सर्लाही। सर्लाहीमा स्यालले टोकेर १३ जना घाइते भएका छन्। जिल्लाको बसबरिया गाउँपालिकामा नौ जना, गोडैता नगरपालिकामा तीन जना र बलरा नगरपालिकामा एक जनालाई स्यालले आक्रमण गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बसबरिया गाउँपालिका–४, धनगढामा मङ्गलबार साँझ खेतमा घाँस काट्न गएका बालबालिका र वृद्धवृद्धा गरी नौ जनालाई स्यालले टोकेर घाइते बनाएको छ।
घाइते हुनेमा बसबरिया गाउँपालिका–१, का १० वर्षीय रोशन मुखिया, ६० वर्षीय विजय पण्डित, ५५ वर्षीया शिवादेवी साह, ४० वर्षीय सहिद दर्जी, ४० वर्षकै मदैनिया दर्जी, ६ वर्षीय राजु मुखिया, बसबरिया गाउँपालिका–३, का १५ वर्षीय दीपेन्द्र माझी, बसबरिया गाउँपालिका–४, की १५ वर्षीया करुना साह र सोही वडाका ६० वर्षीय बद्री मुखिया रहेका छन्। प्रहरीका अनुसार घाइते नौमध्ये केहीको प्रादेशिक अस्पताल मलङ्गवा र केहीको जनकपुरमा उपचार चलिरहेको छ।
यस्तै स्यालले टोकेर गोडैता नगरपालिका–१०, सिसौटियामा तीन जना घाइते भएका छन्। गोडैता नगरपालिका–१०, बस्ने ४० वर्षीया इन्दुदेवी बैठा, ४० वर्षीया प्रेमा देवी मण्डल र ४१ वर्षीय विपत पासवानलाई खेतमा घाँस काट्न गएका बेला स्यालले टोकेर घाइते बनाएको हो।
घाइते इन्दुदेवी बैठा र प्रेमा देवी मण्डललाई थप उपचारका लागि टेकु अस्पताल काठमाडौँ लगिएको छ भने विपत पासवान प्रादेशिक अस्पताल मलङ्गवामा उपचारपछि घर फर्किएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले जानकारी दिए। त्यस्तै स्यालले टोकेर बलरा नगरपालिका–४, मा ६० वर्षीया सोमरी देवी घाइते भएको छन्।
सोमरी देवीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ। स्थानीय बासिन्दाका अनुसार धनगढा र सिसौटियाका १२ जनालाई एउटै स्यालले टोकेको हो।
बलराकी सोमरी देवीलाई भने बेग्लै स्यालले टोकेको स्थानीयले जानकारी दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...




प्रतिकृया लेख्नुहोस्: