Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

माओवादी, नेकपा र नेसपा एकता प्रक्रिया किन हुँदै छ ढिलाइ ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकता सम्बन्धमा संस्थागत निर्णयमा ढिलाइ गर्दा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी यतिबेला अन्योलमा देखिएका छन् ।माओवादीले संस्थागत निर्णय नगर्दा एकता प्रक्रियामा ढिलाइ भएको हो ।

यी दुवै पार्टीले माओवादीसँग एकता गर्ने निर्णय गरेको ७–८ महिना पुगिसकेको छ ।  दसैँ अगाडि बस्ने भनिएको माओवादीको केन्द्रीय समिति बैठक मङ्सिरमा हुने स्थानीय तहको उपनिर्वाचनपछि बस्ने भएको छ । उपनिर्वाचन मङ्सिर १६ गते हुँदैछ ।

दसैँअघि बस्ने भनिएको बैठक शीर्ष नेताहरूको जिल्ला दौडाहा, चाडपर्व, स्थानीय तहको निर्वाचनको तयारी लगायतका कारण केन्द्रीय समिति बैठक पछि सारिएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । एकताको विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने उनले बताए । यी दुई पार्टीबिच एकता गर्न माओवादी सकारात्मक भए पनि कुनै निष्कर्षमा पुगेको छैन । 

‘विप्लव र महिन्द्रजीको पार्टीसँग एकता गर्ने विषयमा पार्टीभित्र कुनै विवाद छैन । एकता गर्ने भएपछि अब धेरै समय कुराउन हुँदैन भनेर पार्टीभित्र छलफल भएको छ । यसबारे ठोस निर्णय केन्द्रीय समिति बैठकले गर्नेछ । एकताका लागि दुवै पक्षबिच छलफल भए पनि कुनै निष्कर्षमा पुगेका छैनौँ’, गजुरेलले भने । 

केही दिनअघि अर्का उपमहासचिव जनार्दन शर्माले विप्लव लगायत नेताहरूसँग पार्टी एकताबारे छलफल गरेका  थिए । गएको वैशाखमा कपिलवस्तुस्थित शिवगढीमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।

त्यसअघि चैत ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी र नेसपाबिच एकता गर्ने चार बुँदे सहमति भएको थियो । यद्यपि यो सहमतिलाई बाबुराम भट्टराई पक्षधरले खारेज गरी माघमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । सहमतिको तेस्रो बुँदामा एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुङ्गो लगाउने निर्णय गरिएको थियो । 

साथै पार्टी एकताका लागि वैचारिक एकरूपता र सङ्गठनात्मक तयारी गर्न चार सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा माओवादीबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव  रहेका थिए । 

अहिलेसम्म कार्यदलको बैठक चार पटक बसेको नेसपाका महासचिव रमेश यादवले जानकारी दिए । यादवका अनुसार पछिल्लो समय भदौमा कार्यदलको बैठक बसेको थियो । दसैँ, तिहार, छठ जस्ता चाडपर्व भएकाले बैठक बस्न नसकेको उनले बताए । यद्यपि पार्टीको नाम नेकपा (समाजवादी) राख्ने र चुनाव चिन्ह फेर्ने सम्बन्धमा सहमति भएको यादवले दाबी गरे । यसबारे माओवादी केन्द्रीय समितिले निर्णय गर्ने शीर्ष नेताबाट जानकारी आएको उनको भनाइ छ । 

‘एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्ने कार्यदलमा सहमति भएको छ । यस्तै माओवादीले प्रयोग गर्दै आएको गोलाकारभित्र हँसिया हथौडा फेर्ने विषयमा सहमति भएको छ । चुनाव चिन्न के राख्ने भन्नेमा निष्कर्षमा पुगेका छैनौँ’, उनले भने । 

माओवादीले स्थानीय तह उपनिर्वाचनपछि केन्द्रीय समिति बैठक बसेर एकताबारे निर्णय गर्ने जानकारी गराएको यादवले जानकारी दिए । नेसपाले एकताका लागि माओवादी शब्द र चुनाव चिन्ह हटाउनुपर्ने सर्त राखेको छ । तर अनौपचारिक रूपमा उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव जनार्दन शर्माबिच कुराकानी भइरहेको यादवको भनाइ छ । 

यता कपिलवस्तुमा आलु खेतीमा व्यस्त रहेका विप्लवले मङ्सिरको दोस्रो हप्तामा केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेका छन् । पार्टीको ६–६ महिनामा केन्द्रीय समिति बैठक बोलाउने व्यवस्था भए पनि खेतीपातीका कारण बैठक बस्न ढिलाइ भएको विप्लवको सचिवालयले बताएको छ । 

माओवादीसँग एकता प्रक्रिया सकारात्मक ढंगले अगाडि बढिरहेको विप्लवले दाबी गरेका छन् । केही दिनअघि उपमहासचिव शर्मासँग भएको छलफलबारे जानकारी दिँदै उनले माओवादीबाट संस्थागत निर्णय आएपछि एकता प्रक्रिया अगाडि बढ्ने रातोपाटीसँग विप्लवले बताएका थिए । 

स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले एकता सम्बन्धमा दुई पार्टीबिच सकारात्मक छलफल भइरहेको बताए । माओवादीको केन्द्रीय समिति बैठकले निर्णय गरेपछि एकता प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ । 

‘एकताबारे शीर्ष तहमा सकारात्मक छलफल भइरहेको छ । माओवादीबाट एकताको निर्णय हुँदासाथ बाँकी प्रक्रिया अगाडि बढ्छ’, उनले भने ।  माओवादीका उपमहासचिव गजुरेलले तत्काल नेकपा र नेसपाबिच एकता हुने जानकारी दिए । वैचारिक र सैद्धान्तिक विषयमा खासै मतभेद नभए पनि साङ्गठनिक अवस्थाबारे कुनै निष्कर्षमा नपुगेको तीनै दलका नेताहरूले बताएका छन् । 

माओवादीले यी दुई दलबाहेक क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा बहुमत, नेकपा मशाल, एकीकृत समाजवादी लगायत दलहरूसँग एकताको पहल गरे पनि सफल भएको छैन । तथापि एकता, सहकार्य र मोर्चाबन्दीको पहल भने जारी राख्ने माओवादी नेताहरूले बताएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

नेकपा प्युठानले प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...

संसद् फिर्ता आउँदैन, कांग्रेस–एमालेले निर्वाचनतर्फ ध्यान दिए हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...

रवि लामिछाने–बालेनबीचको सहमति शनिबार हुने, सैद्धान्तिक छलफल बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : नागरिकता नियमावली संशोधनदेखि इराकबाट फर्किएकालाई श्रमस्वीकृति

काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...

बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि बढ्दो हिंसाप्रति भारतको गम्भीर चिन्ता

काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...

राजनीति र दाम्पत्यको टकरावपछि फेरि एउटै मञ्चमा रेशम–रञ्जिता

धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...

विराटनगर महानगरद्वारा पिपीआर/स्वाइन फिभरविरुद्ध निःशुल्क खोप अभियान सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि पिपीआर तथा स्वाइन फिभरविरुद्धको निःशुल्क खोप अभियान सुरु गरेको छ। महानगरपालिकाको कृषि तथा पशुपन्छी विकास ...

वीरगञ्ज नाकाबाट पाँच महिनामा साढे आठ अर्ब बढीको खाद्यवस्तु आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगञ्ज नाका हुँदै आठ अर्ब ७७ करोड रुपैयाँ बराबरका विभिन्न १७ प्रकारका खाद्यवस्तु आयात भएका छन्। वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending