Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

अमेरिकी पत्रकारिताः चुनावका बेला दलकारिता

न्यूयोर्क टाइम्स कमला र न्यूयोर्क पोस्ट ट्रम्प पक्ष

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा मूलधारका मिडियाले कहिल्यै पनि यो उम्मेदवारलाई भोट हाल भन्दैनन् । नेपालमा विभिन्न दलहरूका विभिन्न पत्रकारका संस्थाहरू छन् । जस्तै कांग्रेस निकट प्रेस युनियन, एमाले निकट प्रेस चौतारी, माओवादी निकट प्रेस सेन्टर आदि । तर, आफ्नो सरकार भएपनि पत्रकारहरूमा कुनै समस्या भएमा पनि यिनीहरूले पत्रकार महासङ्घबाट कडा शब्दमा आलोचना गर्छन् । अमेरिकी कथा फरक छ ।

अमेरिकी धेरैजसो मूलधारका मिडियाहरूलाई कुन दल र कुन उम्मेदवारको पक्षमा भन्ने कित्ताकाटै हुन्छ । उनीहरु हाकाहाकी यो दल र यो उम्मेदवार राम्रो भन्दै सिफारिस नै गर्छन् । भोली अर्थात् नोभेम्बर ५ मा अमेरिकी चुनाव हुँदै छ । राष्ट्रपतीय चुनावमा वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उम्मेदवार छिन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट उम्मेदवार छन् । दुई दलीय देश अमेरिकाका मिडियाहरू पनि दुई दलीय जस्तै छन् ।

कुन कुन मिडिया कुन कुन उम्मेदवारको पक्षमा ?

अमेरिकाको चर्चित अखबार न्यू योर्क टाइम्स कमलाको पक्षमा छ । डमोक्रेटिक पार्टीको पक्षमा छ । यो कोरा आरोप मात्रै होइन । अपवाद छाडेर यो अखबारले सबै चुनावमा डेमोक्रेटिक दललाई समर्थन गर्छ । कतिसम्म भने स्थानीय र राज्यको चुनावमा पनि यसले समर्थन गर्ने गरेको थियो । जुन अहिले आएर भने बन्द गरिएको न्यू योर्क टाइम्सले गत अगस्टमा सार्वजनिक गरेको थियो ।

न्यू योर्क टाइम्स जस्तै सीएनएनलाई पनि डेमोक्रेटिक पक्षधर मानिन्छ । यस्तै अमेरिकाको सरकारी सहयोगमा चल्ने एनपीआर नामक रेडियो पनि डेमोक्रेटिक दलकै पक्षधर भनिन्छ । जो बाइडेन पुत्रको ल्यापटक प्रकरण आउँदा एनपीआरले प्रकाशन गरेन । नगरेपछि पत्रकार उरी बर्लिनरले आवाज उठाए । उनको जागिर गयो । यो नेपालको गोरखापत्रमा बेलाबखत हुने अवस्था जस्तै अवस्था हो भन्न सकिन्छ ।

रिपब्लिकन पार्टीको पक्षमा पनि मिडिया छन् ।  अखबारमा न्यू योर्क पोस्ट र वालस्ट्रिट जर्नललाई रिपब्लिकन कित्तामा राख्ने गरिन्छ । यस्तै टेलिभिजनमा फक्स न्युज रिपब्लिकन कित्तामा छ । अमेरिकी अनुसन्धान गर्ने विभिन्न संस्थाहरूका खोज, जनमत सङ्ग्रह र अरू प्राज्ञिक अध्ययनहरूबाट पनि अमेरिकी मिडियाहरू दलकारिता अगाडी भएको र जनताले कुन दलको कुन मिडिया हो भन्न सक्ने अवस्था छ ।

दलकारिता नगर्ने घोषणा गर्दा वासिङटन पोस्टले गुमायो दुई लाख बढि ग्राहक

अमेरिकी पत्रकारिताका अझ रोचक कुरा यो छ कि म दलकारिता गर्दिन । अब कुनै उमेलद्वारलाई सहयोग गर्दिन भन्नेको पनि अवस्था कमजोर छ । यसको पछिल्लो उदाहरण हो वासिङटन पोस्ट । पोस्टले यो सालबाट कुनै उम्मेदवारलाई समर्थन नगर्ने भन्यो । सम्पादकीय टोलीले कमलालाई समर्थन गरेको सामाग्री तयार भएपछि अन्तिममा आएर खर्बपति मालिक तथा अमेजनका पनि साहु रहेका अखबारका साहु जेफ बेजोसले त्यो मानेनन् ।

उनले अखबारमा लेखै लेखेर ७० प्रतिशत हाराहारी अमेरिकीमा मिडियाको विश्वास नभएकोले विश्वास फर्काउन दलकारिता नगर्ने र स्वतन्त्र पत्रकारिता गर्ने उनले बताए । तर, दलकारिता मन पराउने अर्थात् डेमोक्रेटिक पार्टीले पाउँदै आएको समर्थन नपाएपछि धेरै बिच्किए । ग्राहकहरू घटे । विभिन्न समाचारहरू अनुसार दुई लाख भन्दा धेरै डिजिटल ग्राहकहरू गुमे । एक डेमोक्रेटिक पार्टी पक्षधर सम्पादकले राजीनामा पनि दिए । लस एन्जलस टाइम्सले पनि उम्मेदवारलाई समर्थन नगर्ने भएको छ । उसले पनि परम्परागत रुपमा डेमोक्रेटिक पार्टीलाई समर्थन गर्दै आएको थियो ।

मूलधारले अखबार भन्दा पडकास्टमा अन्तरवार्ता लोकप्रिय 

अमेरिकी मिडियाहरूले दलकारिता गरेर हो वा विश्वास गुमाएर हो उनीहरुका दर्शकहरू घट्दो क्रममा छन् । यो धेरैले बुझेका छन् । त्यहि भएर उम्मेदवारहरुले मूलधारका भन्दा पडकास्टमा अन्तरवार्ता दिन चासो देखाएका छन् । र, पडकास्टको दर्शक धेरै पनि देखिएका छन् । त्यसका एक उदाहरण हो कमला ह्यारिसले सीएनएनलाई दिएको अन्तरवार्ता र डोनाल्ड ट्रम्पले जो रोगनलाई दिएको अन्तरवार्ता ।

रोगनसँग अन्तरवार्ता दिएका ट्रम्पका दर्शक ४ करोड ४० लाख भन्दा धेरै छन् । तर, सीएनएनमा अन्तरवार्ता दिएकी कमलाका दर्शक आधा करोड पनि पुगेका छैनन् । एकातर्फ दलकारिताको दलदल, अर्कोतर्फ मूलधार भन्दा पडकास्टको लोकप्रियता बढी भएकोले अमेरिकी मिडियाहरूको विश्वसनीयता ७० प्रतिशत नभएको रिपोर्टहरू सार्वजनिक भइरहेका छन् त्यहि रिपोर्टलाई जेफ बेजोसले पनि चर्चा गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको ११औँ महाधिवेशनः भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता

जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर

सल्लाघारीको दृश्य भन्दै ‘फेक’ फोटो भाइरल, एमाले महाधिवेशनको जनसहभागितामाथि भ्रम फैलाउने प्रयास

काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...

थामी समुदायका विद्यार्थीलाई भीमकमल फाउण्डेसनद्वारा न्यानो कपडा वितरण

दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...

नेता थुप्रिँदै, जनाधार खुम्चिँदै : नयाँ नेकपाको प्रारम्भिक यात्रामै गम्भीर प्रश्न

काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...

१४ दलको एकताले नेकपालाई देशकै एक नम्बर पार्टी बनाउँछ : प्रचण्ड

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending