पाल्पा। रामपुर नगरपालिका–४, देविस्थानका भागीरथ आलेको परिवारलाई यतिबेला रोटीका परिकार बनाउन भ्याइनभ्याइ छ । तिहार नजिकिदै गर्दा अर्सा, चिनी रोटी, सेल रोटी र बटुकको माग बढेकाले परिकार बनाएर विक्री गर्न भ्याइनभ्याइ भएको हो ।
आलेले चाड पर्व र विशेष उत्सवका लागि मात्र नभै दैनिक रुपमा रोटीको परिकार तयार गर्दै आउनु भएको छ । रोटीका परिकार तयार गरी विक्री गर्दै आएका उनले तिहारका लागि रोटीको माग उच्च रहेको बताए । ‘तीज देखि नै रोटीको माग बढ्दै गएको थियो । तिहार नजिकिदै गर्दा माग अझ बढेको छ,’ उनले भने।
रोटीका परिकार बनाउनका लागि अहिले उहाँको परिवारका सदस्य तथा आफन्त गरी ७ जना निरन्तर खट्दै आएको छ । अन्य समय बढीमा ४ जनाले सहजै तयार गरेर माग पुरा गर्न सकिने भए पनि अहिले माग बढेकाले ७ जनालाई पनि काम गर्न भ्याइनभ्याइ भएको आले बताउनुहुन्छ । पाँच वर्ष अघि आमा घनीमायाले सुरुवात गर्नु भएको व्यावसाय पछिल्लो समय छोरा भागीरथले सम्हाल्दै आएको छ ।
तिहार नजिकिदै जाँदा अहिले दैनिक २५ हजार भन्दा बढीको रोटीका परिकार विक्री हुँदै आएको जानकारी दिए । उनले भने, ‘अन्य समयमा अर्सा रोटी दैनिक ५ हजार रुपियाँको विक्री हुँदै आएको थियो । तिहार संगै २० हजार भन्दा बढीको अर्सा रोटी विक्री हुन्छ । चिनी रोटी, सेल र बटुकको परिकार पाँच हजार सम्म विक्री गर्दै आएका छौं ।’ उहाँले उहाँको आगार्निक रोटी उद्योगमा अन्य रोटीका परिकार माग अनुसार र अर्सा रोटी नियमित रुपमा तयार हुने गर्दछ । सेल रोटी र बटुक छिट्टै विग्रीने भएकाले माग अनुसार र अर्सा लामो समय सम्म रहने हुनाले दैनिक तयार गर्दै आएको उनले बताए।
रोटीका परिकारहरु स्थानीय रुप मै पाईने गेडागुडी, चामल, खुदो बाट उहाँहरुले तयार गर्दै आउनु भएको छ । देविस्थानमा बनेको रोटीको परिकार किन्नका लागि पाल्पाको रामपुर मात्र नभै स्याङ्जा, तनहुँ, नवलपुरका विभिन्न स्थान बाट पुग्ने गर्दछन् । अर्सा रोटीको माग बुटवल, पोखरा लगायतका सहरहरुबाट पनि आउने गरेको उनले बताए । नजिकको ग्राहाकहरुलाई होम डेलिभरी मार्फत माग अनुसारको रोटी उपलब्ध गराउँदै आएको उनले बताए । थोरै रोटीका परिकार बनाउन पनि धेरै मेहेनत गर्नु पर्ने भएकाले आलेले सञ्चालन गरेको व्यवसायले थप सहज भएको देविस्थान पुग्ने उपभोक्ताहरु बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - ११:१७
काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलको औचित्य, वैधता र कार्यक्षेत्र स्पष्ट नभएको भन्दै चार राजनीतिक दलले वर्तमान प्रक्रिया...
आषाढ़ २३ गते, २०८३ - १०:४४
धनगढी। कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट लागुऔषध मुद्दामा पक्राउ परेका एक थुनुवा फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली...
आषाढ़ २३ गते, २०८३ - १०:३४
काठमाडौं। खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा रहेका सुकुमवासीहरूले खाना वितरण रोकिएको भन्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूका अनुस...
आषाढ़ २३ गते, २०८३ - १०:२६
गुल्मी। लुम्बिनी प्रदेश सभा बैठक मङ्गलबार बस्दै छ । मङ्गलबार दिउँसो १ बजेबाट सुरु हुने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयक माथिको समूहीकृत ...
आषाढ़ २२ गते, २०८३ - १७:३२
विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...
आषाढ़ २२ गते, २०८३ - १७:१३
धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...
आषाढ़ २२ गते, २०८३ - १७:०६
सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...
आषाढ़ २२ गते, २०८३ - १६:५९
काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...
आषाढ़ २२ गते, २०८३ - १६:४८
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...
आषाढ़ २२ गते, २०८३ - १६:३७
झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...



प्रतिकृया लेख्नुहोस्: