Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

बुवा-आमासँग अझै सुरक्षित छ साम्बाले स्कुल पढ्दा खेलेको मोजाको बल

सावित्राका बुवा थमन भन्छन्- केटाहरूसँग फुटबल खेल्दा गाउँलेहरूले तेरी छोरी बिग्रिई भनेर सुनाउँथे

खबरडबली संवाददाता

लमजुङ । सावित्रा भण्डारी ‘साम्बा’ले नेपालको मात्र नभई दक्षिण एसियाकै चर्चित महिला फुटबल खेलाडीका रूपमा आफ्नो पहिचान बनाएकी छन्।

गोल गर्ने उत्कृष्ट कला, ‘सेलिब्रेसन’ गर्ने शैली अनि ‘हेयर स्टाइल’ले ‘साम्बा’ चर्चामा हुन्छिन्। हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी साबित्रा सोमबार नेपाल र भारतबीचको सेमिफाइनलपछि अझै चर्चामा छिन्।

साबित्रा लमजुङको साबिक सिम्पानी गाविस–७ हालको मर्स्याङ्दी गाउँपालिका–९ पामचोक गाउँमा हुर्किइन्। थमन भण्डारी र मुना भण्डारीका माइली छोरी हुन् साबित्रा। उनी २०५३ जेठ १५ गते मनाङको चामेमा जन्मिएकी थिइन्।

थमन र मुना छोरीको प्रगति देखेर अहिले दंग छन्। मुना भन्छिन्, 'दुःख गरेर हुर्काएकी छोरी हुन्, केही गर्छिन् भन्ने त लाग्थ्यो। तर फुटबल खेलेरै यति प्रगति गर्छिन् भन्ने हामीले सोचेकै थिएनौं।'

साम्बालाई फुटबलप्रतिको लगाब स्कुल पढ्दादेखि नै थियो। उनकी आमा मुनाका अनुसार ९/१० वर्षकै उमेरदेखि साबित्रा साथीभाइ बटुलेर फुटबल खेल्न जान्थिन्।

'जति बेला पनि फुटबल मात्र खेल्ने, काम गर्न लगायो भने काम गरेजस्तो गर्ने, हाम्रो आँखा छलेरै फुटबल  खेल्थिन्,' उनले भनिन्।

घरको कामलाई भन्दा फुटबललाई बढी प्राथमिकता दिँदा आमाबुबाबाट गाली पनि खान्थिन्। 'आज गाली गर्‍यो, भोलि फेरि साथीभाइ बटुलेर फुटबल खेल्न गइहाल्थिन्,' मुनाले भनिन्।

'काम छोडेर खेल्न मात्र जाने भनेर हामी छोरीलाई सधैँ कराउँथ्यौँ, त्यति बेला सबैभन्दा ठूलो घरको काम हो भन्ने हामीलाई लाग्थ्यो। तर ऊ काम र पढाइभन्दा फुटबल खेल्न मात्र खोज्थिन्। कहिलेकाहीँ पिटाइ पनि खाइन्। त्यति बेला यस्तो राम्रो फुटबल खेलाडी हुन्छिन् भन्ने सोचिएन,' मुनाले त्यतिबेलाको अवस्था स्मरण गर्दै भनिन्।

साबित्रालाई दुःखले हुर्काएकी आमा मुना सुनाउँछिन्।

'सानैदेखि हामीले साँझ बिहान घाँस काट्न लगाउँथ्यौँ, अरु धेरै काम त हुदैनथ्यो, त्यतिबेला केटीले गर्नेभन्दा केटाहरुले गर्ने काम बढी गर्न खोज्ने  उनको बानी थियो,' उनले भनिन्।

'१४/१५ वर्षको उमेरमा उसले गोरु जोत्न थालिन्, आली लगाउने, चाडपर्वमा गाउँमा अरूको खसीबोका मार हान्दै हिँड्थिन्,' छोरीको बाल्यकाल सुनाउँदै मुनाले अगाडि भनिन्।    

विद्यालय जाँदा साबित्रा मोजाको बल लुकाएर लैजान्थिन्। कहिलेकाहीँ बल हान्दै विद्यालयसम्म पुग्थिन्। त्यतिबेला फुटबल खेल्न तम्सिनेहरूमा केटीभन्दा केटा धेरै हुन्थे।

'ठुल्ठुला दाइहरुसँगै फुटबल खेलेर हुर्किएकी  हुन् मेरी छोरी,' साबित्राकी बुबा थमनले भने।  

केटी मान्छे भएर केटाहरूसँग फुटबल खेलेको भनेर गाउँलेहरूले थमनलाई अनेक कुरा सुनाउँथे।

'तेरो छोरी बिग्रिई भनेर कुरा काट्ने गर्थे, तर अहिले उसैले गाउँ, जिल्ला र देशकै नाम राखेको छ, आज समय बदलियो, हिजो कुरा काट्ने उनै गाउँलेहरू प्रशंसा गर्दै हिँडेका छन्,' थमनले भने।  

थमनका अनुसार साबित्रा  १० वर्षको उमेरदेखि नै छोटो छोटो कपाल बनाउने, कुर्ता सलवार लगाउन नखोज्ने, सर्ट पाइन्ट लगाउने गर्थिन्।

'काम पनि छोरी मान्छेले भन्दा छोरा मान्छेले गर्ने खालका बढी रूचाउँथिन्,' थमनले भने।

सावित्राका बुबा थमन त्यतिबेला स्वास्थ्य कार्यालय मनाङमा कार्यालय सहयोगीका रूपमा जागिरे थिए। मनाङमा २०४४ सालमा जागिरे भएका थिए। विसं २०४६ मा उनी स्थायी भएर ३४ वर्ष सेवा गरेर मात्र थमन लमजुङ फर्किएका थिए।

मनाङमै हुँदा सावित्राको जन्म भएको हो। उनी चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयमा नर्सरीमा भर्ना भइन्। पछि पाँच वर्षको उमेर हुँदा आमा मुनासँगै लमजुङ फर्किइन्। बुबा थमन भने जागिरका सिलसिलामा मनाङमै धेरै बसे।

जागिरबाट आएको तलबले घर व्यवहार टार्न मुस्किल हुने थमन स्मरण गर्छन्। चार छोरी, दुई छोरालाई पढाउन हुर्काउन निकै समस्या थियो। तर अहिले हामीलाई सावित्राले हेरेकी छन्। अब हामीलाई पहिलाको जस्तो दुःख छैन,' थमनले भने। 

सावित्राले गाउँकै सरस्वती सदन आधारभूतमा नर्सरीदेखि कक्षा ७ सम्म पढेकी थिइन्। गणेश माविमा कक्षा ८ देखि ९ सम्म पढिन्।

'उक्त विद्यालयमा ९ कक्षा पढ्दै गर्दा खुदीस्थित अमर माविका शिक्षक श्यामबहादुर थापाले राम्रो फुटबल खेल्दोरहेछ, यस्तो खेलाडी हाम्रो विद्यालयमा पढ्नुपर्छ भन्दै आफ्नो विद्यालयमा भर्ना गरिदिनुभयो,' थमनले भने, 'फुटबलमा लगाव धेरै भए पनि सावित्राको पढाइ पनि राम्रै  थियो।'

सावित्रालाई आफ्नै गाउँ नजिकै रहेको खुदीस्थित मनास्लु युवा क्लबको टोलीमा सहभागी भएर फुटबल खेल्ने अवसर मिल्यो।

उक्त क्लबमा आबद्ध भएर उनी क्व्होलासोथर गाउँपालिका–३ स्थित दक्षिण एसियाकै नमूना घलेगाउँमा आयोजना गरिएको फुटबल प्रतियोगितामा सहभागी भएकी थिइन्। महिला फुटबल प्रतियोगितामा उनी सहभागी भएको मनास्लु युवा क्लब प्रथम भयो।

'छोरीको खेल उत्कृष्ट देखेर त्यतिबेला रेफ्री शुक्र लामाले महिला फुटबल खेलाडीका रूपमा राष्ट्रिय स्तरसम्म पुग्ने अवसर दिनुभयो। काठमाडौँ जान्छु भनेर खबर गरिन्। म मनाङमै थिए। दुईचार दिन खेत रोपेर जाने सल्लाह दिएँ, म घर आएपछि काठमाडौं पठाएँ,' थमनले भने।

काठमाडौँ गएपछि सावित्राले सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा जागिरे भए। साबित्रा जागिरे भएको कुरा उनका आमाबाबुले दुई वर्षपछि मात्र थाहा पाए।

'भर्ती भएपछि किन फुटबल नै खेलेको भनेर सोधेँ। फुटबल खेल्न पाइने भएकै कारण जागिर खाएको जवाफ दिइन्,' थमन भन्छन्।

यसपालिको साफ च्याम्पियनसिपमा छोरी खेलेको सबै खेल हेरेको साबित्राका बाबुआमा बताउँछन्। खेल मोबाइलबाटै हेरेको उनीहरू बताउँछन्।  

सावित्राले कक्षा ६ देखि खेल्दै आएको मोजाको बल पनि अहिलेसम्म घरमा सुरक्षित छ। आफ्नी छोरीले सानोमा खेल्ने बल अहिलेसम्म सुरक्षित राखेको थमन र मुना बताउँछन्।

त्यही मोजाको बल खेल्दै हिँड्ने साबित्राको अझै सम्झना छ छिमेकी मधुराम भण्डारीलाई। मधुराम साबित्रासँगै मोजाको बल फुटबल बनाएर खेल्थे।

'हामी पहिला सँगै बल खेल्थ्यौ, उसलाई बल टिप्न लगाउँथ्यौं, निडर स्वभाव थियो। केही गर्लाजस्तो लाग्थ्यो। अहिले देशको नाम राखेकी छन्। खुसी लाग्छ,' मधुराम बताउँछन्।  

केटाहरू खेलिरहँदा साबित्रा एक्लै मिसिएर बल खेल्न जाने सावित्राको भाइ आशिष बताउँछन्।

'दिदी बल समाएर हिँडेपछि हामीहरू पनि पछिपछि लागेर जान्थ्यौं। कहिलेकाहीँ हामीले खेल्न मन नलागेको बेलामा दिदीले कुटेर भए पनि खेल्न लगाउनुहुन्थ्यो,' आशिषले भने। (रासस)

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending