Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

प्रहरीका दुई एआईजी र ८ डीआईजीको पद रिक्त हुँदै, प्रतिस्पर्धामा को–को ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाल प्रहरीका दुई अतिरिक्त महानिरिक्षक (एआईजी) र ८ नायव महानिरिक्षक (डीआईजी) पद रिक्त हुने भएपछि बढुवाका निम्ति तिव्र प्रतिस्पर्धा सुरु भएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कि डिआईजी किरण राणालाई एआईजी पदमा बढुवा सिफारिस भइसकेको छ। चार दिनका लागि उनी मन्त्रिपरिषदको बैठकबाट एआईजी बढुवा हुनेछिन्। उमेर हदका कारण उनी १५ कात्तिकमा अवकाशमा गएपछि एआईजी पद रिक्त हुन्छ।

यसैगरी १७ कात्तिकमा एआईजी रामदत्त जोशी पनि उमेर हदका कारण अवकाशमा जानेछन्। अनि, प्रहरीमा दुई एआईजी रिक्त हुनेछन्।

उनीहरु पछि ६ वैशाख २०८० मा बढुवा भएका डीआईजीहरु पनि एआईजीको प्रतिस्पर्धाको दौडमा रहेका छन् । वैशाख ६ मा बढुवा भएकाहरुबाट कुवेर कडायत, केदार ढकाल, भरतबहादुर बोहरा, रवीन्द्र केसी, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, अर्जुन चन्द ठकुरी एआईजी बढुवाको प्रतिस्पर्धामा छन्।

उमेर हद सकिएका कारण भरतपुर शिक्षालयमा रहेका नेपाल प्रहरीका नायव महानिरिक्षक (डीआईजी) राजेशनाथ बास्तोला आइतबारबाट सेवा निवृत्त भएसँगै अब रिक्त पदमा बढुवामा बरिष्ठ उपरिक्षक ९एसएसपी०हरूको तिव्र प्रतिस्पर्धा सुरु भएको छ।

राणा र जोशीको ठाउँमा डीआईजी बढुवा भएपछि दुई दरबन्दी रिक्त हुँदैछ। यसअघि नै डीआईजी यज्ञविनोद पोखरेल १४ असोजमा ५६ वर्षे उमे हदका कारण अनिवार्य अवकाशमा गएका थिए त्यसअघि डीआईजी बिष्णुकुमार केसी पनि अनिवार्य अवकाशमा गइसकेका छन्।

रामदत्त जोशी एआईजीमा बढुवा तथा पोषराज पोखरेल अवकाशमा गएपछि पनि डीआईजी पद रिक्त छन्।

अहिले एआईजी बढुवा सिफारिस भएकी राणा १५ कात्तिकमा ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जानेछिन् । त्यसको २ दिनपछि १७ कात्तिकमा अर्का एआईजी रामदत्त जोशी पनि उमेरहदकै कारण अवकाशमा गएपछि ८ पद रिक्त हुनेछन्।

त्यसपछि बढुवा समितिले डीआईजीका निम्ति गृहकार्य गर्नेछ। त्यसका निम्ति अहिलेदेखि नै प्रतिस्पर्धा र दौडधुप सुरु भइसकेको बताइएको छ।
डीआईजी बढुवाका लागि ती ब्याचका अधिकारीको प्रतिस्पर्धा चर्को छ।

२०५१ चैत ५ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)मा भर्ना भएकाहरु ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द डीआईजी बढुवाको प्रतिस्पर्धामा छन्।

यी बाहेक २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षकमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएको ब्याच र २०५४ मा नेपाल प्रहरीकै इन्सपेक्टरमा भर्ना भएको ब्याचका अधिकृतहरु डीआईजी बढुवाको प्रतिस्पर्धामा छन्।

२०५३ को टोलीबाट शिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर बिक, ओमबहादुर राना डीआईजी बढुवाको प्रतिस्पर्धामा छन्।

२०५४ को ब्याचबाट ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया डीआईजीको प्रतिस्पर्धामा छन्।

माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलिपसिंह देउवा, बिनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराम सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जय शर्मा दास, शारदाप्रसाद चौधरी पनि डीआईजी बढुवाको प्रतिस्पर्धामा छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending