Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनको तयारी

खबरडबली संवाददाता

म्याग्दी। मुस्ताङको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनको तयारी गरिएको छ । चीनसँग सीमाना जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाभित्र पर्ने कोरला नाकाको दशगजा नजिक अध्यागमन कार्यालय स्थापना गरी सञ्चालनको तयारी गरिएको हो । 

अध्यागमन कार्यालय सञ्चालनमा आएपछि नाकामा आवतजावत तथा व्यापारिक कारोबार सञ्चालन गर्न सहज हुने आशा गरिएको छ । कार्यालयको यही १४ गते बुधबार नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए। अध्यागमन कार्यालय स्थापना भएपछि भिसा लगाएर नाका वारपार गर्न सहज हुने उनले बताए। 

उनले भने, ‘‘अहिले मुस्ताङवासीहरु मात्र नाका प्रवेश अनुमतिपत्र लिएर आवतजावत गर्ने गरेका छन् । अध्यागमन कार्यालय सञ्चालनमा आएपछि सबै नेपालीहरु भिसा लगाएर नाका वारपार गर्न पाउने छन् । चिनियाँ पर्यटकहरु पनि भिसा लगाएर यही नाका हुँदै मुस्ताङ आउन पाउनेछन् ।’’ 

अध्यागमन कार्यालय सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको उनले जानकारी दिए । उनका अनुसार अध्यागमन र सुरक्षा पोष्ट रहने भवनमा केन्द्रीय विद्युतीकरण गरिएको छ भने नेपाल टेलिकमको उच्च गतिको इन्टरनेटसहित मोबाइल फोन सञ्चालनमा ल्याइएको छ । नाकामा चिनियाँ भन्सारको आमने–सामने निर्मित प्रिफ्याब प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट भवन बनाइएको छ । 

आवश्यक पूर्वाधार निर्माण गरी कोरला नाकाबाट नै एकीकृत सेवा दिने तयारी गरिएको उनको भनाइ छ । नेचुङ भन्सार कार्यालयलाई पनि अध्यागमन कार्यालयसँगै राख्ने तयारी भएको प्रजिअ भुसालले बताए। 

कोरनाका कारण चार वर्षदेखि बन्द रहेको उक्त नाका गत वर्षदेखि सञ्चालनमा आएको थियो । नेपाल–चीन बीचको २४ नम्बरको सीमास्तम्भ रहेको कोरला नाकाको नेपाल तर्फको भूभागमा अस्थायी संरचना निर्माण गरी नाका सञ्चालनमा ल्याइएको छ । 

समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाकाबाट मुस्ताङवासीले मात्र जिल्ला प्रशासन कार्यालय मुस्ताङको पास लिएर सीमा वारपार गर्न छुट दिइएको छ । अध्यागमन कार्यालय स्थापना भएपछि सबै नेपालीले भिसा लिएर कोरला सीमा वारपार गर्न पाउने भएका छन् । यसअघि मुस्ताङका जनप्रतिनिधिले नेपाल सरकारसँग अध्यागमन कार्यालय स्थापनाको माग गर्दै आएका थिए । 

अध्यागमन कार्यालय स्थापना भएपछि किनमेलका लागि चीन जाने नेपाली नागरिकहरूको अभिलेख तथा आयात तथा निर्यात गर्ने सामानको अभिलेखिकरण हुने प्रजिअ भुसालले बताउनुभयो । नाकामा गत वर्ष गण्डकी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयले ६ कोठे भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरेको थियो । उपल्लो मुस्ताङका दुई गाउँपालिकाका नागरिकलाई मात्रै सीमापार पास वितरण गर्दै आइरहेकोमा चालु वर्षदेखि मुस्ताङका अन्य पालिकाका नागरिकलाई पनि पास वितरण गरि आवतजावतको व्यवस्था मिलाइएको छ । 

कोरला नाकाको नजिकै रहेको नेचुङ भन्सार कार्यालयमा नियमित रुपमा कर्मचारी वस्ने वातावरण मिलाइएको छ । नेचुङ सशस्त्र प्रहरी बलको (बिओपी) भवन निर्माण भएको छ। जोमसोमबाट कोरला नाकासम्म दुई लेनको कच्ची सडक पुगेको छ । चीनले नाकासम्म पक्की सडक र सुविधासम्पन्न भवन बनाएको छ । 

नाका सञ्चालन भएपछि मुुस्ताङका बासिन्दालाई दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्दै आएकोमा अध्यागमन कार्यालय सञ्चालनमा आएपछि थप सहज हुनुका साथै सबै नेपालीहरुलाई नाका पार गरेर व्यावसायिक कारोबार गर्न सजिलो हुने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले जानकारी दिए। नाकामा अध्यागमन कार्यालय सञ्चालन हुने भएपछि मुस्ताङवासीहरु उत्साहित भएको उनको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...

सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलनमा उत्रने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...

पुस २७ देखि विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वयको निर्णय, भृकृटीमण्डप हल पनि बुक

काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...

युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते

मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...

सुनसरी गोली काण्ड : सुरक्षा निकाय र पीडित पक्षबीच पाँच बुँदे सहमति

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।  गत भदौ २४ गते नख्खु क...

हामी ओलीलाई चिठि काट्दैछौं, नआए त्यहि बेला थाहा हुन्छ: अध्यक्ष कार्की

काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता, प्रसाईं समूहको मागबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...

बन्दसूचीको त्रुटि सच्याउन आयोगले थाल्यो राजनीतिक दलसँग छलफल

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...

देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending