काठमाडौं ।गत महिनाको बाढीपहिरोमा परी यहाँ ७९ जनाले ज्यान गुमाए भने भौतिक सम्पत्तिमा पनि व्यापक क्षति भयो । कैयन घरबारविहीन भए । स्थानीय तह खोज, उद्धार तथा राहत सामग्री वितरणमा लागेको महिना नाघिसकेको छ । क्षतिको वास्तविक विवरण तयार नहुँदा पुनर्वास कार्यक्रम प्रभावित भएको छ । ४१ दिन बितिसक्दा पनि स्थानीय तहले क्षतिको पूर्ण विवरण तयार गर्न नसक्दा केन्द्र सरकारबाट प्राप्त हुने सहयोग उपलब्ध गराउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पटक–पटक विपद् पीडित उद्धार र राहतसम्बन्धी ९सातौँ संशोधन० मापदण्ड २०७७, बमोजिम विपद्बाट घर, बहाल, आवास नष्ट भएका वा खाद्यान्न–बाली तथा जग्गा जमिन वा पसल व्यवसायसमेत नोक्सानी भई तत्काल गुजाराका लागि खाद्यान्न समेत नभएका वा दुवै अवस्थाका पीडित परिवारलाई यथाशीघ्र प्रतिपरिवार पाँच जनासम्मको हकमा १५ हजार र सोभन्दा बढी सदस्य भएमा रु २० हजारका दरले जिल्ला विपद् व्यवस्थापन कोषबाट नगद उपलब्ध गराउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए ।
स्थानीय तहले क्षतिको विवरण उपलब्ध नगराउँदा राहत एवं पुनर्वासको कार्यक्रम प्रभावित भएको उनले बताए । अस्थायी आवास निर्माणका लागि रु ५० हजार उपलब्ध गराउने मापदण्डअनुसारको विवरण स्थानीय तहसँग माग गरिएको उनले जानकारी दिए । विशेष गरी अधिक क्षति भएको जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित पनौती नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिकामा पुनर्वास एवं आवास निर्माणका लागि तथ्याङ्क सङ्कलन जारी छ । यी स्थानीय तह जिल्लाका १३ स्थानीय तहमध्ये अति प्रभावित क्षेत्र हुन् । यी क्षेत्रका स्थानीय आधारभूत भौतिक पूर्वाधारको अभावमा कष्टकर जीवन बिताउन बाध्य छन् ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले क्षतिको विवरण सङ्कलन अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार प्रारम्भिक तथ्याङ्कअनुसार बाढीपहिरोबाट गाउँपालिकाका तीन सय ५० घर पूर्णरुपमा क्षति भएको छन् । पनौतीमा सात सय घर पूर्णरुपमा क्षति भएका ठानिएको छ । बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बाढी पहिरोबाट घर–जमिन समेत बगेका परिवारको तथ्याङ्क सङ्कलन भइरहेको बताए ।
उनले बेथानचोकमा पनि आवास निर्माणका लागि विभिन्न सङ्घसंस्थासँग छलफल अघि बढाइएको बताए । बेथानचोकमा चार हजार चार सय प्रभावित घर परिवारमध्ये पाँच सय ५० घरमा बस्नै नहुने गरी क्षति भएको छ। जिल्लामा हालसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार जिल्लामा निजी आवासतर्फ करिब चार हजार पूर्ण क्षति भएको छ भने सात हजार घरमा आंशिक क्षति पुगेको अनुमान गरिएको छ । तीन दर्जन सरकारी भवन, तथा सोही संख्यामा सार्वजनिक भवन पूर्णरुपमा क्षति भएका छन्
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - २०:३४
काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...
आषाढ़ ११ गते, २०८३ - २०:२७
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले ...
आषाढ़ ११ गते, २०८३ - २०:२४
राजविराज । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको डेढ विघाभन्दा बढी सरकारी जग्गा तीन दशकभन्दा लामो समयदेखि अतिक्रमणमा पर्दा पनि राज्य संयन्त्रले फि...
आषाढ़ ११ गते, २०८३ - २०:१५
काठमाडौं । द्वन्द्वकालीन यौन हिंसाका पीडितहरूले कानुनी निर्णय मात्र पर्याप्त नहुने भन्दै सामाजिक दृष्टिकोण, संस्कृति र राज्यको व्यवहारमा परिवर्तन आवश्...
आषाढ़ ११ गते, २०८३ - २०:०९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण का तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरूले उनीमाथि लगाइए...
आषाढ़ ११ गते, २०८३ - २०:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा उपसभापति स्वर्णिम वाग्लेले प्रवासबाट...
आषाढ़ ११ गते, २०८३ - १९:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनबाट अघि सारेको प्रदेश सभा खारेजीसहित संघीय संरचना पुनर्संरचनाको प्रस्ताव प्रति प्रमु...
आषाढ़ ११ गते, २०८३ - १९:४७
काठमाडौं । ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन् । उनी चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए । ...
आषाढ़ ११ गते, २०८३ - १९:४३
काठमाडौं । नेपालमा यस वर्षको जुन महिनामा अपेक्षाकृत कम वर्षा भएको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि जुन २५ (जेठ १८ देखि असार ११...
आषाढ़ ११ गते, २०८३ - १९:३६
पोखरा । फेवातालसहित कास्कीका तालहरूमा जल पर्यटन गतिविधि अव्यवस्थित बन्दै गएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले डुङ्गा, कायाकिङ र सर्फिङ ...



प्रतिकृया लेख्नुहोस्: