सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा बेवारिसे एक महिलाले सडक पेटीमै बच्चा जन्माएकी छन् । नाम, ठेगाना खुल्न नसकेको र मानसिक सन्तुलन समेत ठिक नरहेको महिलाले आइतबार बिहान करिब ७ बजे शिशु (छोरी) लाई जन्म दिएकी हुन् ।
मागेर खाँदै हिँड्ने महिलाले सडक पेटीमै बच्चा जन्माएको भनी स्थानीयले खबर गरेपछि तत्काल नवलपुर चोकमा पुगेर महिला र नवजात शिशुको उद्धार गरिएको लालबन्दी नगरपालिकाको विपद् तथा वातावरण शाखामा कार्यरत सुरेन्द्र खतिवडाले जानकारी दिए ।
सुत्केरी महिलालाई नगर अस्पताल लालबन्दी ल्याएर सामान्य उपचारपश्चात् थप उपचारका लागि जनकपुरतर्फ पठाइएको खतिवडाले बताए । महिलाले जन्माएको शिशु स्वस्थ रहे पनि सुत्केरीको शरीरबाट साल छुट्टिन बाँकी रहेकाले सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गर्न आवश्यक रहेको नगर अस्पताल लालबन्दीले जनाएको छ ।
महिलाको थप उपचार प्रदेश राजधानी जनकपुरस्थित प्रादेशिक अस्पतालमा हुनेछ । सुत्केरी महिला र नवजात शिशु दुवैलाई राख्न मानव सेवाश्रम तयार भएकाले उपचारपश्चात आश्रमकै जिम्मा लगाउने तयारी रहेको खतिवडाले बताए ।
आइतबार बिहान चिसोको समयमा बेवारिसे महिलाबाट सडकमा शिशु जन्मिएको खबर पाएपछि लालबन्दी नगरपालिका–१, का वडाध्यक्ष हरिहर भट्टराई, नगरपालिकाको विपद् तथा वातावरण शाखाका कर्मचारी खतिवडा, सुरक्षाकर्मीलगायत भएर आमा र शिशु दुवैको उद्धार गरेका हुन् । सडक पेटीबाट उद्धार गरिएकी महिलाले आफ्नो नाम कृष्णा र घर भारतको अरैया बताए पनि त्यसको पुष्टी हुन सकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: