Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

एमालेको सचिवालय बैठक सकियो, के के गर्यो निर्णय ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेले सरकारले ठीक ढंगले काम गर्दै अघि बढिरहेको निष्कर्ष निकालेको छ ।

शनिबार बसेको पार्टी सचिवालय बैठकले सरकारको कामको समीक्षा गर्दै सरकार आधारभूत रुपमा ठिक ढंगले कम गरिरहेको र कामलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउन संयन्त्र बनाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । 

साथै उनले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण राष्ट्रिय हितमा केन्द्रित गर्नेबारे पनि छलफल भएको बताउदै विश्व राजनीतिक घटनाक्रमलाई मूल्यांकन गरेर दुवै छिमेकी देशसँग सन्तुलित सम्बन्ध कायम गर्दै अघि बढ्नुपर्नेमा पार्टीले जोड दिएको बताए ।

ज्ञवालीले भने 'अहिलेको अन्तर्राष्ट्रिय परिस्थितिलाई नियालेर हामीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमाथि आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौँ । अब प्रधानमन्त्रीज्यू चीन भ्रमणमा जाँदै हुनुहुन्छ । आजको बैठकले प्रधानमन्त्रीको उक्त भ्रमण अधिकतम राष्ट्रिय हितमा उपयोग गर्नका लागि समेत सरकारलाई आग्रह गरिएको छ ।'

आजको बैठकले प्रदेश कमिटीहरुले स्थानीय तहको उपनिर्वाचनका लागि सिफारिस गरेका सबै उम्मेदवारहरुको नाम अनुमोदन गरेको छ ।

त्यस्तै मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पुर्व मन्त्री लिला बल्लभ अधिकारीलाई पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गर्ने प्रदेश कमिटीको निर्णय अनुमोदन गरेको ज्ञवालीले जानकारी दिएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...

प्रा.डा. भोला थापा त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्ने तयारी

काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...

बैतडीमा यात्रुवाहक बस दुर्घटना

बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...

शिक्षा क्षेत्रलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने आवश्यकता छ: गगन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...

राजविराज कारागारमा ड्युटीका क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज। राजविराजस्थित कारागार कार्यालयमा ड्युटीका क्रममा एसएलआर राइफलबाट गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन्। बुधबार राति राजविराज नगरपालिका...

राजविराजका पाँच हजारभन्दा बढी मूलवासी लालपुर्जाविहीन, ४८ दिनदेखि आन्दोलन जारी

राजविराज । राजविराज नगरका पाँच हजारभन्दा बढी मूलनिवासी परिवार लालपुर्जाविहीन अवस्थामा छन । पुस्तौँदेखि भोगचलन गर्दै आएको विटौरी जग्गाको जग्गाधनी प्...

प्राविधिक समस्याका कारण राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। संसद् सचिवालयका अनुसार बैठक सुरु भएको करिब १७ मिनेटसम्म सञ्चालन भए पनि प्रत्...

पूर्वसांसद लक्ष्मी महतो कारागार चलान

जनकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको छ। महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका मह...

संवैधानिक परिषद् बैठक आज साँझ, रिक्त पदमा नियुक्ति सिफारिसबारे छलफल हुने

काठमाडौं । संवैधानिक परिषद्को बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। प्रमुख विपक्षी दलका नेता तथा नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending