Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

सर्लाहीमा स्यालले टोकेर १३ जना घाइते

खबरडबली संवाददाता

सर्लाही। सर्लाहीमा स्यालले टोकेर १३ जना घाइते भएका छन्। जिल्लाको बसबरिया गाउँपालिकामा नौ जना, गोडैता नगरपालिकामा तीन जना र बलरा नगरपालिकामा एक जनालाई स्यालले आक्रमण गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बसबरिया गाउँपालिका–४, धनगढामा मङ्गलबार साँझ खेतमा घाँस काट्न गएका बालबालिका र वृद्धवृद्धा गरी नौ जनालाई स्यालले टोकेर घाइते बनाएको छ। 

घाइते हुनेमा बसबरिया गाउँपालिका–१, का १० वर्षीय रोशन मुखिया, ६० वर्षीय विजय पण्डित, ५५ वर्षीया शिवादेवी साह, ४० वर्षीय सहिद दर्जी, ४० वर्षकै मदैनिया दर्जी, ६ वर्षीय राजु मुखिया, बसबरिया गाउँपालिका–३, का १५ वर्षीय दीपेन्द्र माझी, बसबरिया गाउँपालिका–४, की १५ वर्षीया करुना साह र सोही वडाका ६० वर्षीय बद्री मुखिया रहेका छन्। प्रहरीका अनुसार घाइते नौमध्ये केहीको प्रादेशिक अस्पताल मलङ्गवा र केहीको जनकपुरमा उपचार चलिरहेको छ। 

यस्तै स्यालले टोकेर गोडैता नगरपालिका–१०, सिसौटियामा तीन जना घाइते भएका छन्। गोडैता नगरपालिका–१०, बस्ने ४० वर्षीया इन्दुदेवी बैठा, ४० वर्षीया प्रेमा देवी मण्डल र ४१ वर्षीय विपत पासवानलाई  खेतमा घाँस काट्न गएका बेला स्यालले टोकेर घाइते बनाएको हो। 

घाइते इन्दुदेवी बैठा र प्रेमा देवी मण्डललाई थप उपचारका लागि टेकु अस्पताल काठमाडौँ लगिएको छ भने विपत पासवान प्रादेशिक अस्पताल मलङ्गवामा उपचारपछि घर फर्किएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले जानकारी दिए। त्यस्तै स्यालले टोकेर बलरा नगरपालिका–४, मा ६० वर्षीया सोमरी देवी घाइते भएको छन्।

सोमरी देवीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ। स्थानीय बासिन्दाका अनुसार धनगढा र सिसौटियाका १२ जनालाई एउटै स्यालले टोकेको हो। 

बलराकी सोमरी देवीलाई भने बेग्लै स्यालले टोकेको स्थानीयले जानकारी दिएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अत्यधिक गर्मीमा पनि टिनको छानामुनि पढ्न बाध्य बालबालिका

नेपालगन्ज। देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै का...

रास्वपाको जिल्ला अधिवेशन आजदेखि, ६६ जिल्लामा संगठन विस्तार अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार ...

एसीसी महिला प्रिमियर कपमा आज नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...

आज डलर कति पुग्यो? यस्तो छ विदेशी मुद्राको नयाँ दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...

पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’को सम्पादकमा नियुक्त

काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...

समानुपातिक सूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अनिवार्य गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...

काेशीमा ४ करोड र २ करोडको बजेट सीमा, किन बन्यो विवादको केन्द्र?

विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...

एमालेमा पराजयपछि बढ्दो असहमति : नेतृत्व, पुनर्गठन र यथार्थबीचको टकराव

काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...

बीपी राजमार्गमा सवारी सञ्चालनको समय हेरफेर

बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...

कृष्णकुमारीको ‘नारी रेखा’ सार्वजनिक

काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending