Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सुरर्खेतकाे अदुवा र बेसारको माग विदेशमा

फइल तस्विर
खबरडबली संवाददाता

सुर्खेत । केही वर्षअघिसम्म घरमा खानका लागि मात्र खेती गरिने कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन हुने अदुवा अहिले विदेश निर्यात हुन थालेको छ । विदेशबाट अदुवाको माग आउन थालेपछि यहाँका किसान अदुवा खेतीतर्फ आकर्षित भई व्यावसायिक रूपमा खेती गर्न थालेका छन् । फलस्वरूप अदुवाको उत्पादन बढी हुन थालेपछि विदेश निर्यात हुन थालेको हो । 

अदुवा मात्र होइन, यहाँको बेसार पनि विशेष गरी युरोप पुग्न थालेको छ । पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिकाको कालीदमारमा दी अर्गानिक भ्याली अदुवा प्रशोधन उद्योग स्थापना गरिएको छ । सोही उद्योगले कर्णालीका किसानसँग अदुवा र बेसार खरिद युरोपतिर पठाउने गरेको छ । उद्योगका सञ्चालक समीर नेवाले विदेशबाट यहाँको अदुवा र बेसारको माग बढी आउने गरेकाले आफूले त्यहाँ पठाउने गरेको बताए । किसानबाट खरिद गरेर उद्योगमा प्रशोधन गरी अदुवा र बेसार युरोप निर्यात गर्ने गरेको उनको भनाइ छ । उद्योग स्थापनाअघि यहाँको अदुवा र बेसार मूल्यहीन अवस्थामा थियो । 

यहाँ उत्पादन भएका अदुवा र बेसार विषादीरहित हुने, पूर्ण रूपमा अर्गानिक र गुणस्तरीय भएका कारण विदेशबाट माग आइरहेको उनको भनाइ छ । विशेष गरी जर्मनीबाट बढी माग आएको छ । उहाँका अनुसार एक मौसममा यस उद्योगबाट औसतमा छ लाख युरो बराबरको अदुवा र बेसार निर्यात हुने गरेको उद्योग सञ्चालक नेवाले बताए । उत्पादन धेरै भएका बेला १२ लाख युरो बराबरको अदुवा निर्यात गरेको बताउँदै उनले तर माग अनुसार उत्पादन हुन नसकेको पनि बताए । किसानबाट माग अनुसार उत्पादन नहुँदा बर्सेनि औसतमा छ लाख युरो बराबरको अदुवा र बेसार विदेश निर्यात भइरहेको जानकारी उनले दिए । 

उत्पादन भएका अदुवा र बेसारलाई बजारीकरणको समस्या छैन । विदेशबाट माग धेरै भएकाले बजारीकरणको समस्या नभएको भन्दै उनले किसानलाई उत्पादन बढाउन आग्रह गरिएको र यस काममा हौसला दिन स्थानीय सरकारले सहयोग गर्नुपर्ने उल्लेख गरुे । उनले कर्णालीमा उत्पादन गरिएका अदुवा र बेसार विदेशसम्म पुगेको भन्दै अब यसको उत्पादन बढाउन ध्यान दिनुपर्ने सुझाव दिए । 

प्रशोधन उद्योगमा बर्सेनि एक हजार पाँच सय मेट्रिक टन अदुवा र बेसार प्रशोधन हुने गरेको दाबी गरिएको छ । हाल एक हजार दुई सय मेट्रिक टन अदुवा र तीन सय मेट्रिक टनसम्म बेसार प्रशोधन हुने गरेको छ । कर्णालीमा अर्गानिक अदुवा र बेसार उत्पादन हुने र यसकारण विदेशमा पनि माग बढेकोले यसको उत्पादनलाई स्थानीय सरकारलगायतले हौसला दिई व्यवसायीकरणमा ध्यान दिनुपर्ने बताइएको छ । 

कर्णालीमा सबैभन्दा धेरै अदुवा, बेसार उत्पादन हुने जिल्लामा सल्यान, रुकुमपश्चिम र सुर्खेत पर्दछ । अदुवा र बेसारका लागि यी जिल्लाका हावापानी उपयुक्त छ । अदुवा प्रशोधन केन्द्रका अनुसार सल्यानबाट मात्रै एक मौसममा एक हजार दुई सय मेट्रिक टनसम्म अदुवा उद्योगमा आउने गरेको छ । सल्यानपछि रुकुमपश्चिमबाट आठ सय र सुर्खेतबाट दुई सय मेट्रिक टनसम्म अदुवा उद्योगमा आउने गरेको जानकारी उएले दिए । 

उद्योगमा हालसम्म सबैभन्दा बढी दुई हजार तीन सय मेट्रिक टनसम्म अदुवा र बेसार आएको छ । पहिला प्रशोधन नहुँदा अदुवा र बेसारले मूल्य पाएन, त्यसबेला किसानले बजारको समस्या भोगेको भन्दै अहिले उद्योग स्थापना भएपछि किसानले उत्पादन गरेको अदुवा र बेसार लिएपछि किसानलाई कुनै समस्या नभएको उनले दाबी गरे । यो उद्योगमा अदुवा र बेसारका साथै सिस्नो र टिमुर पनि प्रशोधन हुने गरेको छ । उद्योगले किसानबाट सिस्नो र टिमुर पनि खरिद गर्न थालेको छ । सिस्नो र टिमुरलाई प्रशोधन गरेर बिक्री गर्ने गरिएको उनले बताए । 

सिस्नो र टिमुरलाई सुकाएर पाउडर बनाउने गरिएको छ । अदुवा र बेसारलाई पनि उद्योगमा प्रशोधन गरेर पाउडर बनाइन्छ । यही पाउडरलाई प्याकिङ गरिन्छ । त्यसपछि अदुवा, बेसार, टिमुर, सिस्नो बजारमा पठाउने गरिएको उनले बताए । उद्योगमा स्थानीयले रोजगारीसमेत पाएका छन्

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending