Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

मादल बिक्री गरी मनग्य आम्दानी

खबरडबली संवाददाता

घोराही। चाडपर्वको समयमा घोराही उपमहानगरपालिका –१४ झिंगौरा निवासी जुठे बादीले मादल बिक्री गरेर राम्रो आम्दानी गर्दै आएको छन् । 

अन्य समयमा मादलको कारोवार खासै नहुने भए पनि दसैं र तिहार पर्वका अवसरमा भने बिक्री राम्रो हुने गरेको उनको भनाइ छ । दसैं र तिहार पर्वका अवसरमा मादल बिक्रीसँगै बिग्रिएका मादल बनाएर डेढ लाख बढी आम्दानी गरेको उहाँले बताए । दसैं–तिहारका अवधिमा २५ बढी नयाँ मादलहरु बिक्रीसँगै पुराना मादलहरु मर्मत गर्दा कमाइ भएको उनको बुझाइ छ ।

पछिल्लो समय नयाँ मादल खरिद गर्नभन्दा पुराना मादल खरिदका लागि आउने गरेको भन्दै उनले भने, ‘पुराना मादल मर्मत गर्दा कम समयमा राम्रो आम्दानी हुने गर्दछ ।’ दसैं–तिहारको अवसरमा मादलको कारोवार बढेसँगै बनाउन भ्याइनभ्याइ रहेको भन्दै बादीले भने, ‘दसैंमा थारु समुदायमा नाच्ने र तिहारमा देउसी–भैलो खेल्नका लागि मादलको माग बढी नै हुने गरेको छ । जसले गर्दा हाम्रो आम्दानी समेत हुने गरेको छ ।’ 

नयाँ मादल किन्न तथा पुराना मादल मर्मतका लागि दैनिक १५–२० जना मानिसहरु आउने गरे पनि एक्लै काम गर्न धौधौ परेको बताए। 

चाडपर्वको समय भएकाले मादल बनाउन आउने मानिसको संख्या धेरै भएको भन्दै उनले भने, ‘यो समय मादल बनाउन भ्याइनभ्याइ रहेको छ । अहिले जति धेरै काम गर्न सक्यो, त्यति धेरै आम्दानी हुने भएकाले दिनरात नभनी नयाँ मादल बनाउन र मर्मतमा लाग्ने गरेकोे छु ।’ अन्य महिनामा खासै काम नहुने भए पनि असोज र कात्तिकमा मादलको कारोवार बढी हुने गरेको बताए। 

मादल बनाउन जानेको मानिस पछिल्लो समय पाउन गाह्रो भएको भन्दै उनले भने, ‘मैले सानैमा बुबा–बाजेबाट मादल, बाँसुरी र ढोलक बनाउन सिके, त्यही सिपले अहिले दैनिकी चलाइरहेको छु । तर अहिलेको नयाँ पुस्ता मादल बनाउने सीप छैन । न आकर्षण छ  ।’ 

विगत ५० वर्षदेखि निरन्तर घोराहीमा मादल बनाउँदै र बिक्री गर्दै आएका बादीको घरपरिवारको मुख्य स्रोत नै यही भएको बताए। मादल बनाएर घर व्यवहार चलाउँदै आएको भन्दै बादीले भने, ‘सानैमा बुबाबाजेदेखि नै मादल बनाउने काममा लागे, गरी खाने हातमा अरु सिप छैन । उमेरले साथ दिएसम्म आफनो पेसा छोड्ने मन छैन ।’ 

मादल बनाउने मानिसको अभावसँगै पछिल्लो समय मादल बनाउन आवश्यक सामग्री जस्तै काठ, छाला र खरी पाउनै सममस्या भएको बताए। पहिला मादल बनाउन जंगलबाट काठ लिन पाइने गरे पनि  पछिल्लो समय त्यसरी ल्याउन रोकिदा बजारमा रहेका काष्ठ उद्योगबाट मादल बनाउने काठ ल्याउने गरेको बताए । 

यसरी बनाइएका मादल साइजअनुसार ३५ सयदेखि ३० हजारसम्ममा बिक्री हुने गर्दछ । मादल बनाउन मेहनती काम भएको भन्दै उनले सबै सामग्री तयार भएमा कम्तीमा पनि एक व्यक्तिलाई दुई दिन लाग्ने बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending