Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

अमेरिकी पत्रकारिताः चुनावका बेला दलकारिता

न्यूयोर्क टाइम्स कमला र न्यूयोर्क पोस्ट ट्रम्प पक्ष

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा मूलधारका मिडियाले कहिल्यै पनि यो उम्मेदवारलाई भोट हाल भन्दैनन् । नेपालमा विभिन्न दलहरूका विभिन्न पत्रकारका संस्थाहरू छन् । जस्तै कांग्रेस निकट प्रेस युनियन, एमाले निकट प्रेस चौतारी, माओवादी निकट प्रेस सेन्टर आदि । तर, आफ्नो सरकार भएपनि पत्रकारहरूमा कुनै समस्या भएमा पनि यिनीहरूले पत्रकार महासङ्घबाट कडा शब्दमा आलोचना गर्छन् । अमेरिकी कथा फरक छ ।

अमेरिकी धेरैजसो मूलधारका मिडियाहरूलाई कुन दल र कुन उम्मेदवारको पक्षमा भन्ने कित्ताकाटै हुन्छ । उनीहरु हाकाहाकी यो दल र यो उम्मेदवार राम्रो भन्दै सिफारिस नै गर्छन् । भोली अर्थात् नोभेम्बर ५ मा अमेरिकी चुनाव हुँदै छ । राष्ट्रपतीय चुनावमा वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उम्मेदवार छिन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट उम्मेदवार छन् । दुई दलीय देश अमेरिकाका मिडियाहरू पनि दुई दलीय जस्तै छन् ।

कुन कुन मिडिया कुन कुन उम्मेदवारको पक्षमा ?

अमेरिकाको चर्चित अखबार न्यू योर्क टाइम्स कमलाको पक्षमा छ । डमोक्रेटिक पार्टीको पक्षमा छ । यो कोरा आरोप मात्रै होइन । अपवाद छाडेर यो अखबारले सबै चुनावमा डेमोक्रेटिक दललाई समर्थन गर्छ । कतिसम्म भने स्थानीय र राज्यको चुनावमा पनि यसले समर्थन गर्ने गरेको थियो । जुन अहिले आएर भने बन्द गरिएको न्यू योर्क टाइम्सले गत अगस्टमा सार्वजनिक गरेको थियो ।

न्यू योर्क टाइम्स जस्तै सीएनएनलाई पनि डेमोक्रेटिक पक्षधर मानिन्छ । यस्तै अमेरिकाको सरकारी सहयोगमा चल्ने एनपीआर नामक रेडियो पनि डेमोक्रेटिक दलकै पक्षधर भनिन्छ । जो बाइडेन पुत्रको ल्यापटक प्रकरण आउँदा एनपीआरले प्रकाशन गरेन । नगरेपछि पत्रकार उरी बर्लिनरले आवाज उठाए । उनको जागिर गयो । यो नेपालको गोरखापत्रमा बेलाबखत हुने अवस्था जस्तै अवस्था हो भन्न सकिन्छ ।

रिपब्लिकन पार्टीको पक्षमा पनि मिडिया छन् ।  अखबारमा न्यू योर्क पोस्ट र वालस्ट्रिट जर्नललाई रिपब्लिकन कित्तामा राख्ने गरिन्छ । यस्तै टेलिभिजनमा फक्स न्युज रिपब्लिकन कित्तामा छ । अमेरिकी अनुसन्धान गर्ने विभिन्न संस्थाहरूका खोज, जनमत सङ्ग्रह र अरू प्राज्ञिक अध्ययनहरूबाट पनि अमेरिकी मिडियाहरू दलकारिता अगाडी भएको र जनताले कुन दलको कुन मिडिया हो भन्न सक्ने अवस्था छ ।

दलकारिता नगर्ने घोषणा गर्दा वासिङटन पोस्टले गुमायो दुई लाख बढि ग्राहक

अमेरिकी पत्रकारिताका अझ रोचक कुरा यो छ कि म दलकारिता गर्दिन । अब कुनै उमेलद्वारलाई सहयोग गर्दिन भन्नेको पनि अवस्था कमजोर छ । यसको पछिल्लो उदाहरण हो वासिङटन पोस्ट । पोस्टले यो सालबाट कुनै उम्मेदवारलाई समर्थन नगर्ने भन्यो । सम्पादकीय टोलीले कमलालाई समर्थन गरेको सामाग्री तयार भएपछि अन्तिममा आएर खर्बपति मालिक तथा अमेजनका पनि साहु रहेका अखबारका साहु जेफ बेजोसले त्यो मानेनन् ।

उनले अखबारमा लेखै लेखेर ७० प्रतिशत हाराहारी अमेरिकीमा मिडियाको विश्वास नभएकोले विश्वास फर्काउन दलकारिता नगर्ने र स्वतन्त्र पत्रकारिता गर्ने उनले बताए । तर, दलकारिता मन पराउने अर्थात् डेमोक्रेटिक पार्टीले पाउँदै आएको समर्थन नपाएपछि धेरै बिच्किए । ग्राहकहरू घटे । विभिन्न समाचारहरू अनुसार दुई लाख भन्दा धेरै डिजिटल ग्राहकहरू गुमे । एक डेमोक्रेटिक पार्टी पक्षधर सम्पादकले राजीनामा पनि दिए । लस एन्जलस टाइम्सले पनि उम्मेदवारलाई समर्थन नगर्ने भएको छ । उसले पनि परम्परागत रुपमा डेमोक्रेटिक पार्टीलाई समर्थन गर्दै आएको थियो ।

मूलधारले अखबार भन्दा पडकास्टमा अन्तरवार्ता लोकप्रिय 

अमेरिकी मिडियाहरूले दलकारिता गरेर हो वा विश्वास गुमाएर हो उनीहरुका दर्शकहरू घट्दो क्रममा छन् । यो धेरैले बुझेका छन् । त्यहि भएर उम्मेदवारहरुले मूलधारका भन्दा पडकास्टमा अन्तरवार्ता दिन चासो देखाएका छन् । र, पडकास्टको दर्शक धेरै पनि देखिएका छन् । त्यसका एक उदाहरण हो कमला ह्यारिसले सीएनएनलाई दिएको अन्तरवार्ता र डोनाल्ड ट्रम्पले जो रोगनलाई दिएको अन्तरवार्ता ।

रोगनसँग अन्तरवार्ता दिएका ट्रम्पका दर्शक ४ करोड ४० लाख भन्दा धेरै छन् । तर, सीएनएनमा अन्तरवार्ता दिएकी कमलाका दर्शक आधा करोड पनि पुगेका छैनन् । एकातर्फ दलकारिताको दलदल, अर्कोतर्फ मूलधार भन्दा पडकास्टको लोकप्रियता बढी भएकोले अमेरिकी मिडियाहरूको विश्वसनीयता ७० प्रतिशत नभएको रिपोर्टहरू सार्वजनिक भइरहेका छन् त्यहि रिपोर्टलाई जेफ बेजोसले पनि चर्चा गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पतञ्जलि जग्गा प्रकरण : माधव नेपाल क्याबिनेटका मन्त्री अदालतमा तानिए

काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...

शनिबारसम्म तराईमा तातो हावाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले ...

३२ वर्षदेखि अतिक्रमणमा कारागारको डेढ विघा जग्गा, अदालतको आदेश पनि कार्यान्वयन भएन

राजविराज । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको डेढ विघाभन्दा बढी सरकारी जग्गा तीन दशकभन्दा लामो समयदेखि अतिक्रमणमा पर्दा पनि राज्य संयन्त्रले फि...

द्वन्द्वकालीन यौन हिंसामा कानुनी न्याय मात्र पर्याप्त छैनः देवी खड्का

काठमाडौं । द्वन्द्वकालीन यौन हिंसाका पीडितहरूले कानुनी निर्णय मात्र पर्याप्त नहुने भन्दै सामाजिक दृष्टिकोण, संस्कृति र राज्यको व्यवहारमा परिवर्तन आवश्...

‘शरणार्थीको रेकर्ड व्यवस्थित गर्न खोज्दा राजद्रोह कसरी हुन्छ ?’ — खाण पक्षको जिकिर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण का तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरूले उनीमाथि लगाइए...

स्वर्णिम वाग्लेलाई प्रवासका प्रतिनिधिको शतप्रतिशत मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा उपसभापति स्वर्णिम वाग्लेले प्रवासबाट...

प्रदेश सभा खारेजीको रास्वपा एजेण्डामा कांग्रेस, एमाले र नेकपाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनबाट अघि सारेको प्रदेश सभा खारेजीसहित संघीय संरचना पुनर्संरचनाको प्रस्ताव प्रति प्रमु...

ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त

काठमाडौं । ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन् । उनी चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए । ...

जुन महिना सुक्खा रह्यो, औसतको ७० प्रतिशत मात्र वर्षाजुन महिना सुक्खा रह्यो, औसतको ७० प्रतिशत मात्र वर्षा

काठमाडौं । नेपालमा यस वर्षको जुन महिनामा अपेक्षाकृत कम वर्षा भएको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि जुन २५ (जेठ १८ देखि असार ११...

फेवातालमा सुरक्षा कडाइ : कास्की प्रशासनको १९ बुँदे निर्देशन

पोखरा । फेवातालसहित कास्कीका तालहरूमा जल पर्यटन गतिविधि अव्यवस्थित बन्दै गएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले डुङ्गा, कायाकिङ र सर्फिङ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending