Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

धान बाली भित्र्याउने समयमा झरी परेपछि सिन्धुलीका किसान चिन्तित

खबरडबली संवाददाता

सिन्धुली  । धान बाली भित्र्याउने समयमा झरी परेपछि सिन्धुलीका किसान चिन्तित भएका छन् । किसानले काटेर खेतमा सुकाएको धान भित्र्याउन नपाउँदै खेतमै झरीले भिजाएपछि चिन्तित भएका हुन् ।

धेरैजसो किसानको काटी सकेको धान खेतमै भिजाएको छ भने थारैजसोले दशैँअघि नै धान भित्र्याइसकेका छन् । किसान यतिबेला लगातारको झरीले बर्खाभरी गरेको महिनेत खेर जाने हो कि भन्ने चिन्तामा छन् ।

जिल्लाका धेरैजसो ठाउँमा मौसम बदली सँगै तीन दिन देखि झरी परे पछि किसानलाई पाकेको बाली कसरी घर सम्म ल्याउने भन्ने चिन्ता थपिएको हो ।

चाडबाडको व्यस्तता सँगै काम गर्न जनशक्तीको अभाव खेपीरहेका किसानलाई धान थन्क्याउने समयमा झरी परेपछि थप समस्या भएको कमलामाई नगरपालिका –४ का ठुलोकान्छा पोख्रेलले गुनासो गरे  । “ पन्ध्र कठ्ठा भन्दा बढी खेतको धान झरीले भिजायो । तिहारपछि उथन्क्याउन हुन्छ भनेर दशैपछि काटेको धान खेतमै छ । बर्षभरी खाने धान झरीले सखाप पा¥यो । हामी त बाजेको पालादेखि कृषि मै निर्भर छौँ, ” उनले भने ।

उनीसँगै छरछिमेकको पनि उस्तै हाल छ । पानी परे पछि कतिपय किसानलाई काटेको धान खेतमा उम्रने चिन्ता छ भने कतिपयलाई धान कसरी भित्रियाउने भन्ने चिन्ता बढेको छ ।
फाँट तथा पहाडी क्षेत्रका खेत काम गर्न नमिल्ने गरी हिलाम्मे भएको कमलामाई ४ की किसान मनमाया श्रेष्ठको भनाई छ । यता कृषी विकास कार्यालय सिन्धुलीले मौसम हेरेर धान काट्न किसानलाई अनुरोध गरेको छ । धान थन्क्याउने बेला क्षती भएमा जिल्लामा झन खाद्यन्न समस्या आउने भएकाले मौसमविदले जारी गर्ने सुचना हेरेर धान काट्न किसानलाई कृषी विकास कार्यालय सिन्धुलीका प्रमुख अरुण कुमार खनालको सुझाव छ ।

जिल्लामा यस वर्ष १३ हजार १ सय ९० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ८ सय ५४ हेक्टर धान बाली लगाइएको खेती बाढीले क्षती गरेको छ । भित्रियाउने बेला पनि मौसमले साथ नदिई क्षतीको संभावना बढ्दा जिल्लामा खाद्यन्न अभाव हुने निष्चित जस्तै भएको धेरैको बुझाई छ ।

जिल्लाको कमलामाई फाँट,दुधौलीको कमलाखोँच,तीनपाटनको भिमस्थान,मरिण र हरिहरपुरगढीमा विशेष धानखेती गरिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending