जनकपुरधाम। छठ पर्वको मुख्य दिन आज जनकपुरधामका विभिन्न छठ घाटमा छठका सामग्री राखिएका छन् । आज छठ व्रतालुले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन छठ सामग्री घाटमा राखिएका हुन् ।
श्रद्धा र आस्थाका साथ सूर्य देवताको उपासनामा समर्पित छठ व्रतालुहरूले सूर्यको उपासनासँगै अस्ताउँदो सूर्यलाई सन्ध्यामा अर्घ दिई छठ मनाउने गर्छन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको उक्त पर्वमा विशेष व्रतालुहरूले साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै सूर्य देवको पूजा गर्नेछन् ।
छठ पर्व विशेष गरी स्वच्छता, अनुशासन र निष्ठाको पर्व मानिन्छ, जहाँ श्रद्धालुहरूले कठोर व्रत, उपवास र नदी तथा तालमा स्नान गरी सूर्य देवताप्रति आस्था प्रकट गर्छन् । शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्वको समापन गरिनेछ । यो पर्व विशेष गरी मिथिला, तराई–मधेश क्षेत्रमा व्यापक रूपले मनाइन्छ ।
छठ पर्वको अवसरमा जनकपुरधाम लगायत छठ पर्व मनाइने विभिन्न स्थानका नदी, तलाउ र पोखरीमा विशेष सजावट गरिएको छ भने सुरक्षा व्यवस्था कडा बनाइएको छ । चार दिनसम्म विधिपूर्वक मनाइने नहाय खायदेखि छठ सुरु भएको मानिन्छ, दोस्रो दिन खरना, तेस्रो दिन छठ पर्वको मुख्य दिन जहाँ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व समापन हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - १७:१८
टोकियो। जापानमा विश्वको सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी-कारिवा प्लान्टको पुन: सुरु प्रक्रिया बिहीबार स्थगित गरिएको छ । टोकियो इलेक्ट्रि...
माघ ९ गते, २०८२ - १७:०९
झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदान स्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदान स्थलको तीन तहमा वर्गीकरण...
माघ ९ गते, २०८२ - १७:०६
हेटौँडा। फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धासम्मले उम्मेदवार...
माघ ९ गते, २०८२ - १६:४८
काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रवक्ताको जिम...
माघ ९ गते, २०८२ - १६:३९
काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन...
माघ ९ गते, २०८२ - १६:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’सम्बन्धी अभियोग संशोधन गर...
माघ ९ गते, २०८२ - १६:३१
काठमाडौँ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पदबाट राजीनामा दिएका छन्। निर्वाचन क्षेत्रमा सक्रिय हुनुपर्ने भएकाले राजीनामा दिएको...
माघ ९ गते, २०८२ - १६:२३
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध उजुरी परेन । ...
माघ ९ गते, २०८२ - १६:१०
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि स...
माघ ९ गते, २०८२ - १६:०६
झापा। जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख ...




प्रतिकृया लेख्नुहोस्: