Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

विदेशमा बस्ने नेपालीहरुले अकल्पनिय प्रगति गरेका छन्ः डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए

खबरडबली संवाददाता

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले विदेशमा रहेका नेपालीहरुले विश्वका ठूल्ठूला शहरमा रहेर अकल्पनिय प्रगति गरेको वताएका छन् ।

डा. शर्माले गैरआवासीय नेपाली संघद्धारा आइतवार काठमाण्डौंमा आयोजित ‘एनआरएन ग्लोबल कन्क्लेभ–२०२४’ को उद्धघाटन सत्रलाई सम्बोधन गर्दै दक्षिण एशियाका अन्य डायस्पोराको तुलनामा नेपाली डायस्पोरा कान्छो भए पनि छोटो अवधिमा नेपाली डायस्पोराले गरेको प्रगति अकल्पनीय रहेको बताए ।

वेलायतको लिभरपुल युनिर्भरसिटीमा प्राध्यापक समेत रहेका डा. शर्माले अष्ट्रेलिया जस्तो विकसित राष्ट्रकै धनी ब्यक्ती बन्ने देखि युरोपमा दर्जनौं तारे होटल खोल्न सम्म नेपालीहरु सफल भएको बताए ।

अक्सफोर्ड, क्याम्ब्रिज, एमआइटीजस्ता विश्वविख्यात विश्वविद्यालयमा नेपाली प्राध्यापकहरू छ्यापछ्याप्ती भेटिन थालेको उनले चर्चा गर्दै नेपालीहरू विस्तारै आफू बसेको मुलुकको राजनीतिमा प्रवेश गर्न समेत सफल भएको बताए ।

डा. शर्मा विदेशमा जन्मे हुर्केको दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुको सम्भावना झन अथाह रहेको बताए ।

“रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता” भन्ने नाराका साथ सम्पन्न हुन लागेको कार्यक्रममा डा. शर्माले संघको निर्वाचनलाई पैसा, पहुँच र पोलिटिक्सबाट टाढा राख्ने उद्देश्यले केही संस्थागत संरचना परिवर्तन गर्ने प्रयास पनि गरिएको बताए ।

डा. शर्माले संस्थागत रुपान्तरणको प्रयासलाई दुर्भाग्यवश,सबैले सहज रूपमा स्वीकार्न गर्न नसकेको अवस्था आएको प्रति गुनासो गरे ।

उनले एनआरएनएलाई लाखौं गैरआवासीय नेपालीहरुको साझा संस्था बनाउने कि राजनीतिक दलका नेताहरूको वरिपरि घुमेर व्यक्तीगत लाभ उठाउने सीमित वर्गको संस्था बनाउने भन्ने द्वन्द्वका कारण संस्था भित्र केही उतारचढाव आएको बताए ।

डा. शर्माले भने “गैरआवासीय नेपाली दिवसको यस शुभअवसरमा आफ्नो व्यक्तिगत लाभ र अहंकारलाई त्यागेर एकताको वातावरण तयार गर्न सबै पक्षसँग हार्दिक आव्हान गर्दछु । ”

“भूगोलबाहिर रहेका यी सबै गैरआवासीय नेपालीहरूलाई मातृभूमि नेपालसँग प्रभावकारी ढंगले जोड्न भने सकिएको छैन। संघसँग आबद्ध गैरआवासीय नेपालीहरूको संख्या २ प्रतिशत भन्दा कम रहेको छ। यसमा पनि महिला, युवा, दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरू, र प्राज्ञिक वर्गका व्यक्तिहरूको संलग्नता त शून्यप्रायः छ।”

डा. शर्माले संघमा सबै प्रकारका गैरआवासीय नेपालीहरूको पहुँच होस र उनीहरूलाई मातृभूमि नेपालसँग जोड्न सकियोस भन्ने उद्देश्यले केही वर्षपहिलेदेखि संघमा एउटा रुपान्तरणको अभियान सुरु गरिएको बताए ।

राजनितिक दलहरुलाई आफ्ना कार्यकर्ता र व्यक्तिगत लाभका लागेका व्यक्तिहरूको घेरा बाहिर आएर यस संघलाई स्वतन्त्र र स्वायत्त रूपमा काम गर्ने वातावरण बनाइ आग्रह गरे ।

उनले विदेशमा बस्ने नेपालीहरु भौतिक रुपमा मात्रै नेपालबाट टाढा भए पनि भावानात्मक रुपमा मन मतिष्क सधैँ यही नेपाल हुने बताउँदै हिजो रित्तो हात गएका नेपालीहरुको आज समृद्ध नेपालको सपना पूरा गर्ने हैसियतका साथ फर्कने चाहाना रहेको बताए ।

वक्तव्यको पूर्णपाठ

‘जननी जन्मभूमिश्च स्वर्गदपी गरियसी’ भन्ने भावनाले विदेशमा बस्ने नेपालीहरुले आर्जन गरेको पूँजी ज्ञान, सीप, अनुभव र प्रविधिलाई मातृभूमि नेपालमा भित्र्याउने उदेश्यका साथ स्थापित गैरआवासीय नेपाली संघले २१ वर्ष पार गरेको छ । यस २१ औँ वर्षगाठको उपलक्ष्यमा आयोजना भएको यस विशेष कार्यक्रम ‘एनआरएन ग्लोबल कन्क्लेभ–२०२४’ मा उपस्थिति यहाँहरु सबैमा हार्दिक स्वागत गर्न चाहन्छु ।

“रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता” भन्ने नाराका साथ सम्पन्न हुन लागेको यस कार्यक्रममा लगानी, गैरआवासीय नेपाली नागरिकता, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने असर, समृद्द नेपालका लागि दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुको भूमिका, वैदेशिक रोजगारीमा गएका नेपालीहरुको सामाजिक सुरक्षा र नेपालको पर्यटन प्रवर्धनमा एनआरएनएको भूमिका लगायतका बिषयहरुमा ७ वटा सत्रहरु आयोजना गरिनेछ । यी सत्रहरुमा सम्बन्धित बिषयका माननीय मन्त्री, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नीतिनिर्माण तहका विज्ञ, र गैरआवासीय नेपाली विज्ञाहरुको सहभागिता हुनेछ भने संघ र स्थानीय सरकार बिच सहकार्य गर्ने संभावनाका बारे छलफल गर्न बिभिन्न महा-नगरपालीकाका प्रमुखको सहभागिता रहने छ । नेपाल फर्कि सकेका रिटनी माईग्रान्ट र विदेशमा जन्मेर हुर्कदै गरेका दोश्रो पुष्ताका गैरआवासीय नेपालीहरु स्वयमः यस कार्यक्रममा उपस्थिति भएर आफ्ना अनुभवहरु साटासाट गर्ने समेत कार्यक्रम रहेको छ । यसै कार्यक्रममा संघले विगत गरेका रु १ अर्व बराबरका च्यारिटी परियोजनाहरुको दस्तावेज ‘The Journey of Charitable Work’ को पनि लोकार्पण हुनेछ भने आगामी वर्षका गरिने च्यारिटीका परियोजनाहरुको पनि घोषणा हुनेछ।
नेपालीहरु विदेशिने इतिहास २०० वर्षभन्दा पुरानो भए पनि, २०४६ सालको राजनीतिक परिवर्तनपछि मात्र आम नेपालीलाई सहज रूपमा विदेश जाने बाटो खुलेको थियो। अहिले ६ महादेशका ११० भन्दा बढी मुलुकमा लाखौं नेपाली बसोबास गर्दै आएका छन् भने ८७ राष्ट्रमा गैरआवासीय नेपाली संघको औपचारिक शाखा स्थापना भइसकेको छ। दक्षिण एशियाका अन्य डायस्पोराको तुलनामा नेपाली डायस्पोरा कान्छो भए पनि छोटो अवधिमा नेपाली डायस्पोराले गरेको प्रगति अकल्पनीय छ। अष्ट्रेलिया जस्तो विकसित राष्ट्रकै धनी ब्यक्ती बन्ने देखि युरोपमा दर्जनौं तारे होटल खोल्न सम्म नेपालीहरु सफल भएका छन्। अक्सफोर्ड, क्याम्ब्रिज, एमआइटीजस्ता विश्वविख्यात विश्वविद्यालयमा नेपाली प्राध्यापकहरू छ्यापछ्याप्ती भेटिन थालेका छन्। नेपालीहरू विस्तारै आफू बसेको मुलुकको राजनीतिकमा प्रवेश गर्न समेत सफल हुँदैछन्। नेपाल सरकारको शून्य लगानीमा विदेशमा जन्मे हुर्केको दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुको सम्भावना झन् अथाह छ। छोटो समयमा एनआरएनले संस्थागत रुपमा रु १ अर्ब भन्दा बढिको च्यारिटीका परियोजना सम्पन्न गरिसकेको छ भने गैरआवासीय नेपालीहरुले भूगोलबाहिर रहेका यी सबै गैरआवासीय नेपालीहरूलाई मातृभूमि नेपालसँग प्रभावकारी ढंगले जोड्न भने सकिएको छैन। संघसँग आबद्ध गैरआवासीय नेपालीहरूको संख्या २% भन्दा कम रहेको छ। यसमा पनि महिला, युवा, दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरू, र प्राज्ञिक वर्गका व्यक्तिहरूको संलग्नता त शून्यप्राय: छ। संघमा यी सबै प्रकारका गैरआवासीय नेपालीहरूको पहुँच होस् र उनीहरूलाई मातृभूमि नेपालसँग जोड्न सकियोस् भन्ने उद्देश्यले केही वर्षपहिलेदेखि संघमा एउटा रुपान्तरणको अभियान सुरु गरिएको छ।
संघको निर्वाचनलाई पैसा, पहुँच र पोलिटिक्सबाट टाढा राख्ने उद्देश्यले केही संस्थागत संरचना परिवर्तन गर्ने प्रयास पनि गरिएको छ। तर, दुर्भाग्यवश, रुपान्तरणको यस अभियानलाई सबैले सहज रूपमा स्वीकार्न गर्न नसकेको अवस्था छ । एनआरएनएलाई लाखौं गैरआवासीय नेपालीहरुको साझा संस्था बनाउने कि राजनीतिक दलका नेताहरूको वरिपरि घुमेर व्यक्तीगत लाभ उठाउने सीमित वर्गको संस्था बनाउने भन्ने द्वन्द्वका कारण संस्था भित्र केही उतारचढाव आएका छन। गैरआवासीय नेपाली दिवसको यस शुभअवसरमा आफ्नो व्यक्तिगत लाभ र अहंकारलाई त्यागेर एकताको वातावरण तयार गर्न सबै पक्षसँग हार्दिक आव्हान गर्दछु । राष्ट्र र संसारभरि रहेका लाखौ गैरआवासीय नेपालीहरुको अपेक्षा पनि यही रहेको छ ।
राजनितिक दलका नेताज्यूहरुलाई पनि हाम्रो विनम्र अनुरोध छ - आफ्ना कार्यकर्ता र व्यक्तिगत लाभका लागेका व्यक्तिहरूको घेरा बाहिर आएर यस संघलाई स्वतन्त्र र स्वायत्त रूपमा काम गर्ने वातावरण बनाइदिनुहोस्। यसको लागि गैरआवासीय नेपाली सम्बन्धि ऐनका केही दफाहरु परिमार्जन गर्नु पर्ने हामीले महसुस गरेका छौ । मिडिया कर्मी, नागरिक समाज र प्रबुद्ध वर्गलाई पनि हाम्रो सविनय अनुरोध छ कि हाम्रा केही सिमित साथीहरूको क्रियाकलाप हेरेर सबै गैरआवासीय नेपालीलाई एउटै दृष्टिकोणले नहेरि दिनुस।
हामी भौतिक रुपमा मात्रै नेपालबाट टाढा छौँ भावानात्मक रुपमा हाम्रो मन मतिष्क सधैँ यही नेपालमा छ । हिजो रित्तो हात गएका हामी आज समृद्ध नेपालको सपना पूरा गर्ने हैसियतका साथ फर्कन चाहान्छौँ । विहान चर्न गएका गाईहरु जसरी बेलुका आफ्नो थातथलोमा आइपुग्छन् त्यसरी नै हामी फर्केर आउने ठाउँ यही हो भन्ने हामीले राम्रो हेक्का राखेका छौ । बस् हामी फर्कने उपयुक्त समयको पर्खाइमा छौ ।
(गैरआवासीय नेपाली संघले आइतवार काठमाण्डौंमा आयोजना गरेको एनआरएन ग्लोबल कन्क्लेभ २०२४ लाई सम्बोधन गर्दै संघका उपाध्यक्ष डा. हेम राज शर्मा)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साउदीको अरामको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...

जानकी प्लास्टिक उद्योगमा प्रहरीको छापा, ‘नक्कली’ पाइप रातारात गायब

काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...

रानी बोर्डरमा बसेर भारतीय सवारीसाधनलाई दुःख दिने बिचौलिया पक्राउ

विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...

सङ्खुवासभामा चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौँ  । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...

सुस्तावासीको चेतावनी : ‘नागरिकता र भूमि अधिकार नदिए सिंहदरबार घेर्छौं’

रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु

काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...

असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने

काठमाडौँ  । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...

आगोसँग खेल्ने गल्ती नगर्न रास्वपालाई वर्षमानको सन्देश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending