Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

अवकाशप्राप्त जीवनमा ड्रागन खेतीबाट वार्षिक ४० लाख कमाइरहेका लाहुरे

खबरडबली संवाददाता

सुनसरी । अठ्ठाइस वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किए । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन । 

एक्काइस वर्षअघि मलेसियाका साथीले नेपाल आउँदा ल्याइदिएको बिरुवाले यसरी फल दिन्छ भन्ने उनले सोचेका पनि थिएनन् । ड्रागन फलको त्यही बिरुवाबाट अहिले उनी यसको व्यावसायिक खेतीमा क्रियाशील छन्। सुरुमा त उनलाई थाहा थिएन, यो फल यत्ति महँगो र स्वास्थ्यका लागि लाभदायी हुन्छ भनेर । 

अन्य फलको तुलनामा यसको मूल्य निकै रहेकाले उनी यसतर्फ आकर्षित भए । व्यवसाय सुरु गर्दा स्थानीय बजारहरुमा पनि प्रतिकेजी एक हजार दुई सयमा बिक्री वितरण हुने थाहा पाएपछि उनी निकै हौसिएका थिए । अहिले उनलाई आफूले उत्पादन गरेको ड्रागन फलको बजारीकरणमा कुनै समस्या छैन । भाटभटेनी सुपरमार्केसँग समन्वय गरी बिक्री गर्ने भएका छन् ।

केही वर्षअघि रामधुनी नगरपालिका–७ रानीपोखरीमा किनेको एक बिघा जग्गा त्यत्तिकै उपयोगविहीन नै थियो । त्यही जग्गामा दुई सयवटा ड्रागनको बिरुवा लगाएर खेती सुरु गर्ने निधो गरे । सुरुमा त उनलाई धेरैले गलत निर्णय गरेको भन्दै आलोचना पनि नगरेका होइनन् तर उनी आफ्नो योजनामा प्रस्ट थिए। त्यतिबेला पूर्वमा ड्रागनखेती गर्नेको सङ्ख्या थोरै मात्र थियो । कोहीकोहीले घरको छत र बारीमा दुई/चार बोट मात्रै लगाएका थिए । 

अन्य फलफूल वर्षमा एकपटक मात्र उत्पादन गर्न सकिन्छ भने ड्रागन फल वर्षमा १० पटकसम्म फलाउन सकिन्छ । उनले भने, 'राम्रो उत्पादनसँगै आम्दानी पनि राम्रो हुने गरेको छ । अहिले वार्षिक ५० लाख सजिलैले आम्दानी हुने गरेको छ भने खेतीमा मल, कर्मचारी खर्च सबैगरी वार्षिक १२ लाख जति खर्च हुने गरेको उनले बताए ।

फलसँगै उनले बिरुवा बिक्री गरेर पनि राम्रो आम्दानी हुने गरेको बताए। बिरुवा मात्र बेचेर उनले वर्षमा दुई लाख बढीको आम्दानी गर्दै आएका छन् । पूर्वमा ड्रागनखेती गर्ने ८० प्रतिशतभन्दा बढी किसानले यहीँबाट बिरुवा खरिद गरेर लाने गरेको उनको भनाइ छ । कुनै समय भने बिरुवाको माग अत्यधिक भएकाले बिक्रीका लागि बिरुवा माग पूरा गर्न नसक्ने अवस्था हुने गरेको उनले बताए । 

सुरुआती समयमा त उहाँले फलबाट भन्दा धेरै बिरुवा बिक्री गरेर आम्दानी गरेका थिए । उनले भने, 'पहिले बिरुवा एक बोटको रु दुई सयदेखि रु चार सयसम्म बिक्री गर्ने गरेकामा अहिले भने प्रतिबिरुवा रु ५० मा बिक्री हुने गरेको छ । फल भने खुद्रामा अहिले रु चारमा बिक्री गर्दै आएको छ भने थोकमा तीन सय ५० मा बिक्री हुने गरेको उहाँले बताउनुभयो । व्यावसायिक रुपमा ड्रागनखेती गर्न थालेपछि उनले तर्जुमा ड्राइगन फ्रुट कृषि फार्म नै दर्ता गरेका छन्। उनको फार्ममा प्रत्यक्ष अप्रत्यक्ष धेरैले रोजगारी पनि पाएका छन् । 

उहाँको देखासिकी गरी अहिले धेरै युवाले ड्रागनखेती गर्न थालेका छन् । सुनसरीको तरहरामा जन्मिनुभएका भारतीय पूर्वलाहुरे कृष्णकुमार घले १७ वर्ष भारतीय सेनामा बिताएपछि २०७४ सालमा निवृत्त भई नेपाल फर्किएका थिए । उनी नेपाल फर्केपछि बाँकी समय किन त्यत्तिकै खेर फाल्ने भन्ने सोचले व्यवसाय गर्ने निधो गरे। सुरुमा उनले सुनसरीको रामधुनी नगरपालिका–७ रानीपोखरीमा कागतीखेती सुरु गरे, दुई वर्षजति कागतीखेतीमै बित्यो ।  

पछि कागतीखेतीबाट भने जस्तो राम्रो आम्दानी हुन नसकेपछि पूरै एक विघा जग्गामा सुरु गरेको कागती खेती सबै डोजर लगाएर सबै हटाए । उनले भने, 'कागतीखेतीबाट त्यति नराम्रो नै चाहीँ भएको हैन । तर जति आम्दानी हुन्छ भनेर सुरु गरेको कागतीखेती त्यति आम्दानी नभएपछि नजिकै रहेको आफ्नै काका कृपाश्वर घलेको ड्रागन खेती देखेर त्यहीँबाट प्रेरित भएर  ड्रागनखेती सुरु गरेको बताए । उनले २०७५ फागुनमा तमु कृष्ण बहुद्देश्यीय कृषि फार्म दर्ता गरेर एक बिघाको पूरै जमिनमा ड्रागनखेती सुरु गरेको बताए । 

कागतीखेतीको तुलनामा अहिले ड्रागनखेतीबाट राम्रो आम्दानी भइरहेको उनले बताए। वार्षिक ४० लाख बढी आम्दानी हुन्छ भने १० लाख जति खेतीमा मल, काम गर्ने कर्मचारीलाई सालरी सबै खाना पानी गरेर वार्षिक खर्च हुने गरेको उनले बताए । 

ड्रागनखेती सुरु गरेपछि आर्थिक रुपमा सबै व्यवस्थित हुँदै गयो, जब ड्रागनखेती सुरु गरे आफैँलाई पनि राम्रो भएको छ भने ड्रागन व्यापार गर्ने किसान र व्यापारीका लागि पनि एउटा आकर्षक कृषि फार्मको केन्द्रका रुपमा विस्थापित भएको उनले बताए। उत्पादन भएको फल बिक्रीका लागि समस्या छैन, पूर्वी पहाडी भेगका व्यापारीहरु ड्रागन खरिद गर्नका लागि फार्ममा पुग्ने गरेका छन् भने स्थानीय बजारका व्यापारीहरु पनि खरिदका लागि फार्ममै पुग्ने गरेको उनले बताए । 

बिक्रीका लागि धेरैजसो इटहरी, धरान, विराटनगरमा मात्र नभई काठमाडौँ, पोखरासम्म बिक्रीका लागि पठाउने गरेको बताए। यो फलफूल फुल्न सुरु गरेको ४५ दिनमा फल पाक्ने हुँदा वार्षिक रुपमा सजिलैसँग १६ देखि २० मेट्रिक टनसम्म उत्पादन हुने गरेको उनले बताए।

अहिले सुनसरीको रामधुनी नगरपालिका–७ मा मात्र १० घरधुरीभन्दा बढीले ड्रागनखेती गर्दै आएका छन् । विदेशबाट फर्केका युवाहरुले पछिल्लो समय ड्रागनखेतीतर्फ आकर्षित भएका छन् । कतिपय विदेश पलायन हुन लागेका युवाहरुले पनि आफ्नै देशमा व्यवसाय गरे आम्दानी गर्न सकिने रहेछ भन्ने प्रेरणा उहाँबाट लिएका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending