तनहुँ। तनहुँमा पाडापाडी र बाच्छाबाच्छी हुर्काउने किसानलाई दश हजार पुरस्कारको व्यवस्था गरिएको छ। भारतबाट उन्नत जातका भैँसी तथा गाईको ठुलो सङ्ख्यामा हुने आयात घटाउन पुरस्कारको व्यवस्था गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।
केन्द्रका अनुसार गण्डकी प्रदेश सरकारको सहयोगमा किसानलाई प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था गरिएको हो।कृत्रिम गर्भाधानको माध्यमबाट नस्ल सुधार गरी जन्मिएकालाई व्यवस्था गरिएको छ।भैँसीमा मुर्रा र गाईमा होलस्टेन, जर्सीलगायतका उन्नत जातका पाडापाडी र बाच्छाबाच्छी गरी छ सय वटालाई हुर्काउन अनुदानका लागि चालु आर्थिक वर्षमा ६० लाख विनियोजन गरिएको केन्द्रका प्रमुख डा। राजेशकुमार चौधरीले बताए।
चौधरी उन्नत जातका भैँसी तथा गाई भारतबाट ठुलो सङ्ख्याबाट आयात हुने भएकाले त्यसलाई प्रतिस्थापनमा मद्दत पुर्याउने उद्देश्यले प्रोत्साहन रकमको व्यवस्था गरिएको बताउछन्।
कृत्रिम गर्भाधान उन्नत जातको नस्ल मात्रै गरिने भएकाले त्यसको मात्रै अनुदानको व्यवस्था गरिएको चौधरीले बताए।चौधरीले भने, “दुध तथा मासुमा आत्मनिर्भर बनाउन र भैँसी तथा उन्नत गाई भारतबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न प्रदेश सरकारले कार्यक्रम ल्याएको हो ।”
केन्द्र गत वर्ष पाडाबाच्छी हुर्काउने तीन सय २७ किसाने छ सय चार हुर्काए बापत ६० लाख ४० हजार अनुदान उपलब्ध गराएको केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले बताए। प्रति पाडाबाच्छी १० हजारका दरले किसानलाई अनुदान दिइएको हो।
जन्मिएको दर्ता गरी हुर्किएको देखाएपछि किसानले अनुदान पाउने व्यवस्था गरिएको छ।नेपालमा अभाव हुने गरेकाले मुर्रा भैँसी र जर्सी गाई भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ।
केन्द्रका अनुसार गत वर्ष व्यास नगरपालिकाका एक सय सात कृषकका दुई सय आठ, शुक्लागण्डकी नगरपालिकाका तीन किसानका आठ, भानु नगरपालिकाका २८ किसानका ४५, आँबुखैरेनी गाउँपालिकाका ५० किसानका ८४, बन्दीपुर गाउँपालिकाका एक सय पाँच किसानका दुई सय २१, म्याग्दे गाउँपालिकाका २१ किसानका २५, ऋषिङ गाउँपालिकाका एक किसानका एक र देवघाट गाउँपालिकाका १२ किसानका १२ पाडाबाच्छीलाई प्रोत्साहन स्वरूप अनुदान दिइएको थियो।किसानलाई पाडी बाच्छी हुर्काउन भन्दा मारेर दूध बिक्री गर्दा फाइदा हुने भएपछि अभाव भएकोले प्रोत्साहन रकम उपलब्ध गराउन कार्यक्रम ल्याइएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: