Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख

खबरडबली संवाददाता

काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावको नतिजा आउने क्रम जारी छ । पछिल्लो अपडेटमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसभन्दा अगाडि रहेका छन् ।

यसैबीच पार्टीतर्फ झुकेका अधिकांश राज्यमा खासै परिवर्तन नदेखिए पनि स्विङ स्टेट अर्थात् उम्मेदवार हेरेर समर्थन परिवर्तन गर्ने राज्यमा भने प्रतिस्पर्धा निकै रोचक बनेको छ । अहिलेको प्रवृत्तिका अनुसार डोनाल्ड ट्रम्पले यी राज्यहरूमा ठूलो अग्रता हासिल गरेका छन् ।

अमेरिकामा ७ स्विङ स्टेटहरु छन् । यी अन्य प्रदेशको तुलनामा महत्वपूर्ण मानिन्छन्, किनकि सबै राज्यले दलहरूको परम्परागत समर्थनलाई महत्व दिँदा पनि यी स्विङ राज्यहरूमा दलहरूको समर्थन परिवर्तन भइरहन्छ । यस्तो अवस्थामा राष्ट्रपति  उम्मेदवारले यी स्विङ स्टेटमा जितेमा चुनावमा विजयी हुने देखिएको छ । त्यसैले स्विङ स्टेटले राष्ट्रपतिको उम्मेदवारको भाग्यको फैसला गर्ने मानिन्छ ।

अहिले यी ७ राज्यको अपडेट आएको छ । जसमध्ये डोनाल्ड ट्रम्प सबै स्विङ स्टेटमा अगाडी रहेका छन् भने कमला ह्यारिस पछाडी परेकी छन् । यी शुरुवाती रुझान नतिजामा परिवर्तन भएमा ट्रम्प विजयी हुने छन् । 

सातवटा महत्वपूर्ण राज्यमध्ये १६ इलेक्टोरल कलेज  भएको नर्थ क्यारोलिनामा ट्रम्प विजयी हुने निश्चित भएको बिबिसीले उल्लेख गरेको छ ।

 त्यस्तै पेन्सिल्भेनिया १९ इलेक्टोरल कलेज भोटसहित सबैभन्दा महत्त्वपूर्ण राज्यको रूपमा उभिएको छ । यहाँ अहिलेसम्म डोनाल्ड ट्रम्प ५१.३ प्रतिशत मतका साथ अगाडि छन् । योसँगै ह्यारिसले ४७.८ प्रतिशत मत प्राप्त गरेका छन् ।

त्यस्तै, जर्जिया, मिशिगन, एरिजोना, विस्कन्सिन र नेभाडामा ट्रम्प अगाडी रहेका छन् । 
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भन्सार छलीका साढे चार लाख बराबरका सामानसहित बोलेरो नियन्त्रणमा

मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरेर नेपाल–चीन कोरला नाकाबाट भित्र्याइएका करिब रु ४ लाख ३५ हजार ८०० बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला ...

सप्तकोसीमा पानीको बहाव खतराको तह नजिक, ब्यारेजका २१ ढोका खोलियो

काठमाडौं । निरन्तर वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। बुधबार रातिसम्म कोसी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेपछि २१ व...

पर्याप्त वर्षापछि नवलपुरमा धान रोपाइँ ८० प्रतिशत पुग्यो

काठमाडौं । पर्याप्त वर्षा भएसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा धान रोपाइँले तीव्रता लिएको छ। हालसम्म जिल्लाको करिब ८० प्रतिशत क्षेत्र...

कुखुरा किसानलाई ५० करोडभन्दा बढी राहत, ७५ प्रतिशत क्षतिपूर्ति वितरण

काठमाडौं । सरकारले बर्डफ्लुबाट प्रभावित कुखुरा किसानलाई हालसम्म ५० करोड ७१ लाख रुपैयाँ राहत वितरण गरेको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनस...

पार्किङमा राखिएको ट्याक्टर आफैँ गुड्दा ७ वर्षीय बालकको मृत्यु

काठमाडौं । प्युठानमा पार्किङ गरेर राखिएको ट्याक्टर आफैँ गुड्दा ७ वर्षीय एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन्। जिल्लाको नौबहिनी ...

देशभर वर्षाको चेतावनी, पाँच प्रदेशमा भारी पानी पर्ने सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वान...

प्रदेश सत्ता फेरबदलको संघारमा, सातै प्रदेशमा ‘किङमेकर’ नेकपा

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश सरकारमा रहेको सत्ता सहकार्य संकटमा परेको छ। दुई दलबीचको सहमति कमजोर बन्दै जाँदा सातै प्रदेशमा नयाँ ...

शुक्रबारसम्म भारी वर्षाको चेतावनी, तीन दिन सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।...

एमालेसँग कांग्रेसको सत्ता सहकार्य टुट्ने संघारमा, दुई प्रदेश सरकार संकटमा

काठमाडौं । करिब दुई वर्षअघि सातबुँदे सहमतिसहित सुरु भएको नेपाली कांग्रेस–एमालेको सत्ता सहकार्य अब अन्त्यतिर पुगेको संकेत देखिएको छ। कर्णाली र सुदूरपश्...

गृहमन्त्रीको प्रतीक्षा गर्दै मिटरब्याज पीडित, समाधान नभएपछि काठमाडौं हिँड्ने चेतावनी

बारा । जनकपुरधामबाट काठमाडौंसम्म पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितले गृहमन्त्री सुधन गुरुङसँगको वार्ताबाट पनि ठोस आश्वासन नपाएपछि आन्दोलन थप कडा बन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending