नेपालगञ्ज । सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाएपछि स्थानीय व्यवसायीले कपडाका माला र पुष्पगुच्छाको बेचबिखन गर्न थालेका छन् । तिहार नजिकिँदै गर्दा नेपालगञ्ज बजारमा गत वर्ष मौज्दात रहेको लुगाका माला र पुष्पको बिक्री वितरण भइरहेको व्यवसायीले बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिका-२ घरबारीटोलका अनुप लखेटले गत वर्ष मौज्दात केही दर्जन कपडाजन्य मालाको बिक्री वितरण भइरहेको बताए।
उनले भने, ‘गत वर्ष स्थानीय प्रशासनले प्लाष्टिकका माला जलाएका कारण अहिले उपभोक्ता पनि त्यस्ता माला खोज्न आएका छैनन् ।’ प्लाष्टिकजन्य माला बेच्न हुँदैन भन्ने विषयमा आफूलाई जानकारी रहेको उल्लेख गर्दै लखेटले केही उपभोक्ताले लुगाका माला पनि प्रयोगमा ल्याएको बताए ।
अर्का स्थानीय व्यवसायी अकबर अलीले स्थानीय सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको प्रयोगमा रोक लगाएपछि मौज्दात रहेको कपडाका माला र पुष्पगुच्छाको सामान्य बेचबिखन भएको बताए । मौज्दात रहेको करिब २० दर्जन कपडाजन्य माला बेचबिखनका लागि राखिएको जानकारी दिँदै उनले तिहारका लागि भाइ मसलाको खपत बढेको बताए।
“हामीले कोहलपुरबाट उत्पादन भएको भाइ मसला नेपालगञ्ज ल्याएर बेचेका छौँ”, उनले भने । तिहार नजिकिँदै जाँदा नेपालगञ्जको सदरलाइन, एकलैनी, त्रिवेणीमोड, बागीश्वरी टोल, घरबारीटोल, न्यूरोड, त्रिभुवन चोकलगायत क्षेत्रमा भाइमसला, टीका, माला, फलफूललगायत विभिन्न स्थानमा सामान किन्नेहरूको भीड लागेको छ ।
बागीश्वरी मन्दिर छेउका पसल, सदरलाइन, एकलैनी, पुरानो सिनेमा हल रोड, घरबारीटोल, न्यूरोड र धम्बोझीलगायत स्थानमा कपडाले बनेका रङ्गीबिरङ्गी मालाले झकिझकाउ देखिएको छ । उद्योग वाणिज्य सङ्घका महासचिव भीम रानाभाटले प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छा प्रतिबन्धित भन्ने विषयमा व्यापारीलाई कुनै जानकारी नआएको जिकिर गर्दै सरकारी पक्षबाट यसको अनुगमन नभएको गुनासो गरे । उनले निर्बाध रूपमा व्यवसायीले आफ्नो व्यापार गर्न पाउनुपर्ने जिकिर गरे ।
नेपालगञ्जमा तिहारकै अवसरमा रु ८० हजारदेखि रु एक लाख बढीको माला बेचबिखन हुने गरेको स्थानीय व्यवसायीको भनाइ छ । बाँकको कोहलपुर नगरपालिकालगायतले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाउँदै स्थानीय किसानले उत्पादन गरेका फूलका माला र फूल तिहारलगायत पर्वमा उपभोग गर्न आग्रह गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: