काठमाडौँ। नेपालले आइसिसी विश्वकप लिग-२ मा साविक विजेता स्कटल्यान्डमाथि सहज जित निकालेको छ ।
अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा मङ्गलबार राति भएको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हरायो ।नेपालले लिगमा आठ महिनापछि जित निकालेको हो । लिग-२ मा यसअघि नेपालले घरेलु मैदानमा गत फेब्रुअरीमा नेदरल्यान्ड्सलाई एउटा खेलमा हराएको थियो ।
जितका लागि एक सय ५५ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले २९.५ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो ।
नेपालका लागि आरिफ शेखले ४२ बलमा आठ चौकाको मद्दतले अविजित ५१ रन बनाए। गुलशन झाले अविजित २५, कुशल भुर्तेलले २५, आसिफ शेखले २१ र अनिल साहले १३ रन बनाए।
बलिङमा स्कटल्यान्डका ब्रेन्डन म्याकमुलनले दुई विकेट लिए। ब्राण्ड करी, मार्क वाट र ज्याक जार्विसले एक एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५४ रन बनाएको थियो ।
स्कटल्यान्डका लागि मार्क वाटले सर्वाधिक ३४ रन बनाए। कप्तान रिची बेरिङ्गटन र माइकल जोनसले १९/१९, ब्रेन्डन म्याकमुलनले १६, म्याथ्यु क्रसले १५ र माइकल लिस्कले १४ रन बनाए ।
बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए। करण केसी, सोमपाल कामी र गुल्शन झाले दुई दुई तथा आरिफ शेखले एक विकेट झारे।
यस सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । अब नेपालले शनिबार घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले चौथो तथा अन्तिम खेल कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।
जितसँगै १० खेलमा पाँच अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ । पराजित स्कटल्यान्ड नौ खेलबाट ११ अङ्क जोड्दै चौथो स्थानमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...




प्रतिकृया लेख्नुहोस्: