काठमाडौँ । अस्ट्रेलियाले १६ वर्षभन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने भएको छ । त्यहाँको सरकारले यसको योजना बनाइरहेको हो ।
यस सम्बन्धी प्रस्तावित कानुन आगामी हप्ता संसदमा पेश गरिने प्रधानमन्त्री एन्टोनी अल्बानिजले बताएका छन् । सामाजिक सञ्जालहरूले अस्ट्रेलियाका बालबालिकामा पार्ने नकारात्मक प्रभाव र हानी कम गर्न यो विधेयक ल्याउन लागिएको उनको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
यो कानुन आमा र बुबाहरूका लागि भएको पनि उनले बताए । ‘म जस्तै गरी उनीहरू पनि अनलाइनमा आफ्नो छोराछोरीको सुरक्षाबारे निकै चिन्तित छन् । म चाहन्छु कि सरकार ढाडस बनेर उभिएको छ भन्ने अस्ट्रेलियाली परिवारले थाहा पाउन्,’ उनले भनेका छन् । कानुनका कयौँ विवरणहरूबारे छलफल हुन बाँकी नै छ । प्रतिबन्ध सामाजिक सञ्जालमा अहिले नै खाता बनाइसकेका केटाकेटीहरूमा लागू नहुने बताइएको छ ।
अभिभावकबाट स्वीकृति पाएर सामाजिक सञ्जाल खाता खोलेका केटाकेटीका लागि भने उमेरको सीमा हुने छैन । बालबालिकाहरूमा सामाजिक सञ्जालको पहुँचबारे आफूहरूले तर्कसङ्गत कदम चालिरहेका छौँ भन्ने जिम्मेवारी सामाजिक सञ्जालहरूको भएको सरकारको भनाइ छ । यस कानुनमा प्रयोगकर्ताहरूलाई दण्ड हुने छैन ।
तर कानुनको कार्यान्वयनको गर्ने जिम्मा अस्ट्रेलियाको अनलाइन नियामक ईसेफ्टी कमिस्नरको भएको अल्बानिजले बताएका छन् । विधेयक पारित भएको १२ महिनामा लागू हुनेछ । बेला बेलामा यसको समीक्षा पनि हुने बताइएको छ ।
सामाजिक सञ्जालले बालबालिकाको मानसिक स्वास्थ्यमा क्षति गर्छ भन्नेमा अधिकांश विज्ञहरू सहमत छन् । तर यसलाई पूरै निषेध नै गर्नु पर्छ भन्नेमा राय बाँडिएको पाइन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: