Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

समय थपेर वार्ता गर्न कांग्रेसमा नै दबाब

\"congressकाठमाडौं । कांग्रेसका मधेसी र थारू सभासद्ले वार्ताको विश्वसनीय वातावरणका लागि तत्काल तराईबाट सेना फिर्ता गरेर मध्यस्थकर्ताको टिम बनाउन प्रधानमन्त्री सुशील कोइरालासँग आग्रह गरेका छन् ।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ शनिबार मधेसी र थारू सभासद्हरूको छलफलमा वार्ताबाट तराईमा जारी आन्दोलनको समाधान खोज्न तत्काल सरकार र प्रमुख राजनीतिक दलहरूले सेना फिर्ता, तीनदेखि चार दिनसम्म संविधानसभाको प्रक्रिया रोक्ने र वार्ताका लागि मध्यस्थकर्ता टिम बनाउने निर्णय भएको हो । उक्त निर्णयपछि कांग्रेस सभासद् सुरेन्द्रप्रसाद चौधरीले प्रधानमन्त्रीलाई भेटेर उक्त मागबारे जानकारी गराएका थिए ।   ‘मैले प्रधानमन्त्रीलाई भेटेर वार्ताबाट समस्या समाधान गर्न तत्काल तराईबाट सेना फिर्ता गर्नुपर्ने, मध्यस्थकर्ता समूह गठन गर्ने र संविधानसभाको प्रक्रिया थप ३ देखि ४ दिन रोक्न अनुरोध गरेको छु’, प्रधानमन्त्रीसँगको भेटपछि चौधरीलेभने, ‘उहाँले सल्लाह गर्ने बताउनुभएको छ ।’   प्रक्रिया केही दिन स्थगन गरे पनि सार्थक वार्ता नभए अर्थ नहुने भन्दै कांग्रेसका मधेसी र थारू सभासद्हरूले मध्यस्थकर्ता टोली नै गठन गर्नुपर्ने माग ल्याएका हुन् । उनीहरूले दुवै पक्षले विश्वास गर्ने गरी मध्यस्थकर्ता टोली गठन गर्दा वार्ताको वातावरण बन्ने र त्यसले सार्थक समाधानको बाटो पहिल्याउन सहयोग गर्ने दाबी गरेका छन् । ‘दुवै पक्षले विश्वास गर्ने वातावरण बनाउन तत्काल एउटा मध्यस्थकर्ता टोली बनाएर अघि बढ्न सुझाव दिएका छौं’, चौधरीले भने । शनिबारै भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि, कांग्रेस संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना र केन्द्रीय सदस्य एवं सभासद् रामकृष्ण यादवले पनि प्रधानमन्त्रीसँग भटेर सोही विषयको जानकारी गराएका थिए ।   उनीहरूले वार्ता गर्ने भनेर संविधानसभाको प्रक्रिया स्थगन गर्ने तर तराईमा सेना परिचालन गरेर ‘जनता मार्ने’ काम जारी राख्दा विश्वसनीय वातावरण बन्न नसक्ने भन्दै तत्काल सेना फिर्ता गर्न प्रधानमन्त्रीसँग आग्रह गरे । सबै प्रक्रिया पुर्‍याएर सार्थक वार्ता गर्न केही समय लाग्ने भएकाले आइतबारसम्म स्थगन गरिएको संविधानसभाको प्रक्रिया थप ३ देखि ४ दिन लम्ब्याउन पनि उनीहरूले आग्रह गरे । ‘दुईचार दिन प्रक्रिया लम्बिँदैमा केही बिग्रँदैन’, चौधरीले भने, ‘साँच्चिकै समस्या समाधान गर्न विश्वसनीय वार्ताका लागि त्यसअघि गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्छ ।’   कांग्रेसका ५२ मधेसी र थारू सभासद्ले सुरुदेखि नै तराईमा जारी आन्दोलनलाई वार्ताका माध्यमबाट समाधान गरेर मात्रै प्रक्रिया अघि बढाउन माग गर्दै आएका छन् । उनीहरूले पार्टीभित्र तराईको आन्दोलन सम्बोधन गर्न पटकपटक औपचारिक ज्ञापनपत्रसमेत दिँदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending