपछि त्यसले व्यारेकवाट सेना निकाल्छ , वन्दुक देखाउँछ , त्यतिले नपुगेर पड्काउँछ अनि आफ्नो स्वार्र्थ रक्षका लागी तयार गरिएका मिडियाबाट प्रचार युद्ध थाल्छ —देशद्रोहिहरुमाथी कार्वाही भनेर अनि त्यहा सरकारी मानवअधिकारवादी पत्रकार वुद्धिजिविहरु भद्धा प्रहशनमा उत्रन्छन् । सि के लाला भन्छन जव सरकारले ढाट्न थाल्छ शव्दको अर्थ वङ्ग्याउन थाल्छ अनि चनाखो भएर वोल्न थाल्नु पर्छ भलै श्रोताको संख्या सानो नै किन नहोस सव अहिले गर्ने वेला त्यहि हो । अझै पनि सत्तामा वस्नेहरुले नगरिकका अधिकार चासो र स्वर्थसंग संवाद गर्ने हो भने वितेका सातवर्षमा काठमाडौंका सेफ्टिट्रयांकी ओभरफ्लो हुन्जेल फोहर गरेर वसिरहेका ६०१ सभासदलाई प्रत्येक गाँउमा आफ्ना मतदातासँग संवाद गर्न पठाए हुन्छ । सुझाव संकलनको नाममा २ घण्टे उपस्थितिले उत्पन्न गरेका यो परिणाम सच्याउने र सच्चिनै दुवै चावी सुको सरकारसँग छ । तर यो गर्न चाहदैन किनकी देशलाई आफु अनुकुल भागवण्डा जो गरिएको छ त्यो नभए यिनिहरुको अस्तित्व कहाँ वाँकी रहन्छ ? तर ढिलै किन नहोस ज्युदा मान्छेहरु आफु उभिएको जमिन लिएरै छाड्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies