Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

रघुनाथ पोखरीमा छठ पर्वको तयारी

खबरडबली संवाददाता

लहान। दिपावली पर्व सकेलगतै मनाइने छठ पर्वको लागि पोखरी नदी ताल तलैयामा घाटको तयारी थालिएको छ । लहान–३ स्थित रघुनाथपुर पोखरी घाटलाई सजाउन तयारी सुरु गरिएको छ ।  

छठघाट तयारी समितिका अध्यक्ष भुवनेश्वर महतोका अनुसार दुई सयभन्दा बढी घाट निर्माण कार्य दिनरात लागेर आधा दर्जन टेन्टका कामदार काम गरिरहेका छन् । पोखरीमा छठ देउताको मूर्ति निर्माण कार्य पनि भइरहेको छ । प्रतिघाट सात सयदेखि बढीमा पन्ध्र सयसम्म लिइने घाट सुरक्षितका लागि दिपावलीभन्दा पहिलेदेखि नै छठ पूजा गर्ने भक्तजनको चाप रहेको अध्यक्ष महतोले बताए ।

अब घाट उपलब्ध गराउन नसकेर भक्तजनहरुलाई खुटी खोला र आफ्नै गाउँ ठाउँको पोखरीमा छठ गर्न फर्काउनु परिरहेको उनले बताए। लहान –३ को रघुनाथपुर पोखरी र लहान नगरपालिकाका स्थानीय पोखरीको सजावट कार्य भइरहेको छ ।

लहान बजार क्षेत्रमा पर्ने वडा ४, ५, ६, ७, ८, ९ र १० नम्बरका हजारौ भक्तजन खुटी खोलामा छठ पर्व मनाउन सरसफाइ गरी घाट सुरक्षित गर्नका लागिपरेको लहान नगरपालिकाले जनाएको छ । 

नगरप्रमुख महेशप्रसाद चौधरीले भने, ‘छठघाट निर्माणका लागि सघाउन र सरसफाइ गर्नका लागि सरसफाइकर्मी ट्याक्टर र अन्य साधन खटाएको छ । छठ पर्वमा बजार क्षेत्रका भक्तजनको ठुलो संख्यामा खुटीमा हुने छठघाट निर्माणको कार्य भइरहेको छ । छठ पर्वमा घाट निर्माणको लागि चाहिने आवश्यक सहयोग वडा कार्यालयको माध्यमबाट भइरहेको र थप सहयोग गरिनेछ ।’

सिरहाको खुटी बलान, गागन कमला घुर्मी लगायतका स्थलहरुमा छठ पर्वको तयारीको लागि घाट निर्माणका जुटि सकेका छन् । छठ पर्वको छठ घाटमा के गरवि के धनी दलित मधेशी पहाडी र मुस्लिम समुदाय समेत छठ पर्वमा सहभागिता जनाउने जिल्ला समन्वय समितिका प्रमुख दिनेशकुमार मतहतोले बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending