Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

पाडी–बाच्छी हुर्काउने किसानलाई दश हजार पुरस्कार

खबरडबली संवाददाता

तनहुँ। तनहुँमा पाडापाडी र बाच्छाबाच्छी हुर्काउने किसानलाई दश हजार पुरस्कारको व्यवस्था गरिएको छ। भारतबाट उन्नत जातका भैँसी तथा गाईको ठुलो सङ्ख्यामा हुने आयात घटाउन पुरस्कारको व्यवस्था गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।

केन्द्रका अनुसार गण्डकी प्रदेश सरकारको सहयोगमा किसानलाई प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था गरिएको हो।कृत्रिम गर्भाधानको माध्यमबाट नस्ल सुधार गरी जन्मिएकालाई  व्यवस्था गरिएको छ।भैँसीमा मुर्रा र गाईमा होलस्टेन, जर्सीलगायतका उन्नत जातका पाडापाडी र बाच्छाबाच्छी गरी छ सय वटालाई हुर्काउन अनुदानका लागि चालु आर्थिक वर्षमा ६० लाख विनियोजन गरिएको केन्द्रका प्रमुख डा। राजेशकुमार चौधरीले बताए।

चौधरी उन्नत जातका भैँसी तथा गाई भारतबाट ठुलो सङ्ख्याबाट आयात हुने भएकाले त्यसलाई प्रतिस्थापनमा मद्दत पुर्‍याउने उद्देश्यले प्रोत्साहन रकमको व्यवस्था गरिएको बताउछन्।

कृत्रिम गर्भाधान उन्नत जातको नस्ल मात्रै गरिने भएकाले त्यसको मात्रै अनुदानको व्यवस्था गरिएको चौधरीले बताए।चौधरीले भने, “दुध तथा मासुमा आत्मनिर्भर बनाउन र भैँसी तथा उन्नत गाई भारतबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न प्रदेश सरकारले कार्यक्रम ल्याएको हो ।” 

केन्द्र गत वर्ष पाडाबाच्छी हुर्काउने तीन सय २७ किसाने छ सय चार हुर्काए बापत ६० लाख ४० हजार अनुदान उपलब्ध गराएको केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले बताए। प्रति पाडाबाच्छी १० हजारका दरले किसानलाई अनुदान दिइएको हो। 

जन्मिएको दर्ता गरी हुर्किएको देखाएपछि किसानले अनुदान पाउने व्यवस्था गरिएको छ।नेपालमा अभाव हुने गरेकाले मुर्रा भैँसी र जर्सी गाई भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ।

केन्द्रका अनुसार गत वर्ष  व्यास नगरपालिकाका एक सय सात कृषकका दुई सय आठ, शुक्लागण्डकी नगरपालिकाका तीन किसानका आठ, भानु नगरपालिकाका २८ किसानका ४५, आँबुखैरेनी गाउँपालिकाका ५० किसानका ८४, बन्दीपुर गाउँपालिकाका एक सय पाँच किसानका दुई सय २१, म्याग्दे गाउँपालिकाका २१ किसानका २५, ऋषिङ गाउँपालिकाका एक किसानका एक र देवघाट गाउँपालिकाका १२ किसानका १२ पाडाबाच्छीलाई प्रोत्साहन स्वरूप अनुदान दिइएको थियो।किसानलाई पाडी बाच्छी हुर्काउन भन्दा मारेर दूध बिक्री गर्दा फाइदा हुने भएपछि अभाव भएकोले प्रोत्साहन रकम उपलब्ध गराउन कार्यक्रम ल्याइएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान संशोधन कार्यदलबाट बाहिरिने चार दलको चेतावनी, सरकारले लिखित प्रतिबद्धता जनाउनेपर्ने माग

काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलको औचित्य, वैधता र कार्यक्षेत्र स्पष्ट नभएको भन्दै चार राजनीतिक दलले वर्तमान प्रक्रिया...

कैलालीमा प्रहरी हिरासतबाट लागुऔषध मुद्दाका थुनुवा फरार, ड्युटीमा रहेका जवान निलम्बन

धनगढी। कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट लागुऔषध मुद्दामा पक्राउ परेका एक थुनुवा फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली...

खाना नपाएपछि होल्डिङ सेन्टरका सुकुमवासीहरू विरोध प्रदर्शन

काठमाडौं। खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा रहेका सुकुमवासीहरूले खाना वितरण रोकिएको भन्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूका अनुस...

लुम्बिनी प्रदेश बैठक : आज चार मन्त्रालयको बजेटमाथि छलफल

गुल्मी। लुम्बिनी प्रदेश सभा बैठक मङ्गलबार बस्दै छ । मङ्गलबार दिउँसो १ बजेबाट सुरु हुने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयक माथिको समूहीकृत ...

कोशी प्रदेशमा ३१ प्रतिशत क्षेत्रमा रोपाइँ

विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...

असारमा ह्वात्तै बढ्यो बजेट खर्च प्रगति

धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...

भेटेनरी अस्पताल सप्तरी कार्यालय प्रमुख र सवारी चालक अख्तियारको नियन्त्रणमा

सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...

देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने, मंगलबार पनि छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending