Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी

खबरडबली संवाददाता

काठमाडौँ । पछिल्ला केही दिनदेखि लगातार रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेनालाई मैदानमा उतार्न सक्ने खबरहरु आइरहेका छन् ।

तर, रुसले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ । नेटोले रुसको तर्फबाट १० हजार उत्तर कोरियाली सैनिक युद्धमा सामेल हुने जनाएको छ । अब यस विषयमा अमेरिकाले पनि चेतावनी दिएको छ ।

अमेरिकी रक्षा मुख्यालय पेन्टागनले युक्रेन युद्धमा उत्तर कोरियाले रुससँग सामेल भएमा कीभलाई अमेरिकी हतियार प्रयोग गर्न प्रतिबन्ध नलगाउने चेतावनी दिएको छ । पेन्टागनले नाटोको बयानपछि यो चेतावनी जारी गरेको हो । जसमा उसले रुसमा उत्तर कोरियाली सेनाको उपस्थिति पुष्टि गरेको थियो । उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) का महासचिव मार्क रुटेले दक्षिण कोरियाली प्रतिनिधिमण्डलसँगको भेटपछि उक्त कुरा बताएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो घटना निकै खतरनाक भएको बताएका छन् । पेन्टागनले पूर्वी रुसमा १० हजार उत्तर कोरियाली सैनिकलाई तालिमका लागि तैनाथ गरेको अनुमान गरेको छ । पेन्टागनले यी सेनाको एक हिस्सा युक्रेनको नजिक पुगिसकेको दाबि गरेको छ । 

अर्कोतर्फ, उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सीले विदेशमन्त्री चोई सन हुईको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल सोमबार रुस प्रस्थान गरेको जनाएको छ । यद्यपी उनले यो भ्रमणको उद्देश्यबारे केही खुलाएका छैनन् ।

रुसले पूर्वी युक्रेनका दुई सहर आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ । यससँगै रुसी सेना कम्तिमा एक वर्षयताकै तीव्र गतिमा अघि बढिरहेको सङ्केत पनि छ । रुसले मंगलबार आफ्नो सेनाले सेलिडोभ सहर कब्जा गरेको बताएको छ । युद्ध अघि यस सहरको जनसंख्या २० हजार थियो। यो सहर कब्जा गर्न रुसले गत हप्तादेखि आक्रमणलाई तीव्र पारेको थियो। रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले आफ्नो देशको सेनाले हिरनिक सहर कब्जा गरेको बताएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त

काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...

पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...

मध्यपहाडी राजमार्गको पाँचथर खण्ड अलपत्र पार्ने ठेकेदारसँगको ठेक्का रद्द

फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...

शिक्षा मन्त्रालयको सय दिन: शिक्षा क्षेत्रमा सुशासन र डिजिटल सेवा विस्तारमा जोड

काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...

जेनजी आन्दोलनपछि नारायणहिटी सफा गर्न लगाइएको सूचना पाएका थियौँ: प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...

संविधान संशोधनअघि उद्देश्य र नियत स्पष्ट हुनुपर्छ: अध्यक्ष दाहाल

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...

सभामुख अर्याल र साउदी राजदूतबीच भेट, संसदीय सहकार्य र लगानी विस्तारमा जोड

काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित स...

इन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द, भद्रकालीमा लामो लाइन

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...

मुस्ताङमा युरेनियम उत्खननबारे नेपाल–अमेरिका सेना सम्झौता भएको दाबी असत्य: परराष्ट्रमन्त्री खनाल

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...

सुनुवाइको लागि प्रस्तावित व्यक्तिको विवरणलाई समितिमा मात्रै सीमित नगरौँ: पद्या अर्याल

काठमाडौँ। नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्या अर्यालले संसदीय सुनुवाइका लागि प्रस्तावित व्यक्तिको विवरण समितिमा मात्रै सीमित नराखी समयमै सार्वजनिक ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending