रौतहट। सर्लाही जिल्लाको बरहथवा बजारमा शुक्रबार राति भएको भीषण आगलागीबाट करिब तीन करोड बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ ।
स्थानीय किसुन दासको घरमा सञ्चालित विभिन्न व्यापारिक पसलमा आगलागी भएको हो, जसबाट दर्जनौं पसलमा ठूलो क्षति पुगेको छ ।
बरहथवा नगरपालिका(७ स्थित घटनास्थलमा नरेश साहले सञ्चालन गर्दै आएको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार तथा सरोज राउत कुर्मीको कपडा सिलाउने पसलमा व्यापक क्षति पुगेको प्रहरीले जनाएको छ ।
विशेषगरी साहको किराना पसलमा दशैं–तिहारको पर्वलाई मध्यनजर गर्दै धेरै सामानको भण्डारण गरिएकोले त्यहाँ बढी नोक्सानी भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गौतम थापाका अनुसार आगलागीबाट करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
आगलागी राति करिब ११ः३० बजेतिर शुरु भएको थियो, जुन नियन्त्रणमा लिन दुई घण्टाभन्दा बढी समय लागेको थियो। स्थानीय बासिन्दा, सुरक्षाकर्मी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा करिब राति २ बजेतिर मात्रै आगो नियन्त्रणमा लिन सकिएको थियो। स्थानीय र प्रहरीको समयमै प्रयास भए पनि तीव्र आगलागीका कारण क्षति रोक्न गाह्रो भएको थियो।
अहिलेसम्म आगलागीको ठ्याक्कै कारण भने खुलेको छैन। स्थानीयहरुका अनुसार सम्भवतः विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ, तर यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगलागीबाट प्रभावित व्यापारीहरु अहिले ठुलो आर्थिक संकटमा परेका छन् र उनीहरुले सहयोगका लागि स्थानीय प्रशासन र सरकारी निकायसँग आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - १४:३८
काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...
जेष्ठ ३० गते, २०८३ - १४:३३
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...
जेष्ठ ३० गते, २०८३ - १३:१४
घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...
जेष्ठ ३० गते, २०८३ - १३:०५
हिले। धनकुटाको महालक्ष्मी नगरपालिकामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–९, खाल्डे कटहरेका ४७ वर्षीय राम...
जेष्ठ ३० गते, २०८३ - १२:५१
बनेपा। विपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा भएको बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्...
जेष्ठ ३० गते, २०८३ - १०:४६
काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ । ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (नेपाल क्लिन एयर एण्ड प्...
जेष्ठ ३० गते, २०८३ - १०:२४
विराटनगर। मोरङ विराटनगर–१८, फँडानी निवासी गदी ऋषिदेवको उमेर ५० पुगे पनि नागरिकता पाएको थिएनन् । नागरिकता लिन उनी जिल्ला प्रशासन कार्यालय पुगे। सबै काग...
जेष्ठ ३० गते, २०८३ - ०९:५६
काठमाडौं । चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई शुक्रबार राति जनकपुर बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय...
जेष्ठ २९ गते, २०८३ - १७:३५
धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...
जेष्ठ २९ गते, २०८३ - १७:१४
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...



प्रतिकृया लेख्नुहोस्: