Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

शीर्ष नेता विवाद : ओली–प्रचण्ड प्रक्रिया थालौं, कोइराला–भट्टराई केही दिन रोकौं

\"Koiralaकाठमाडौं । मधेसकेन्द्रित दलका नेताहरूलाई कुनै तरहले सभामा फर्काउने वा उनीहरूबिनै संविधान जारी गर्नेबारे प्रमुख दलका मुख्य नेताहरू नै विभाजित देखिएका छन् ।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस महामन्त्री कृष्ण सिटौला प्राप्त उपलब्धिलाई संस्थागत गरी संविधान जारी गर्न ढिलाइ गर्न नहुने पक्षमा छन् भने प्रधानमन्त्री सुशील कोइराला, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, एमाओवादीका नेताहरू बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ मतदानको प्रक्रिया केही दिन स्थगन गरेर आन्दोलनरत पक्षसँग वार्ता गर्नुपर्ने पक्षमा छन् ।   तीन दलका नेताको निर्णयअनुसार शुक्रबार दुई दिनका लागि संविधानसभाको प्रक्रिया स्थगन गरिएको थियो । यो अवधिमा वार्ताको कुनै प्रक्रिया अघि बढ्न सकेन । दाहाल र ओली आइतबार पहिलो चरणमा प्रमुख दलका संसदीय दलका नेताहरूले संविधानको मस्यौदा विधेयकमाथि सम्बोधन गरेपछि मध्याह्नबाट मतदानको प्रक्रिया थाल्ने पक्षमा छन् । ‘अहिले जारी गोलचक्करकै बीच संविधान जारी हुने हो’, एमाओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले भने ।   प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष दाहाल र नेता भट्टराईसँग अनौपचारिक कुराकानी गरिरहेका मधेसकेन्द्रित दलका नेताहरूले सरकारी रबैयाका कारण सार्थक वार्ता हुन नसकेको बताएका छन् । ‘बिँड तातेर के अर्थ, ताप्के तात्नुपर्‍यो नि रु ’ सत्तापक्षप्रति लक्षित गर्दै मधेसी नेताहरूले एमाओवादी नेता दाहाल र भट्टराईलाई भनेको स्रोतले बतायो ।   काठमाडौंमा रहेका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले दाहाल, भट्टराई र नारायणकाजीले शनिबार भेट्न खोज्दा ‘भेट सम्भव नरहेको’ जबाफ फर्काएका छन् भने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग संवाद गर्न भट्टराईले शनिबार दिनभर कोसिस गर्दा पनि सकेनन् ।   ‘आफ्नै एजेन्डामा कांग्रेस–एमालेलाई सहमत गराउन नसकेको एमाओवादीले हामीसँग वार्ता गर्नुको के अर्थ हुन्छ र रु ’ तमलोपा नेता हृदयेश त्रिपाठीले अन्नपूर्णसँग भने । शक्ति हातमा भएकारनभएका सत्ता पक्षका नेताहरूले आफूहरूसँग सम्पर्क गरे पनि सार्थक वार्ता हुने वातावरण नबनेको त्रिपाठीले बताए ।   कांग्रेस—एमालेका नेताहरूले ठाकुर र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसँग छुट्टाछुट्टै अनौपचारिक छलफल थालेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending