Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

मधेसमा ट्राफिक नियम उलंघन गरे वापत चार करोड ३९ लाख जरिवाना, ९५ को मृत्यु

खबरडबली संवाददाता

मधेसमा ट्राफिक नियम उलंघन गरे वापत चार करोड ३९ लाख जरिवाना, ९५ को मृत्यु
बारा। तीन महिनामा चार करोड ३९ लाखबढी जरिवाना असुल भएको तथा ९५ को मृत्यु भएको छ । मधेस प्रदेशमा ट्राफिक नियम उलंघन गरेको वापत कारवाही स्वरुप चालु–आर्थिक वर्षको तीन महिनामा चार करोड ३९ लाख ४२ हजार ७०१ रुपियाँ जरिवाना असुल भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा र त्यस मातहतका आठ वटै जिल्लामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बिभिन्न सवारीलाई चेकिङ्ग गर्दा ट्राफिक नियम विपरित रहेकाहरुबाट सो जरिवाना असुल गरिएको हो । 

पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी र पथलैयाबाट चालु–आर्थिकबर्ष ०८१(८२ को साउनदेखि असोज मसान्तसम्म पाँच हजार ७१ बिभिन्न सवारीलाई कारवाही गर्दा ४ करोड ३९ लाख ४२ हजार ७०१ रुपियाँ राजस्व संङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी उपरीक्षक भिमकिरण बोगटीले बताए।

गतवर्ष ०८०(८१ मा २५ लाख ९ हजार २०३ विभिन्न सवारीले ट्राफिक नियम उलंघन गरेकोहरुलाई कारवाही गर्दा २३ करोड ३० लाख ७९ हजार ७५६ रुपियाँ राजस्व असुली भएको थियो, उनले जानकारी दिए। 

यसैगरी चालु–आर्थिकबर्ष ०८१(८२ को साउनदेखि असोज मसान्तसम्म आठ वटै जिल्लामा भएका एक हजार ४२७ वटा बिभिन्न दुर्घटनाबाट ९५ जनाले ज्यान गुमाएका छन् । सो दुर्घटनामा परि ७२ पुरुष, १३ महिला र ५(५ जना बालबालिका गरी ९५ जनाको मृत्यु भएको तथा २ हजार ५२३ जना घाईते भएको सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए।

गतवर्ष ०८०(८१ मा छ हजार ५८ वटा भएको दुर्घटनाबाट ४०४ पुरुष, ९१ महिला, १८ बालक र १७ जना बालिका गरी ५३० जनाको मृत्यु भएको तथा ९ हजार ७४५ जना घाईते भएको लामिछानेले भने। 

तीन महिनाको अवधीमा बारा जिल्लामा २४८ वटा दुर्घटना हुँदा २१ जना मृत्यु हुनुको साथै ४३४ जना घाईते भएका छन्, भने रौतहटमा १५३ वटा दुर्घटना हुँदा ९ जनाको मृत्यु तथा २५४ जना घाईते भएका छन् । यसैगरी धनुषमा २६० दुर्घटना हुँदा ९ जनाको मृत्यु र ४६७ जना घाईते भएका छन् ।

दुर्घटना न्यूनिकरण अभियान सफल 

भत्केको सडक, दिनानुदिन बढ्दो सवारीको चापबाट हुदै आएको दुर्घटनालाई न्यूनिकरण गर्न चालिको अभियान सफल भएको छ । 

आर्थिक वर्ष ०८०(८१ मा ५३० जनाको मृत्यु भएको छ भने, ०७९/८० मा भएको दुर्घटनाबाट ४०४ पुरुष, ९१ महिला, २८ बालक र २३ जना बालिका गरी ५४६ जनाको मृत्यु भएको थियो । आर्थिकवर्ष ०७९(८० को भन्दा गतवर्ष मृत्यु हुनेमा सँख्या १६ जना कम भएको छ, यो अभियानको सफलता नै रहेको प्रहरी नायब उपरीक्षक लामिछानेले भने ।

सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले मधेस प्रदेशको आठ वटै जिल्लामा अभियान चलाएको छ । क्षमताभन्दा अधिक भार बोक्न, सडकमा जथाभावी पार्किङ् गर्ने, हेल्मेट प्रयोग नगर्ने, बढी स्पिड् सवारी कुदाउने, ओभर टेकगर्ने लगायतका कार्यको ट्राफिक प्रहरीले सचेतना कार्यक्रम गर्दै आएको जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अत्यधिक गर्मीमा पनि टिनको छानामुनि पढ्न बाध्य बालबालिका

नेपालगन्ज। देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै का...

रास्वपाको जिल्ला अधिवेशन आजदेखि, ६६ जिल्लामा संगठन विस्तार अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार ...

एसीसी महिला प्रिमियर कपमा आज नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...

आज डलर कति पुग्यो? यस्तो छ विदेशी मुद्राको नयाँ दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...

पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’को सम्पादकमा नियुक्त

काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...

समानुपातिक सूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अनिवार्य गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...

काेशीमा ४ करोड र २ करोडको बजेट सीमा, किन बन्यो विवादको केन्द्र?

विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...

एमालेमा पराजयपछि बढ्दो असहमति : नेतृत्व, पुनर्गठन र यथार्थबीचको टकराव

काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...

बीपी राजमार्गमा सवारी सञ्चालनको समय हेरफेर

बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...

कृष्णकुमारीको ‘नारी रेखा’ सार्वजनिक

काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending