Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनको तयारी

खबरडबली संवाददाता

म्याग्दी। मुस्ताङको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनको तयारी गरिएको छ । चीनसँग सीमाना जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाभित्र पर्ने कोरला नाकाको दशगजा नजिक अध्यागमन कार्यालय स्थापना गरी सञ्चालनको तयारी गरिएको हो । 

अध्यागमन कार्यालय सञ्चालनमा आएपछि नाकामा आवतजावत तथा व्यापारिक कारोबार सञ्चालन गर्न सहज हुने आशा गरिएको छ । कार्यालयको यही १४ गते बुधबार नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए। अध्यागमन कार्यालय स्थापना भएपछि भिसा लगाएर नाका वारपार गर्न सहज हुने उनले बताए। 

उनले भने, ‘‘अहिले मुस्ताङवासीहरु मात्र नाका प्रवेश अनुमतिपत्र लिएर आवतजावत गर्ने गरेका छन् । अध्यागमन कार्यालय सञ्चालनमा आएपछि सबै नेपालीहरु भिसा लगाएर नाका वारपार गर्न पाउने छन् । चिनियाँ पर्यटकहरु पनि भिसा लगाएर यही नाका हुँदै मुस्ताङ आउन पाउनेछन् ।’’ 

अध्यागमन कार्यालय सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको उनले जानकारी दिए । उनका अनुसार अध्यागमन र सुरक्षा पोष्ट रहने भवनमा केन्द्रीय विद्युतीकरण गरिएको छ भने नेपाल टेलिकमको उच्च गतिको इन्टरनेटसहित मोबाइल फोन सञ्चालनमा ल्याइएको छ । नाकामा चिनियाँ भन्सारको आमने–सामने निर्मित प्रिफ्याब प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट भवन बनाइएको छ । 

आवश्यक पूर्वाधार निर्माण गरी कोरला नाकाबाट नै एकीकृत सेवा दिने तयारी गरिएको उनको भनाइ छ । नेचुङ भन्सार कार्यालयलाई पनि अध्यागमन कार्यालयसँगै राख्ने तयारी भएको प्रजिअ भुसालले बताए। 

कोरनाका कारण चार वर्षदेखि बन्द रहेको उक्त नाका गत वर्षदेखि सञ्चालनमा आएको थियो । नेपाल–चीन बीचको २४ नम्बरको सीमास्तम्भ रहेको कोरला नाकाको नेपाल तर्फको भूभागमा अस्थायी संरचना निर्माण गरी नाका सञ्चालनमा ल्याइएको छ । 

समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाकाबाट मुस्ताङवासीले मात्र जिल्ला प्रशासन कार्यालय मुस्ताङको पास लिएर सीमा वारपार गर्न छुट दिइएको छ । अध्यागमन कार्यालय स्थापना भएपछि सबै नेपालीले भिसा लिएर कोरला सीमा वारपार गर्न पाउने भएका छन् । यसअघि मुस्ताङका जनप्रतिनिधिले नेपाल सरकारसँग अध्यागमन कार्यालय स्थापनाको माग गर्दै आएका थिए । 

अध्यागमन कार्यालय स्थापना भएपछि किनमेलका लागि चीन जाने नेपाली नागरिकहरूको अभिलेख तथा आयात तथा निर्यात गर्ने सामानको अभिलेखिकरण हुने प्रजिअ भुसालले बताउनुभयो । नाकामा गत वर्ष गण्डकी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयले ६ कोठे भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरेको थियो । उपल्लो मुस्ताङका दुई गाउँपालिकाका नागरिकलाई मात्रै सीमापार पास वितरण गर्दै आइरहेकोमा चालु वर्षदेखि मुस्ताङका अन्य पालिकाका नागरिकलाई पनि पास वितरण गरि आवतजावतको व्यवस्था मिलाइएको छ । 

कोरला नाकाको नजिकै रहेको नेचुङ भन्सार कार्यालयमा नियमित रुपमा कर्मचारी वस्ने वातावरण मिलाइएको छ । नेचुङ सशस्त्र प्रहरी बलको (बिओपी) भवन निर्माण भएको छ। जोमसोमबाट कोरला नाकासम्म दुई लेनको कच्ची सडक पुगेको छ । चीनले नाकासम्म पक्की सडक र सुविधासम्पन्न भवन बनाएको छ । 

नाका सञ्चालन भएपछि मुुस्ताङका बासिन्दालाई दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्दै आएकोमा अध्यागमन कार्यालय सञ्चालनमा आएपछि थप सहज हुनुका साथै सबै नेपालीहरुलाई नाका पार गरेर व्यावसायिक कारोबार गर्न सजिलो हुने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले जानकारी दिए। नाकामा अध्यागमन कार्यालय सञ्चालन हुने भएपछि मुस्ताङवासीहरु उत्साहित भएको उनको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमान्डु गोर्खाजको डाइरेक्टरमा शरद

काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...

विदेशको पीआर लिएका कर्मचारीलाई कारबाही गर्न सिफारिस

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

साउदी सरकारद्वारा ३३ नेपाली कैदीलाई 'माफी'

काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...

आफ्नै दाजुको हत्या गरी नहरमा फाल्ने भाइ पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट: सुलभ अग्रवाल र दीपक भट्टको फाइल झिकाउन आदेश

काठमाडौं।  सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...

हेटौँडाको रातोमाटेमा गाडी दुर्घटना, छ जना घाइते

मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...

तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

दुई महिनापछि फेरि सुरु भयो नेपाली चियाको निर्यात

काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...

हाल पार्टी एकताको सम्भावना छैन, कार्यगत एकतामार्फत संयुक्त सङ्घर्ष आवश्यक: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending