Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

बुवा-आमासँग अझै सुरक्षित छ साम्बाले स्कुल पढ्दा खेलेको मोजाको बल

सावित्राका बुवा थमन भन्छन्- केटाहरूसँग फुटबल खेल्दा गाउँलेहरूले तेरी छोरी बिग्रिई भनेर सुनाउँथे

खबरडबली संवाददाता

लमजुङ । सावित्रा भण्डारी ‘साम्बा’ले नेपालको मात्र नभई दक्षिण एसियाकै चर्चित महिला फुटबल खेलाडीका रूपमा आफ्नो पहिचान बनाएकी छन्।

गोल गर्ने उत्कृष्ट कला, ‘सेलिब्रेसन’ गर्ने शैली अनि ‘हेयर स्टाइल’ले ‘साम्बा’ चर्चामा हुन्छिन्। हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी साबित्रा सोमबार नेपाल र भारतबीचको सेमिफाइनलपछि अझै चर्चामा छिन्।

साबित्रा लमजुङको साबिक सिम्पानी गाविस–७ हालको मर्स्याङ्दी गाउँपालिका–९ पामचोक गाउँमा हुर्किइन्। थमन भण्डारी र मुना भण्डारीका माइली छोरी हुन् साबित्रा। उनी २०५३ जेठ १५ गते मनाङको चामेमा जन्मिएकी थिइन्।

थमन र मुना छोरीको प्रगति देखेर अहिले दंग छन्। मुना भन्छिन्, 'दुःख गरेर हुर्काएकी छोरी हुन्, केही गर्छिन् भन्ने त लाग्थ्यो। तर फुटबल खेलेरै यति प्रगति गर्छिन् भन्ने हामीले सोचेकै थिएनौं।'

साम्बालाई फुटबलप्रतिको लगाब स्कुल पढ्दादेखि नै थियो। उनकी आमा मुनाका अनुसार ९/१० वर्षकै उमेरदेखि साबित्रा साथीभाइ बटुलेर फुटबल खेल्न जान्थिन्।

'जति बेला पनि फुटबल मात्र खेल्ने, काम गर्न लगायो भने काम गरेजस्तो गर्ने, हाम्रो आँखा छलेरै फुटबल  खेल्थिन्,' उनले भनिन्।

घरको कामलाई भन्दा फुटबललाई बढी प्राथमिकता दिँदा आमाबुबाबाट गाली पनि खान्थिन्। 'आज गाली गर्‍यो, भोलि फेरि साथीभाइ बटुलेर फुटबल खेल्न गइहाल्थिन्,' मुनाले भनिन्।

'काम छोडेर खेल्न मात्र जाने भनेर हामी छोरीलाई सधैँ कराउँथ्यौँ, त्यति बेला सबैभन्दा ठूलो घरको काम हो भन्ने हामीलाई लाग्थ्यो। तर ऊ काम र पढाइभन्दा फुटबल खेल्न मात्र खोज्थिन्। कहिलेकाहीँ पिटाइ पनि खाइन्। त्यति बेला यस्तो राम्रो फुटबल खेलाडी हुन्छिन् भन्ने सोचिएन,' मुनाले त्यतिबेलाको अवस्था स्मरण गर्दै भनिन्।

साबित्रालाई दुःखले हुर्काएकी आमा मुना सुनाउँछिन्।

'सानैदेखि हामीले साँझ बिहान घाँस काट्न लगाउँथ्यौँ, अरु धेरै काम त हुदैनथ्यो, त्यतिबेला केटीले गर्नेभन्दा केटाहरुले गर्ने काम बढी गर्न खोज्ने  उनको बानी थियो,' उनले भनिन्।

'१४/१५ वर्षको उमेरमा उसले गोरु जोत्न थालिन्, आली लगाउने, चाडपर्वमा गाउँमा अरूको खसीबोका मार हान्दै हिँड्थिन्,' छोरीको बाल्यकाल सुनाउँदै मुनाले अगाडि भनिन्।    

विद्यालय जाँदा साबित्रा मोजाको बल लुकाएर लैजान्थिन्। कहिलेकाहीँ बल हान्दै विद्यालयसम्म पुग्थिन्। त्यतिबेला फुटबल खेल्न तम्सिनेहरूमा केटीभन्दा केटा धेरै हुन्थे।

'ठुल्ठुला दाइहरुसँगै फुटबल खेलेर हुर्किएकी  हुन् मेरी छोरी,' साबित्राकी बुबा थमनले भने।  

केटी मान्छे भएर केटाहरूसँग फुटबल खेलेको भनेर गाउँलेहरूले थमनलाई अनेक कुरा सुनाउँथे।

'तेरो छोरी बिग्रिई भनेर कुरा काट्ने गर्थे, तर अहिले उसैले गाउँ, जिल्ला र देशकै नाम राखेको छ, आज समय बदलियो, हिजो कुरा काट्ने उनै गाउँलेहरू प्रशंसा गर्दै हिँडेका छन्,' थमनले भने।  

थमनका अनुसार साबित्रा  १० वर्षको उमेरदेखि नै छोटो छोटो कपाल बनाउने, कुर्ता सलवार लगाउन नखोज्ने, सर्ट पाइन्ट लगाउने गर्थिन्।

'काम पनि छोरी मान्छेले भन्दा छोरा मान्छेले गर्ने खालका बढी रूचाउँथिन्,' थमनले भने।

सावित्राका बुबा थमन त्यतिबेला स्वास्थ्य कार्यालय मनाङमा कार्यालय सहयोगीका रूपमा जागिरे थिए। मनाङमा २०४४ सालमा जागिरे भएका थिए। विसं २०४६ मा उनी स्थायी भएर ३४ वर्ष सेवा गरेर मात्र थमन लमजुङ फर्किएका थिए।

मनाङमै हुँदा सावित्राको जन्म भएको हो। उनी चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयमा नर्सरीमा भर्ना भइन्। पछि पाँच वर्षको उमेर हुँदा आमा मुनासँगै लमजुङ फर्किइन्। बुबा थमन भने जागिरका सिलसिलामा मनाङमै धेरै बसे।

जागिरबाट आएको तलबले घर व्यवहार टार्न मुस्किल हुने थमन स्मरण गर्छन्। चार छोरी, दुई छोरालाई पढाउन हुर्काउन निकै समस्या थियो। तर अहिले हामीलाई सावित्राले हेरेकी छन्। अब हामीलाई पहिलाको जस्तो दुःख छैन,' थमनले भने। 

सावित्राले गाउँकै सरस्वती सदन आधारभूतमा नर्सरीदेखि कक्षा ७ सम्म पढेकी थिइन्। गणेश माविमा कक्षा ८ देखि ९ सम्म पढिन्।

'उक्त विद्यालयमा ९ कक्षा पढ्दै गर्दा खुदीस्थित अमर माविका शिक्षक श्यामबहादुर थापाले राम्रो फुटबल खेल्दोरहेछ, यस्तो खेलाडी हाम्रो विद्यालयमा पढ्नुपर्छ भन्दै आफ्नो विद्यालयमा भर्ना गरिदिनुभयो,' थमनले भने, 'फुटबलमा लगाव धेरै भए पनि सावित्राको पढाइ पनि राम्रै  थियो।'

सावित्रालाई आफ्नै गाउँ नजिकै रहेको खुदीस्थित मनास्लु युवा क्लबको टोलीमा सहभागी भएर फुटबल खेल्ने अवसर मिल्यो।

उक्त क्लबमा आबद्ध भएर उनी क्व्होलासोथर गाउँपालिका–३ स्थित दक्षिण एसियाकै नमूना घलेगाउँमा आयोजना गरिएको फुटबल प्रतियोगितामा सहभागी भएकी थिइन्। महिला फुटबल प्रतियोगितामा उनी सहभागी भएको मनास्लु युवा क्लब प्रथम भयो।

'छोरीको खेल उत्कृष्ट देखेर त्यतिबेला रेफ्री शुक्र लामाले महिला फुटबल खेलाडीका रूपमा राष्ट्रिय स्तरसम्म पुग्ने अवसर दिनुभयो। काठमाडौँ जान्छु भनेर खबर गरिन्। म मनाङमै थिए। दुईचार दिन खेत रोपेर जाने सल्लाह दिएँ, म घर आएपछि काठमाडौं पठाएँ,' थमनले भने।

काठमाडौँ गएपछि सावित्राले सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा जागिरे भए। साबित्रा जागिरे भएको कुरा उनका आमाबाबुले दुई वर्षपछि मात्र थाहा पाए।

'भर्ती भएपछि किन फुटबल नै खेलेको भनेर सोधेँ। फुटबल खेल्न पाइने भएकै कारण जागिर खाएको जवाफ दिइन्,' थमन भन्छन्।

यसपालिको साफ च्याम्पियनसिपमा छोरी खेलेको सबै खेल हेरेको साबित्राका बाबुआमा बताउँछन्। खेल मोबाइलबाटै हेरेको उनीहरू बताउँछन्।  

सावित्राले कक्षा ६ देखि खेल्दै आएको मोजाको बल पनि अहिलेसम्म घरमा सुरक्षित छ। आफ्नी छोरीले सानोमा खेल्ने बल अहिलेसम्म सुरक्षित राखेको थमन र मुना बताउँछन्।

त्यही मोजाको बल खेल्दै हिँड्ने साबित्राको अझै सम्झना छ छिमेकी मधुराम भण्डारीलाई। मधुराम साबित्रासँगै मोजाको बल फुटबल बनाएर खेल्थे।

'हामी पहिला सँगै बल खेल्थ्यौ, उसलाई बल टिप्न लगाउँथ्यौं, निडर स्वभाव थियो। केही गर्लाजस्तो लाग्थ्यो। अहिले देशको नाम राखेकी छन्। खुसी लाग्छ,' मधुराम बताउँछन्।  

केटाहरू खेलिरहँदा साबित्रा एक्लै मिसिएर बल खेल्न जाने सावित्राको भाइ आशिष बताउँछन्।

'दिदी बल समाएर हिँडेपछि हामीहरू पनि पछिपछि लागेर जान्थ्यौं। कहिलेकाहीँ हामीले खेल्न मन नलागेको बेलामा दिदीले कुटेर भए पनि खेल्न लगाउनुहुन्थ्यो,' आशिषले भने। (रासस)

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending