काठमाडौं । पाकिस्तानको लाहोर शहर र भारतको नयाँ दिल्लीमा लगातर प्रदूषण बढेपछि वायु प्रदूषणको अवस्था गम्भीर श्रेणीमा पुगेको छ । लाहोरको गुणस्तर सूचकांक सोमबार ४८५ एक्यूआइ रहेको छ भने नयाँ दिल्लीको एक्यूआई ४३७ रहेको छ, जुन प्रदुषणको गम्भीर अवस्था हो ।
भारतको राष्ट्रिय राजधानी दिल्लीसहित उत्तर प्रदेश, हरियाणा र राजस्थानका पाँच प्रमुख सहरहरूमा वायु गुणस्तर सूचकांक ३०० नाघेको छ । सबैभन्दा खराब अवस्था दिल्लीको रहेको छ, जहाँ सोमबार बिहान वायुको औसत गुणस्तर ४ सय नाघेको छ ।
आइतबार दिल्ली बाहेक, उत्तर भारतका प्रमुख शहरहरू जहाँ एक्यूआइ ३०० भन्दा बढी थियो । जहाँ हरियाणाको बहादुरगढ ३३५ र सोनीपतको ३२१, यूपीको मुजफ्फरनगर ३०२ र राजस्थानको श्रीगंगानगरको ३२७ रहेको थियो ।
बुधबारसम्म राजधानीको हावा अत्यन्त कमजोर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार हावाको गति प्रतिघण्टा ५ देखि १५ किलोमिटर रहेको थियो । अबको दुई–तीन दिन यस्तै अवस्था रह्यो भने वायुको गुणस्तरमा सुधार आउने आशा कमै छ । साथै बिहान हल्का कुहिरो लाग्ने सम्भावना रहेको छ ।
भारतको नयाँ दिल्लीमा पियुसी नभएका ५४ हजार सवारी साधनलाई जरिवाना गरिएको छ ।
अक्टोबर १५ देखि ३१ सम्म राष्ट्रिय राजधानी र आसपासका क्षेत्रमा वायु प्रदूषण नियन्त्रण गर्ने मापदण्ड लागू नगरेको भन्दै ५६ निर्माण तथा भत्काउने स्थल बन्द गरिएको छ भने ५ सय ९७ साइटलाई जरिवाना गरिएको छ । यस अवधिमा वैध प्रदूषण नियन्त्रण प्रमाणपत्र ९पीयूसी० नभएका ५४ हजार सवारीसाधनलाई जरिवाना समेत गरिएको छ भने उमेर हद नाघेका ३ हजार ९ सय सवारी साधन जफत गरिएको छ ।
दिल्ली(एनसीआरमा वायु गुणस्तर सुधार गर्न गठित केन्द्रीय प्यानल एयर क्वालिटी म्यानेजमेन्ट आयोगले आइतबार एक विज्ञप्तिमा यो जानकारी दिएको हो। आयोगले एनसीआरभर अवैध डम्पिङ साइटहरूको लागि ५ हजार ३०० भन्दा बढी गहन निरीक्षण गरिएको बताएको छ ।
आइतबार पञ्जाबमा पराल जलाउने २१६ घटनाहरू रिपोर्ट गरिको मिडिया रिपोर्टमा उल्लेख छ । पञ्जाब रिमोट सेन्सिङ सेन्टरको तथ्याङ्क अनुसार, सेप्टेम्बर १५ देखि अहिलेसम्म सम्म राज्यमा कुल ४ हजार १३२ पराल जलाउने घटनाहरू रिपोर्ट गरिएको छ ।
अर्कोतर्फ पाकिस्तानका शहरहरुमा पनि प्रदुषणको तह गम्भीर अवस्थामा पुगेको छ । मुल्तानको सोमबार बिहानको एक्यूआर ५२९ पुगेको छ भने लाहोरको ४५८ पुगेको छ । त्यस्तै पेशावरको १८० र रावलपिंडीको १७० एक्यूआइ पुगेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: