पाल्पा। रामपुर नगरपालिका–४, देविस्थानका भागीरथ आलेको परिवारलाई यतिबेला रोटीका परिकार बनाउन भ्याइनभ्याइ छ । तिहार नजिकिदै गर्दा अर्सा, चिनी रोटी, सेल रोटी र बटुकको माग बढेकाले परिकार बनाएर विक्री गर्न भ्याइनभ्याइ भएको हो ।
आलेले चाड पर्व र विशेष उत्सवका लागि मात्र नभै दैनिक रुपमा रोटीको परिकार तयार गर्दै आउनु भएको छ । रोटीका परिकार तयार गरी विक्री गर्दै आएका उनले तिहारका लागि रोटीको माग उच्च रहेको बताए । ‘तीज देखि नै रोटीको माग बढ्दै गएको थियो । तिहार नजिकिदै गर्दा माग अझ बढेको छ,’ उनले भने।
रोटीका परिकार बनाउनका लागि अहिले उहाँको परिवारका सदस्य तथा आफन्त गरी ७ जना निरन्तर खट्दै आएको छ । अन्य समय बढीमा ४ जनाले सहजै तयार गरेर माग पुरा गर्न सकिने भए पनि अहिले माग बढेकाले ७ जनालाई पनि काम गर्न भ्याइनभ्याइ भएको आले बताउनुहुन्छ । पाँच वर्ष अघि आमा घनीमायाले सुरुवात गर्नु भएको व्यावसाय पछिल्लो समय छोरा भागीरथले सम्हाल्दै आएको छ ।
तिहार नजिकिदै जाँदा अहिले दैनिक २५ हजार भन्दा बढीको रोटीका परिकार विक्री हुँदै आएको जानकारी दिए । उनले भने, ‘अन्य समयमा अर्सा रोटी दैनिक ५ हजार रुपियाँको विक्री हुँदै आएको थियो । तिहार संगै २० हजार भन्दा बढीको अर्सा रोटी विक्री हुन्छ । चिनी रोटी, सेल र बटुकको परिकार पाँच हजार सम्म विक्री गर्दै आएका छौं ।’ उहाँले उहाँको आगार्निक रोटी उद्योगमा अन्य रोटीका परिकार माग अनुसार र अर्सा रोटी नियमित रुपमा तयार हुने गर्दछ । सेल रोटी र बटुक छिट्टै विग्रीने भएकाले माग अनुसार र अर्सा लामो समय सम्म रहने हुनाले दैनिक तयार गर्दै आएको उनले बताए।
रोटीका परिकारहरु स्थानीय रुप मै पाईने गेडागुडी, चामल, खुदो बाट उहाँहरुले तयार गर्दै आउनु भएको छ । देविस्थानमा बनेको रोटीको परिकार किन्नका लागि पाल्पाको रामपुर मात्र नभै स्याङ्जा, तनहुँ, नवलपुरका विभिन्न स्थान बाट पुग्ने गर्दछन् । अर्सा रोटीको माग बुटवल, पोखरा लगायतका सहरहरुबाट पनि आउने गरेको उनले बताए । नजिकको ग्राहाकहरुलाई होम डेलिभरी मार्फत माग अनुसारको रोटी उपलब्ध गराउँदै आएको उनले बताए । थोरै रोटीका परिकार बनाउन पनि धेरै मेहेनत गर्नु पर्ने भएकाले आलेले सञ्चालन गरेको व्यवसायले थप सहज भएको देविस्थान पुग्ने उपभोक्ताहरु बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १६:५०
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...
पौष १७ गते, २०८२ - १६:४०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...
पौष १७ गते, २०८२ - १६:२६
काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...
पौष १७ गते, २०८२ - १६:०८
मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...
पौष १७ गते, २०८२ - १५:४२
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...
पौष १७ गते, २०८२ - १५:१९
ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु क...
पौष १७ गते, २०८२ - १४:५९
काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...




प्रतिकृया लेख्नुहोस्: