महोत्तरी । मिथिलाञ्चललगायत मधेसका अधिकांश क्षेत्रमा आज दीपावली (तिहार) पर्वको चौथो दिन ‘गोधन’ पर्व मनाइँदैछ । यमपञ्चकको चौथो दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । बस्तीमा सगोत्र बन्धुबान्धवभित्रका घरमुली महिला एक ठाउँमा जम्मा भइ मङ्गलगीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा छ ।
पर्वमा गाईको गोवरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार ९पानीमा घोलिएको अरवा चामलको पिठो० ले पूजा गरिन्छ । विघ्ननाशक गणपतिको आह्वान गर्दै सुरु गरिने यो पूूजाविधिमा प्रकृतिको आराधना गरिने मिथिला संस्कृतिका अध्येता साहित्यकार डा राजेन्द्रप्रसाद विमलले बताए ।
यो पर्व द्वापरयुगमा श्रीकृष्णले गोकुल नजिकको गोवर्द्धन पर्वतलाई इष्टजनसहित पूजा गरी जनहिको काम गरेको सम्झनामा मनाउन थालिएको डा विमलले उल्लेख गरे । गाई ९गो० मुख्य पशुधन मानिने तत्कालीन बेला श्रीकृष्णले गोवर्द्धन पर्वतले गाई पाल्न घाँस, पानी दिएको भन्दै सबैले पर्वतलाई पूजा गर्न आह्वान गरिएकाले यसलाई परम्पराका रुपमा पूजा गर्न थालिएको मिथिला संस्कृतिका अध्येता डा।विमलले बताए । पछि गोवर्द्धन पूजा नै मिथिलामा ‘गोधन’ भन्न थालिएको हो ।
कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चक पर्वको चौथो दिन मनाइने यस पर्वमा मिथिलाका कतिपय जाती समुदायमा महिलाहरुले धान, सिन्दूर, फूल, दुबो र पिठार ओखलमा राखेर कुट्ने गर्छन् । यो मिश्रण गाई, गोरुसहित पशुधनलाई रङ्ग्याउन प्रयोग गरिन्छ । गाई, गोरुलाई विभिन्न रङ्ग मिसाएर रङ्गाउँदा पशु सुरक्षित हुने र रोगब्याधि नलाग्ने मैथिल जनविश्वास छ ।
पर्वका दिन घरघर गाई, गोरुका सिङ, खुरमा तोरीको तेल लगाई दिने, पिना ख्वाउने र नयाँ दाम्ला लगाइदिने परम्परा छ । यस दिन घरमा पशुधन हेरचाह गर्ने गोठाला र कृषि कार्यमा सहयोगीका रुपमा रहेका हलीलाई आदर सत्कारसहित निम्ता गरेर वस्त्र फेराउने र विशेष परिकार भोजन गराई दक्षिणा दिने गरिन्छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...




प्रतिकृया लेख्नुहोस्: