Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने– दुई दिनले नपुगे चार दिन थप्नुस्

\"rastrapatipm\"काठमाडाैं । राष्ट्रपति डा. रामवरण यादवले सबैलाई समेटेर संविधान जारी गर्न प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन् ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ संविधान निर्माणको अन्तिम क्षण भएकाले राष्ट्रिय एकता बलियो हुनेगरी सबैलाई समेटेर जानुपर्ने सुझाब उनको छ ।   संविधानसभाको प्रक्रिया दुई दिन रोक्दा पनि आन्दोलनरत दलसँग वार्ता हुन नसकेपछि राष्ट्रपति डा। यादवले प्रधानमन्त्रीलाई टेलिफोन गरेर सबैलाई समेट्न सुझाब दिएका हुन् । डा. यादवले अलिकति ढिलोचाँडोले केही नहुने भन्दै दुई दिनको सट्टा चार दिन थपेर भए पनि असन्तुष्टसँग वार्ता गर्न सुझाब दिएको उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए ।   ‘यो संविधान निर्माणको अन्तिम क्षण हो । राष्ट्रिय एकतालई मजबुद बनाउने गरी सबै वर्ग, समुदायलाई समेटेर संविधान निर्माणका लागि अग्रसर भएर पहल गर्नुस् भन्नुभएको छ,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै दाहालले नयाँ पत्रिकासित भने, ‘अलिकति ढिलोचाँडोले केही हुँदैन । दुई दिनले भएन भने चार दिन थप्नुस्, तर यो अवसरलाई सदुपयोग गरेर असन्तुष्ट सिंगो समुदायलाई पनि समेट्नुस् ।’ दुई दिनमा भएका अनौपचारिक प्रयासलाई राष्ट्रपतिले सकारात्मक भनेका थिए । आन्दोलन हिंस्रक र अराजक बन्न नहुने पनि राष्ट्रपति डा। यादवले बताएका छन् । आन्दोलन शान्तिपूर्ण बनाए सेना फिर्ता गर्न सरकारलाई आपत्ति नहुने सन्देश दिन पनि राष्ट्रपतिले प्रधानमन्त्रीलाई सुझाब दिएका छन् । दाहालका अनुसार जवाफमा प्रधानमन्त्रीले भनेका थिए, ‘अरू दलसँग छलफल गरी समाधानको पहल गर्छु ।’   तराईमा महिना दिनदेखि जारी आन्दोलनमा भएको जनधनको क्षतिप्रति पनि राष्ट्रपतिले दुस्ख प्रकट गरेको दाहालले बताए । तराईमा आन्दोलनका क्रममा केही ठाउँमा अराजक र हिंस्रक गतिविधि देखिएको भन्दै राष्ट्रपतिले यसको जिम्मा आन्दोलनरत दलहरूले नै लिनुपर्ने बताएका थिए । ‘कतिपय ठाउँमा आन्दोलन अराजक र हिंस्रक पनि बनेको छ, त्यसका लागि आन्दोलनरत दलहरू जिम्मेवार हुनुपर्छ र त्यसको जिम्मेवारी पनि उनीहरूले नै लिनुपर्छ,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै दाहालले भने ।   यसैबीच, राष्ट्रपति डा। यादवले शनिबारै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पनि टेलिफोन गरेका थिए । श्रेष्ठसँगको संवादमा राष्ट्रपतिले मिलेर अघि बढ्न सुझाब दिएको दाहालले जानकारी दिए । राष्टपतिले शनिबार नै अर्थमन्त्री रामशरण महतसँग शीतलनिवासमै भेटेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending